'राजा आउ देश बचाऊ' भने जस्तै अब 'ट्रम्प आउ संसारलाई बचाऊ' किन नभन्ने !?

'राजा आउ देश बचाऊ' भने जस्तै  अब 'ट्रम्प आउ संसारलाई बचाऊ' किन नभन्ने !?

विश्व बस्नेत  |  दृष्टिकोण  |  मंसिर ४, २०७७

राजा आउ देश बचाऊ भने जस्तै अब 'ट्रम्प आउ संसारलाई बचाऊ'  भन्ने बेला आएको छ ।  

यो शिर्षक देखेर कतिलाई कन्सिरीको रौं ताती सक्यो होला ।

अगाडि नपढिकन झगडा गर्न अनि यस्को प्रतिक्रिया लेख्न तम्सिसके पनि होलान् । 

तर कुरो यस्तो छ । म यस बारे अलिक व्याख्या गर्न चाहन्छु निष्पक्ष भएर एकैछिन धैर्य गरेर पढिदिनु अनुरोध पनि गर्दछु । 

सर्वप्रथम कतिले मलाई ट्रम्पको सपोर्टर भनेर फेसबुकमा आरोप लगाउँदै आएका पनि छन् । यस बारे प्रस्ट पारौं । केही महिना अगाडिसम्म मलाई ट्रम्पसँग कुनै मतलब थिएन् ।जसले जिते पनि  मैले खासै चासो अनि चाख लिएको थिईन् । ट्रम्पलाई कतिले नश्लवादी  (racist), जिध्दी, जुझारु, आदि इत्यादि भन्ने गरेको पनि सुनेको थिएँ ।  ऊ प्रति खासै लगाव या सहानुभुति भने केही पनि थिएन् ।

तर चुनावको घम्सा घम्सी चुलिंदै गए पछि केही सोच्न वाध्य पार्ने 'न्युज' र 'भ्यूज'हरु मैले पढन पाएँ । अनि मैले जे सुनें त्यो आम मानिसहरुले सुन्न पाउने भन्दा फरक सुन्ने अवसरका रुपमा लिएँ । आम मानिसले सुन्ने भनेको प्रचलित आम सञ्चारका मध्यमहरु जस्तै फेसबुक, ट्वीटर, युट्युब, गुगल, विकिपिडिया, सिएनएन, बिबिसि आदि हुन् । 

मैले चाहिँ केही फरक धारणा बनाएँ । यस कारण कि म मेरो छिट्टै प्रकाशन हुन गइरहेकाे वैकल्पिक क्यान्सर उपचार पद्धतिकाे बारेकाे पुस्तकको अनुसन्धान गर्ने सिलसिलामा केहि प्रख्यात अनि प्रतिष्ठित वैकल्पिक उपचारका डाक्टर, अनुसन्धाता, बैज्ञानिकहरुलाई 'फलो' गर्ने गर्छु ।

यी यस्ता व्यक्तित्वहरु हुन् जो आफ्नो जिउ, ज्यान, धन जे सुकै दाउमा राखेर पनि सत्यको पक्षमा बोल्ने र बुझ्ने मेराे ठम्याइ रहेकाे छ । अनि  तिनीहरु सबै ट्रम्पका समर्थक रहेकाे पाएँ । कारण के रहेछ भनेर अलिक गहिराईमा बुझ्दा यस्ताे कुराे अगाडि आयाे ।

यदि याे कुरा तपाईँहरुले पनि राम्ररी मनन गर्नु भयाे भने ट्रम्पले जितोस् भन्ने चाहना राख्नु बाहेक  अरु विकल्प हुँदैन । भलै हाम्रो चाहनाले केही हुनेवाला भने छैन त्यो बेग्लै कुरा हो ।

विश्वका अधिकांस जनता कोरोनाको चपेटमा परेर जिउज्यानको जोखिममा छौ‌ं । र, यो सबै हुनुमा यिनै समुहका व्यक्तिहरु दोषी छन् । अनि बाईडेनलाई समर्थन गर्नु भनेको यिनै स्वार्थी र खतरनाक समुहलाई समर्थन गर्नु हो । यहाँ सम्मकि कसैकसैको भनाई छ बाईडेनले जितेको खण्डमा ह्वाईट हाउसमा बस्ने मात्र बाईडेन हो तर उस्को पछाडिसबै निर्णय गर्ने र देश चलाउने बिल गेट्स हुनेछन् । अर्थात् बिल गेट्सलाई नै राष्ट्रपति भन्दा पनि हुन्छ । 

जो बाईडेनसँग मेरो कुनै लगाव पनि छैन दुष्मनी पनि छैन । राम्रो नराम्रो कस्तो मान्छे हो बुझेको पनि छैन र  बुझ्नु पनि छैन । आफ्नै देशका नेताहरु त बुझि नसक्नु छन् भने अर्काको देशकोलाई झन के बुझिसक्नु ।

अतः मेरो बुझाई केमा केन्द्रित रह्यो भने माथि उल्लेखित नैतिकवान, प्रतिष्ठित डाक्टर, बैज्ञानिक तथा अनुसन्धाताका अनुसार बाईडेनको समर्थन गर्नेहरु प्रायः सबै मूलधारका सञ्चार माध्यम र बिग टेकहरु (CNN, BBC, The New York Times, Google, Facebook, Apple, Twitter, Amazon, Microsoft), अनि ठूला औषधी निर्माताहरु (Big Pharma) , ठूला खाद्यान्न निर्माताहरु, जेनेटिकली मोडिफाईड अग्र्यानिजम (GMO) क उत्पादक मोन्सान्टो,  WHO, CDC , FDA, अरबपति समूहका बिल गेट्स, फाउचीहरु जस्ता रहेकाे पाइयाे ।  

अब तपाईँहरु  भन्नुहोला समर्थन गरेर के भो त ? कसै न कसैलाई त आखिर समर्थन गर्नै पर्छ । तर कुरो समर्थनकाे मात्र होईन :  

https://www.brighteon.com/c8254858-496a-4789-a35c-62a1f2ee17d0
फेसबुकले भन्छ : 
You can't post this. This URL goes against our Community Standards on spam: brighteon.com

हाम्रो पढ्ने, बुझ्ने अनि सही गलत ठम्याउने हाम्रो अधिकारमाथिकाे निर्णय गर्ने हक फेसबुकको जुकरवर्गको पाेल्टामा कहिले देखि गयाे ? 

“If we don’t stop this now we can not only forget our republic and our freedom, but we can forget about humanity because we’ll be killed by this agenda.” —Dr. Judy Mikovits

उनी भन्छिन — यसलाई अहिले नै रोक्न सकिएन भने हामीले हाम्रो लोकतन्त्र अनि स्वतन्त्रतालाई सदाको लागी गुमाउनुपर्ने मात्र छैन, मानवता नै भुल्नु पर्ने हुन्छ किनकि यस कार्यक्रमका  (षडयन्त्र) अनुसार हामी सबै मारिन समेत सक्छौं ।  

मैले बुझेको यही हो, त्यसैले म ट्रम्पले जिते हुन्थ्यो भन्ने सोचमा छु । र यस भन्दा बढि कसैले बुझेको भए मलाई सम्झाईदिनुहुन अनुरोध छ । 

अमेरिकामा अहिले  यिनै अपराधिक समुहद्वारा अनिवार्य अनि जबरजस्ति भ्याक्सिन लगाउन तयारी भईरहेको छ जस्को विरुद्ध त्यहिँका कतिपय संघ, संस्था अनि मानिसहरु प्रतिकारमा उत्रिरहेका छन् । 

र ट्रम्प यसको विरोधमा छन् भने बाईडेन समर्थनमा यो हेर्नुहोस—

Trump Says COVID-19 Vaccine Won’t Be Mandatory, Biden Says It Should Be

https://www.collective-evolution.com/2020/10/18/trump-says-covid-19-vaccine-wont-be-mandatory-biden-says-it-should-be/

अतः आशा छ अब बुझ्नुभयो होला कस्ले जित्दा हामी आम मानिसहरुलाई फाईदा छ अनि कस्ले जित्दा घाटा ।

अनि यसै सिलसिलामा सत्य बोल्ने, विश्वकै उच्चतम वैज्ञानिकहरु मध्येकि एक, जुडी मिकोभिट्स माथि गरिएको अत्याचार र ज्यादती बारेको यो भिडियो हेर्नुस् जुन युट्यबले सेन्सर अर्थात ब्यान गरेको छ (जसमा कोभिड–१९ बारेको भित्रिकुरा र रहस्य समेत खुलाईएको छ) ।
WATCH: The Video YouTube Doesn’t Want You To See Plandemic Part 1: Dr. Judy Mikovits
https://kenningtonpress.com/index.php/2020/05/07/watch-the-video-youtube-doesnt-want-you-to-see-plandemic-part-1-dr-judy-mikovits/

अतिरिक्त जानकारी/सामग्रीः 
गुगल, फेसबुकहरुको सेन्सरशिप अति भयो, अब निष्पक्ष अनि बिना सेन्सर गरिएको सामग्री हेर्न वा अध्ययन गर्न चाहनेहरुले गुगलको भर नगरेर यस सर्च ईन्जिनलाई डाउनलोड गर्नुसः 
DuckDuckGo — Privacy, simplified.
https://duckduckgo.com

त्यस्तै सुरक्षित अनि गोप्य पत्राचारको निम्ति  G mail, Yahoo mail, Hotmail आदि बिर्सिदिनुस, स्वीस बेस भएको यो मेल आईडी प्रयोग गर्नुस—
https://protonmail.com

त्यस्तै अमेरिकि चुनाव बारे ताजा अपडेट्को लागी यो वेवपेजमा जानुहोसः

https://www.naturalnews.com