पहिलो किस्ता बुझेका १६ हजारले घर बनाउन थालेनन्

पहिलो किस्ता बुझेका १६ हजारले घर बनाउन थालेनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडाैं । भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि सरकारले तोकेको समय सकिन लागेको छ । तर, भक्तपुरमा भूकम्पपीडितको लाभग्राही सूचीमा दर्ता भएकामध्ये एकचौथाइले मात्रै घर निर्माण गरेर अनुदान लिएका छन् । पहिलो किस्ता बुझेका १६ हजारभन्दा बढी परिवारले अझै घर बनाउन थालेका छैनन् ।

भक्तपुरमा २८ हजार तीन सय आठ परिवार लाभग्राहीको सूचीमा थिए । तीमध्ये तीन हजार ९८२ ले आवासपुनर्निर्माणको सम्झौतै गरेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइमा सम्झौता गरेका सबै २४ हजार ३ सय २६ परिवारले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगिसकेका छन् । तर, तीमध्ये १६ हजार ७ सय २० परिवारले अझै घर बनाउन सुरु नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख ध्रुव गैँडाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।