बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी

बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ४, २०७७

बैतडी । बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ ।  खास गरेर भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास एक हजार ३६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । 
 
गत वर्ष भटमास एक हजार ४३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको एक हजार ३६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिनुभयो । 

यस्तै यो वर्ष ३१९ मेट्रिक टन मास उत्पादन भएका छन् । गत वर्ष ३५२ मेट्रिक टन मास उत्पादन भएको थियो ।   जिल्लाको ४१० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताउनुभयो । उहाँले भन्नुुभयो, 'दलहन खेती गर्नका लागि  चाहिनेभन्दा बढी वर्षा बढी भएकाले कम फलेको देखिन्छ ।'