दश दिनपछि पुन: बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

दश दिनपछि पुन: बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३, २०७७

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुन: दश दिनपछि बस्ने गरी सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दश दिनपछि पुनः बैठक बस्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको हो । 

कात्तिक २८ को सचिवालय बैठकमा  प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्ने सम्बन्धमा बुधबार बैठक बोलाइएको थियो ।