यसरी जोगिऔं चट्याङबाट

यसरी जोगिऔं चट्याङबाट

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

काठमाडौं । नेपालमा चट्याङबाट वार्षिक ८२ जनाको ज्यान जाने गरेको पाइएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान लिने गरेको जनाएको छ । 

चट्याङबाट हुने मानविय क्षति कम गर्न केन्द्रले घरभित्र हुँदा र बाहिर हुँदा चट्याङबाट जोगिने उपाय बताएको छ । केन्द्रका अनुसार घरबाहिर हुँदा अग्लो र एक्लो रुखमा ओत लाग्ने, पौडिने तथा माछा मार्ने, खुला मैदानमा बस्ने, धातुको तारबारको नजिक बस्ने लगायत गर्नुहुँदैन । यस्तै, घरभित्र हुँदा विद्युतीय सामग्री तथा तारसहितको टेलिफोन प्रयोग गर्नुहुँदैन ।