विवादसँगै प्रलेसमा नयाँ नेतृत्व

विवादसँगै प्रलेसमा नयाँ नेतृत्व

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २४, २०७५

काठमाडौँ । वामपन्थी साहित्यिक घटकको साझा मञ्चाका रुपमा बहुप्रचारित  प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलन यही २०७५ साल चैत्र २३ गते सम्पन्न भएको छ । 

सम्मेलनले डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति चयन गरेको संघले जनाएको छ । प्रलेसका पूर्वमहासचिव  ताथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव डा. गिरीलाई सम्मेलन सर्वसम्तीले अध्यक्षमा चयन गरेको हो । दुईदिने सो सम्मेलनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । सम्मेलनमा उपाध्यक्षमा गोपीरमण उपाध्याय र सुशीला प्रधानाङ्गलाई चयन गरेको छ । अगामि कार्यकालको लागि  महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिवमा प्रकाश थापा र बाबुराम आचार्यलाई  र कोषाध्यक्ष डा. ध्रुर्व घिमिरे जिम्मेवारी सुम्पिएको छ ।

त्यसैगरी केन्द्रीय सदस्यहरूमा नारायण मरासिनी, बालकृष्ण अधिकारी, मणि अर्याल, जनक रसिक, बम बानियाँ, झगिन्द्रराज ढकाल, लोकबहादुर थापा, सुमित्रा वाङ्देल चेली, इन्द्रराज लामा, पुरु लम्साल, मधु कमारी क्षेत्री, प्रदीप प्रधान, मीनबहादुर राना, जीवन शाही, ताराप्रसाद शर्मा, कमल कार्की, अर्जुन पौडेल, नवराज रिजाल, मधु पोखरेल, राममणि ढुङ्गेल, सरस्वती दुमी राई, डा. दिपक गौतम, नरेश न्यौपाने, शरद अधिकारी, ओमप्रसाद घिमिरे, शालिकराम तिमिल्सिना, केशव थापा, डा। देवी दुलाल, राजेश विक, गिरिप्रसाद बुढा र रिद्धिरमण घिमिरे सर्वसमत चयन भएको जनाइएको छ । प्रलेसले विधान अनुसार ४५ सदस्यीय कमिटी बनाउने तयारी गरेको भए पनि हाललाई ३९ सदस्य चयन गरेको र ६ जनापछि मनोनयन गरिने प्रलेशले जानकारी दिएको छ ।

विभिन्न वामपन्थी साहित्यिक घटकको साझा मोर्चा मानिने सो संस्थामा केही घटकले भने सम्मेलनमा भाग लिएका थिएनन । सम्मेलनमा सहभागीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (मसाल) र नेकपा (माले) निकट साहित्यिक घटकका स्रष्टाको सहमतिमा नयाँ नेतृत्व चयन भएको बताइन्छ । अन्य घटकहरुलाई ६ जनापछि मनोनयन प्रलेशले जनाएको छ ।

सम्मेलनले ४६ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको र सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक अभियानलाई सशक्त बनाउने विषयमा समसामयिक प्रस्ताव पारित गरेको नव निर्वाचित उपमहासचिवमा आरसी न्यौपाने जानकारी दिनुभएको छ ।