आसामका उपप्राध्यापकद्वारा प्राध्यापक खगेन्द्र लुइटेललाई थप 'बौद्धिक चोरी'काे आराेप (तथ्यसहित)

आसामका उपप्राध्यापकद्वारा  प्राध्यापक खगेन्द्र लुइटेललाई थप 'बौद्धिक चोरी'काे आराेप (तथ्यसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३, २०७७

काठमाडाैँ।  त्रि वि नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको बौद्धिक चोरीका एक पछि अर्को  तथ्य र प्रमाण प्राप्त हुने क्रम जारी छ  । 

लोकसंवाद डटकमले सर्व प्रथम २०७७ असोज १६ गते ‘प्राध्यापक खगेन्द्र लुइटेल माथि लज्जास्पदबौद्धिक चोरीका आरोपै आरोप’ शीर्षकमा समाचार प्रकाशन गरेपछि तथ्यहरू सार्वजनिक गर्न सबैको  चासो बढेर गएको पाइएको छ । यद्यपि प्रा.डा. लुइँटेल गुवाहाटी विश्वविद्यालयमा आफूले बनाएको पाठ्यक्रम, त्यसको पाठ्यपुस्तक लेखन र प्रकाशनका सन्दर्भमा कुनै पनि बौद्धिक चोरी नगरेको र गरेको भए पुष्टि गर्न चुनौती एक खण्डन पत्र मार्फत पठाउनु भएको र त्यो पनि लोकसंवाद डटकमले उचित स्थान दिएको थियो । 

त्यसपछि गुवाहाटी विश्वविद्यालयमा कार्यरत र प्रा.डा. लुइटेलसँगै पाठ्यक्रम निर्माणमा सँगै कार्य गर्ने   आसामकै समालोचक डा. दैवकीदेवी तिम्सिनाको रचना लीला लुइटेलको नाममा प्रकाशन गरी प्रा.डा. लुइटेलले अर्को बौद्धिक चोरी गरेको डा. दैवकी देवीको हस्त लिखित तथ्य सहितको दावी पनि लोकसंवाद डटकमल २०७७असोज २७ गते ‘प्रा.डा. खगेन्द्र लुइटेलको बौद्धिक चोरीमा डा. दैवकीदेवीको पत्र : म जस्ता पीडितहरू अरू कति होलान्’ शीर्षकमा अर्को समाचार प्रकाशन गरेको थियो । 

यसरी तथ्य सार्वजनिक भएको देखेपछि आसामकै तेजपुर स्थित दराङ कलेजका नेपाली विषयका उप प्राध्यापक घनश्याम तिम्सिनाले पनि समालोचनात्मक लेख चोरी भएको दावी गर्नुभएको छ । उप प्राध्यापक घनश्याम तिम्सिनाका अनुसार आफ्नो समालोचनात्मक लेखलाई प्रा.डा.लुइटेले आफ्नो किताबमा जस्ताको तस्तै सारेर प्रकाशन गरेको खुलासा गर्नु भएको छ । घनश्याम तिम्सिनाको इमेलमा भन्नु भएकाे छ–'लज्जास्पद तथ्यलाई जस्ताको तस्तै सार्वजनिक गरिदिनुहोला । प्रा.डा.लुइटेलकाे कितावमा उल्लेख र मेराे  पाठ्यपुस्तकमा रहेकाे तथ्य आफै बाेल्छ ।'  

खुला तथा दूर  शिक्षा अध्ययन संस्थान, गुहावासी विश्वविद्यालय, एमए नेपाली,चौथो पत्र, नेपाली नाटक विषयको एकाइ ५ (नाटककार मोतीराम भट्ट र पहलमान सिंह स्वाँर) को पहलमान सिंह स्वाँ खण्ड घनश्याम तिम्सिनाले लेखेको उल्लेख गुवाहाटी विश्वविद्यालयको नेपाली पाठ्य पुस्तक स्पष्टसँग देखिन सकिन्छ । घनश्याम तिम्सिना पनि उक्ता पाठ्यक्रम तयार गर्ने  'कन्टयूब्यूटर' रहेको पाठ्यपुस्तकमा देख्न सकिन्छ । 

तिम्सिनाले पठाउनु भएको गुवाहाटी विश्वविद्यालयको नेपाली पाठ्यपुस्तक यस्तो रहेको छ

 

  

प्रा. डा‍‍. लुइटेलको कृति

सन् २०११ अगस्टमा छापिएको उक्त पाठ्यपुस्तकमापृष्ठ ७३ देखि ८४ सम्म रहेको उक्त समालोचनात्मक सामग्रीप्राध्यापक खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित र पैरवी प्रकाशनबाट प्रकाशित ‘नेपाली नाटक समालोचना’ किताबमा जस्ताको तस्तै रहेको घनश्याम तिम्सिनाले दावी गर्नु भएको छ । 

घनश्याम तिम्सिनाको लेख

   

प्रा. डा‍‍. लुइटेलको लेख

               

यसरी नेपाली भाषा साहित्यका क्षेत्रमा सबैभन्दा बढी कृति प्रकाशन गरेको दावी गर्ने प्रा.डा. लुइटेल  र   ‘बौद्धिक चोरी’ जस्तो जघन्य अपराध गरेको भन्दै सहकार्यमा रहेकाहरूबाट आरोप लाग्दा  पनि आफ्नो आजसम्म सजिलै पचाउँदै आउनु भएको मात्र नभई चुनौती मात्र दिने गर्नु भएको छ । हिजोसँगै काम गरेका एक पछि अर्को गरी चुनौती दिएकोलाई भने ख्याल गर्नु भएको छैन । 

 भन्नै पर्ने हुन्छ– गलत प्रवृत्ति भएका र अनैतिक क्रियाकलापमा संलग्न प्राध्यापकहरूले उत्पादन गरेको अबको पुस्ता कस्ता होलान् ? त्रिविक प्राध्यापक जस्तो उच्च गरिमामय पदको नै चिर हरणको काम त भइरहेको छैन ? खण्डन पत्रमा सयौँ चुनौती दिएर धम्काए पनि पूर्व सहकर्मीले दिएको चुनौतीलाई कसरी लिनु होला ? हुबहु अरुकाे लेखलाई आफ्नाे भनी प्रकाशन गरेकाेलाई के भन्नु हुने हाे कुन्नी ? 

याे पनि 

प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !

लोकस‌ंवाद प्रभाव : प्रज्ञा–प्रतिष्ठानद्वारा प्राध्यापक खगेन्द्र लुइँटेले 'बौद्धिक चोरी' का बारेमा छानबिन समिति बनायो

प्राध्यापक खगेन्द्र लुइटेलको स्पष्टोक्ति : पर्दापछाडि बसेर समाचार लेख्नेको जन्म कुण्डली बाहिर ल्याउन बाध्य नपारियाेस

'बौद्धिक चोरी' को समाचारमा टिप्पणीको प्रतिटिप्पणी : केहीको चित्त फाट्यो, केहीको हड्डी हाँस्यो

प्रा.डा.खगेन्द्र लुइँटेलको 'बौद्धिक चोरी'मा डा.दैवकी देवीको पत्र: 'म जस्ता पीडितहरू अरु कति होलान् ?'