इन्टरनेट नेपालमा महँगो  किन ?

इन्टरनेट नेपालमा महँगो  किन ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको मूल्य र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ ।

इन्टरनेटको मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल १४ औं स्थानमा छ ।

तर मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल ४५औं स्थानमा रहेको छ ।

यो मूल्य माल्दिभ्सपछि एक्षिण एशियामा दोस्रो महँगो हो ।

नेपालमा डेटाको मूल्य ब्रोडब्यान्ड भन्दा महँगो हुनुको मुख्य कारण दूरसञ्चार सेवाप्रदायक कम्पनीको संख्या सीमित हुनुलाई मानिन्छ । 

नेपालमा हाल ५ वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी सञ्चालनमा छन् ।

तर तीमध्ये नेपाल टेलिकम र एनसेलको मात्र देशैभरि सञ्जाल छ ।

दूरसञ्चार सेवाप्रदायकहरूले इजाजतपत्र नवीकरण गर्नका लागि प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ सरकारलाई बुझाउनुपर्ने हुन्छ । 

इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोष सिग्देल यो नविकरण रकम नै इन्टरनेट महंगो हुनुको कारण मान्छन् । 

तर नेपाल दूरसंचार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल भने यो तर्कसंग सहमत हुन नसकिने बताउँछन् । 

ब्रोडब्याण्डको हकमा भने प्रयोगकर्ताहरुबीच गति बाँडिने हुँदा सस्तो पर्न गएको इन्टरनेट व्यवसायीहरुको संस्था आइस्पानका पूर्व अध्यक्ष विनय बोहोरा बताउँछन् । 

ब्रोडब्याण्डमा भने 

तर मूल्य कम हुनुको कारण सेवाप्रदायकहरूबीचको तीव्र प्रतिस्पर्धा नै भएको बोहोराको भनाइ छ ।

त्यसबाहेक नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने झन्डै ८० प्रतिशतले भिडियो हेर्ने हुँदा कम मूल्यमा तीव्र गतिको सेवा दिनुपर्ने बाध्यता रहेको बोहोराको भनाई छ ।
ब्रोडब्यान्ड र डेटाको मूल्यमा ठूलै अन्तर देखिए पनि गुणस्तरको विषयमा भने उल्लेख्य भिन्नता नरहेको प्रयोगकर्ताहरूको भनाई छ ।

नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको मासिक औसत मूल्य १६.४७ अमेरिकी डलर रहेको छ जुन दक्षिण एशियाको सन्दर्भमा हेर्ने हो भने श्रीलङ्कापछि दोस्रो सस्तो मूल्य हो ।

दक्षिण एशियामा ब्रोडब्यान्ड इन्टरनेटको मूल्य

श्रीलङ्काको ब्रोडब्यान्ड इन्टरनेटको औसत मूल्य ५.६५ अमेरिकी डलर रहेको छ ।

मोबाइल डेटाको हकमा भने नेपालको मूल्य माल्दिभ्सपछि दोस्रो महँगो रहेको उक्त अध्ययनले देखाएको छ ।

मोबाइल डेटाको औसत मूल्य प्रति जीबी २.२५ अमेरिकी डलर रहेको छ ।

दक्षिण एशियाली मुलुकमध्ये भारतको डेटा संसारकै सबैभन्दा सस्तो हो ।

त्यहाँ एक जीबी डेटाको मूल्य ०.२६ अमेरिकी डलर पर्छ भने सबैभन्दा महँगो माल्दिभ्समा प्रति जीबी ५.२७ अमेरिकी डलर पर्छ ।केवलले सार्वजनिक गरेको तथ्यांक अनुसार यूके, अमेरिका, चीन र अस्ट्रेलिया आदि देशहरूमा ब्रोडब्यान्डको तुलनामा डेटाको मूल्य निकै सस्तो पर्छ ।

यूकेमा एक जीबी डेटाको औसत मूल्य ६.६६ अमेरिकी डलर छ भने ब्रोडव्यान्डको औसत मासिक मूल्य ३९.५८ अमेरिकी डलर छ।

त्यसबाहेक नेपाली कामदारहरूका लागि रोजगारीको प्रमुख गन्तव्य साउदी अरब र कतारमा पनि ब्रोडब्यान्डको तुलनामा डेटा निकै सस्तो छ ।