सबैभन्दा महंगो बर्गर: ‘गोल्डेन जायन्ट’ मूल्य कति ?

सबैभन्दा महंगो बर्गर: ‘गोल्डेन जायन्ट’ मूल्य कति ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

जापानको राजधानी टोकियोको ‘ओक डोर स्टीकहाउस’ रेष्टुरेण्टमा संसारको सबैभन्दा महंगो बर्गरको बिक्री शुरु भएको छ । 

संसारको सबैभन्दा महंगो भनिएको यस बर्गरको मूल्य नेपाली रुपैयाँ करिब एकलाख पर्ने जनाइएको छ ।

यसलाई स्टीकहाउस रेष्टुरेण्टका सेफ पैट्रिक शिमादाले तयार गरेका हुन् । 

यसको बिक्री जुन महिनासम्म मात्र गरिने छ जसको नाम ‘गोल्डेन जायन्ट’ राखिएको छ ।

यसलाई बनाउन बीफ स्लाइस, चीज, गोलभेडा तथा अन्य खाद्य सामग्रीको प्रयोग गरिएको छ । सबैभन्दा खास विशेषता भनेको बर्गरको बन हो जसमा ‘गोल्डेन डस्ट’को प्रयोग गरिएको छ ।  

यसको लम्बाई १० इन्च छ भने चौडाई ६ इन्च रहेको छ । 

जो व्यक्ति यो बर्गर खरिद गर्न चाहन्छ उसले तीन दिन पहिला नै अर्डर गर्नुपर्ने छ । 

यसलाई जापानका क्राउन प्रिंस नारुहितोले सम्राटको पद्वी सम्हाल्न लागेको विशेष अवसरमा तयार गर्न लागिएको हो ।