खुल्ला शौचालय संस्कृति : पुरुष किन मर्यादित ! महिला चाहिँ किन लज्जित !?

सन्दर्भ विश्व शौचालय दिवस

खुल्ला शौचालय संस्कृति : पुरुष किन मर्यादित ! महिला चाहिँ  किन लज्जित !?

कमल शिशिर  |  दृष्टिकोण  |  मंसिर ५, २०७७

नोभेम्बर 19 तारिखको दिन विश्व शौचालय दिवस मनाउने गरिन्छ। नेपालमा पनि हरेक वर्ष विभिन्न सरकारी/गैर सरकारी सङ्घ संस्थाले विश्व शौचालय दिवस मनाउने गरेका छन्।सरसफाइले गर्दा मानव जीवनमा पर्ने असरसँग सम्बन्धित रहेर हरेक वर्ष विभिन्न कार्यक्रमहरू गरिने गर्छन्। यसै सन्दर्भमा नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरि सकिएको छ ।यो घोषणालाई आधार मान्ने हो भने देशभर हरेक घरधुरीमा शौचालय बनिसकेको छ।हरेक नागरिक शौचालयको पहुँचमा छन् ।तर खासमा उक्त घोषणाले सम्बद्ध निकायलाई गिज्याइ भने रहेछ।

सूचकाङ्क भर्सेस वास्तविकता

सुरक्षित शौचालय आम जनजीविका सँग जोडिएको विषय भएता पनि यसको प्रभावकारी कार्यान्वयन राज्य पक्षबाट हुन सकिरहेकाे छैन।राज्यले आफ्ना संयन्त्र मार्फत गर्ने अध्ययन र चाल्ने कदम झारा टार्ने खालका हुने गरेका छन् ।सम्बन्धित मन्त्रालय र विभाग मातहतका कार्यालयले कार्यक्रम गर्नकै लागि गरेको देखाउने, सम्बन्धित शीर्षकको बजेट मिलाएर व्यवस्थापन गर्ने र कागजी प्रतिवेदन पेस गरी खास समस्यालाई नजरअन्दाज गर्ने सरकारी रवैया नयाँ हैन।

यसका उदाहरणहरू प्रशस्त छन् ।जस्तो कि अघिल्लो वर्ष प्रधानमन्त्रीले खुला दिसा मुक्त देश घोषणा गर्दै गर्दा सिंहदरबार भित्रै सुरक्षित शौचालय सेवाग्राहीले उपयोग गर्न नपाएका रिपोर्टहरू आएका थिए ।राजधानीमै उक्त कार्यक्रमलाई खिल्ली उडाउने गरी मान्छेहरू बाटो छेउमै खुल्ला शौच गरेका समाचार तथा तस्बिरहरू यत्रतत्र उपलब्ध  हुने गरेका छन् ।यसले हामी कार्यक्रम गर्नकै लागि र सूचकाङ्कको स्थान ओगट्न कति हतार गर्छौँ भन्ने कुरा स्पष्ट पार्दछ।

सबै हुनुको यौटै कारण हो गाउँमा टोलमा, सहरमा र राजमार्गमा पर्याप्त शौचालयको व्यवस्था नहुनु ।देशको अभिभावकमय भूमिकामा संवैधानिक भए पनि राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । थुप्रै उच्च पदस्थ महिला पनि बने के उनीहरूले आफ्नो जीवनकालमा कहिल्यै सार्वजनिक यातायात मार्फत यात्रा गरेनन्  ? के उनीहरू राजमार्गमा खुला शौच गर्नु पर्ने बाध्यतामा परेनन् ? के उनीहरू आम महिलाले राजमार्गमा, सहरमा, गाउँ टोलमा शौचालयकै कारणले भोग्नु परेको सास्ती सँग जानकार छैनन् ? उनीहरू हेर्दा सामान्य लाग्ने तर जटिल र क्रान्तिकारी कदमको पैरवी गर्न किन पछि हट्छन् ?

तल्लो तहमा पुगेर हामीले अध्ययन गर्ने र तदअनुरुप कार्य योजना अघि बढाउन अझै पनि सकेका छैनौँ।कतिपय स्थानमा सामाजिक कुरीति र चेतनाको अभावले गर्दा अझै पनि खुला शौच गर्ने या बनेको शौचालयको पनि उचित प्रयोग नगर्ने प्रवृत्ति व्याप्त छ।अहिले पनि नेपालमा धेरै मानिस शौचालयको पहुँच बाहिर छन्। थुप्रै ग्रामीण इलाकामा शौचालयको प्रयोग बारे चेतनाको अभाव छ।

हरेक वर्ष खुल्ला शौचको कारण र शौचालयको उपयुक्त प्रयोग गर्न नसकेका कारण झाडा पखाला लगायतका रोगबाट थुप्रै मान्छेहरूको मृत्यु हुने गरेका खबर हाम्रो लागि नौलो रहेन । जाजरकोटमा केही वर्ष अघिसम्म हरेक वर्ष जसो झाडा पखालाबाट  प्रत्येक वर्ष थुप्रै मान्छेहरूले ज्यान गुमाए ।महामारी नै देखियो। हामीले राम्रो, स्वच्छ र सफा  खाना खानु जस्तै अनिवार्य हो स्वच्छ, सफा र सुरक्षित शौचालयको प्रयोग भनेर हरेक गाउँ बस्तीमा चेतना भर्नु आवश्यक छ। यो विषयलाई सामान्य ठानेर नजरअन्दाज गर्नु हाम्रो लागि घातक सावित हुन्छ। लाजको विषय, घिनको विषय भनेर वास्ता नगर्नु हामी आफैले गर्ने सामाजिक अपराध ठहरिन जान्छ ।तसर्थ हामी सबैले आफ्नो कर्तव्य ठानेर सम्बद्ध निकायले अघि सार्ने कार्यक्रम सफल पार्नु,सभ्य र सुरक्षित समाज निर्माण गर्नु हाम्रो दायित्व हो।

सार्वजनिक शौचालयको दुरावस्था

हामीले सभा सेमिनार वा गोष्ठीमा ठुला ठुला भाषण गरे पनि, अखबारका पानाहरू ठुला अक्षरले रङ्गाए पनि, हाम्रा सफलताका कथाहरू बहु प्रचार गरे पनि केही तितो यथार्थ हामीसँग आज पर्यन्त जीवित छ र यसको आयु बढ्दो छ ।राजधानी लागायता ठुला सहरमा सार्वजनिक शौचालयको हरिबिजोग छ।हरेकको पहुँच पुग्ने गरी सार्वजनिक शौचालयहरू बनेका छैनन् र बनेका शौचालय पनि प्रयोग गर्नै नसक्ने अवस्थामा छन्।अझ केही शौचालयहरू रोग सार्ने अखडा जस्ता रहेका छन्।सार्वजनिक/सरकारी सेवा प्रदायक सङ्घ संस्था तथा कार्यालयहरूमा सेवाग्राही मैत्री शौचालय छैनन्।

सरकारले हरेक सार्वजनिक/सरकारी कार्यालयमा सेवाग्राहीलाई सहज शौचालयको व्यवस्था गर्न निर्देशन दिए पनि प्राय कार्यालयका शौचालयमा विभेद प्रस्ट देख्न सकिन्छ।कर्मचारीले प्रयोग गर्ने शौचालयको ढोकामा ताला लगाइएको हुन्छ र सेवाग्राहीको लागि भनेर छुट्टै शौचालयको व्यवस्था गरिएको हुन्छ जहाँ सेवाग्राहीले शौचालयको प्रयोग गर्दा भोग्नुपरेको सास्ती शब्दमा यहाँ व्यक्त गर्न सकिन्न।

आम मान्छे सेवा लिँदाका बखत शौचालय जानु पर्‍यो भने उ आफैलाई अपराधी करार गर्न बाध्य हुन्छ।कतिपय शोधहरूका अनुसार आफ्नो कोठा या डेरा बाट बाहिर जाने सहरिया कामकाजी मान्छेहरू पानी नपिई बाहिर जाने गरेको पाइन्छ।कहीँ कतै सेवा लिन जाँदाको बखत या यात्राको बखत सहरमा सार्वजनिक शौचालयको अस्तव्यस्त र अपर्याप्तताको कारण पानी नपिई निस्कने गरेको र त्यसले गर्दा पिसाबजन्य तथा पेट सम्बन्धी थुप्रै रोगको सिकार बन्नु परेको रिपोर्टहरू बेला बेलामा पत्रपत्रिकामा निस्कने गर्छन्।यसले हाम्रो न्यूनतम आवश्यकताका व्यवस्थापनका सन्दर्भमा राज्य चुकेको महसुस गराउँछ।

सकसमा महिला

हाम्रो सामाजिक चरित्र र मानसिकता महिला पिडक छ। हामीले गर्ने हरेक व्यवहार कतै न कतै महिलाको आत्म स्वाभिमान माथि आघात पुर्‍याउने खालका छन् ।हरेक जसो ठाउँमा महिलालाई मान्छेको दर्जा दिन नसक्ने प्रवृत्ति विद्यमान छ।महिला भएकै कारण उसले लज्जावोध गर्नु पर्ने हिनतावोध गर्नु पर्ने या जबरजस्त शिर निहुराउनु पर्ने अवस्था आज सम्म कायमै छ।

शौचालयको प्रयोग सम्बन्धमा पनि महिलाले अनेक सास्ती भोग्नु परेको पाइन्छ। एक त कति न सार्वजनिक शौचालय छन् र त्यसमाथि कतिपय ठाउँमा भएका सार्वजनिक शौचालय सुरक्षित र महिला मैत्री नहुँदा महिला यौनजन्य हिंसामा पर्नु परेको छ ।शौच गर्न गएकै बेला कति छोरी चेली बलात्कृत हुन बाध्य छन् ।कति बाहिर देखाउन नमिल्ने, कानुनी उपचार आकर्षित नहुने हिंसा अहिले पनि थुप्रै युवतीहरूले भोगिरेका छन्  शौचालयको प्रयोग सम्बन्धमा नै। देशभर थुप्रै राजमार्गहरू सञ्चालनमा छन् र अझै थुप्रै बन्ने क्रममा छन्।

सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाले शौचका क्रममा भोग्नु परेको सास्ती उदेक लाग्दो छ ।गाडी चालकले आफूलाई अनुकूल हुने ठाउँमा या आफूलाई दिसा पिसाब लागेको बेला मात्र मनलाग्दी गाडी रोक्ने गर्छन् । विडम्बनाको कुरा गाडी चालक पुरुष हुन्छ र पुरुषलाई उ पुरुष भएका कारण कहीँ कतै पनि पिसाब गर्दा लज्जित हुनु पर्दैन।लुक्नु पर्दैन, अप्ठ्यारो महसुस गर्नु पर्दैन ।पिसाब च्यापेर कष्टकर यात्रा गरिरहनु पर्दैन ।तर महिलाको हकमा यो कहाँ लागु हुन्छ र महिलालाई त पिसाब लागेरै पनि सहन गर्नु पर्ने हुन्छ। गाडी चालकले जहाँ मन लाग्यो त्यही रोकेको ठाउँमा पिसाब फेर्न असम्भव प्राय छ ।अनि अर्को कुरा पुरुष मान्छे जहाँ मन लाग्यो त्यहाँ निर्धक्क पिसाब फेरिरहेको हुन्छ र देखेर पनि नदेखे जस्तो गर्नु पर्ने या लज्जित हुनु पर्ने चाहिँ महिला !? के पुरुषलाई लाज मान्नु पर्ने ठाउँ कहीँ कतै हुँदिन ?

यो सबै हुनुको यौटै कारण हो गाउँमा टोलमा, सहरमा र राजमार्गमा पर्याप्त शौचालयको व्यवस्था नहुनु ।देशको अभिभावकमय भूमिकामा संवैधानिक भए पनि राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । थुप्रै उच्च पदस्थ महिला पनि बने के उनीहरूले आफ्नो जीवनकालमा कहिल्यै सार्वजनिक यातायात मार्फत यात्रा गरेनन्  ? के उनीहरू राजमार्गमा खुला शौच गर्नु पर्ने बाध्यतामा परेनन् ? के उनीहरू आम महिलाले राजमार्गमा, सहरमा, गाउँ टोलमा शौचालयकै कारणले भोग्नु परेको सास्ती सँग जानकार छैनन् ? उनीहरू हेर्दा सामान्य लाग्ने तर जटिल र क्रान्तिकारी कदमको पैरवी गर्न किन पछि हट्छन् ?

जसले आम महिलाको मात्र हैन आम भुईँ मान्छेको हित गर्छ।देशमा तिन तहका सरकार छन् ।एकले नभए अर्कोले अर्कोले नभए अर्कोले गरेर पनि सार्वजनिक शौचालयको बिस्तार र विकास गर्न सकिन्न ? राजमार्गमा कम्तीमा हरेक १० कि.मी. को अन्तरमा सुरक्षित, भरपर्दो र हरेक वर्ग मैत्री शौचालयको विकास आजको अपरिहार्यता हो । बढ्दो सहरीकरण सँगै थप व्यवस्थित शौचालयको आवश्यकता टड्कारो देखिन्छ। स्वास्थ्यका हिसाबले पनि हामीले शौचालयको प्रयोगमा धेरै कुराहरू गर्न बाँकी छ ।कागजमा मात्र गरिने यस्ता घोषणाले राज्य संयन्त्रलाई कुरीकुरी गरिरहेका छन् ।हरेक वर्ष गर्नकै लागि गरिने कार्यक्रमले कुनै अर्थ लाग्दैन जबसम्म हामी सार्वजनिक शौचालयको वृद्धि र विकासमा अग्रसर हुँदैनौ ।