तोलामा ७०० ले घट्यो सुनको मूल्य

तोलामा ७०० ले घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ४, २०७७

काठमाडाैं । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला  ७०० रुपैयाँले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला  ९३ हजार ९०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला  ९४ हजार ६०० रुपैयाँ मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ ले घटेको हो ।