अतीत मोह
कथा

होइन के भो ? किन नसुतेको ? कोल्टे फेर्दै गरेको लोग्नेलाई मंदिराले सोधिन् ।  होइन गएको हप्ता धेरै नाईट ड्युटी परेकोले बानि बिग्रिए जस्तो छ, सरि तिमीलाई डिस्ट्ब भो भने ।  विदुरले मंदिरालाई माफी माग्दै भन्यो ।  बुढोको कुरोले असर गर्यो, गरेन थाहा भएन फर्केर हेर्दा, अर्को पट्टि फर्केर निदाईसकेकी थिईन् मन्दिरा, तर बिदुर भने स्वास्नीलाई निर्धक्कसँग अँगालो हालेर सदा झैं निदाउन सकिरहेको थिएन । 

अघिल्लो साँझ अचानक देखेको दृश्यले उसको मन यस्तरी बिथोली रहेथ्यो कि आँखाबाट निन्द्रै गयाब थियो । आँखा बन्द गरेर निदाउन खोजे पनि सन्ध्याको हँसिलो मुहारको झल्कोले सताईरहेथ्यो । 

भेला नम्बरीको थिएन, एउटा अर्कै कम्युनिटीद्वरा आयोजना गरिएको च्यारिटी डिनर थियो ।  त्यो पार्टीमा बिदुर साथीहरू द्वारा निम्त्याईएको एक अपरिचित पाहुना मात्र थियो । 

साथीहरूसँग टेबल नम्बर ७ मा बसिरहेको थियो, मान्छे आउने क्रम बढ्दै गयो हेर्दा हेर्दै छेउछाउका टेबलहरू भरिए । कार्यक्रम सुरु भयो, सञ्चालकले  प्रमुख अतिथि पुष्पराज लिम्बू तेसैगरी बिसिष्ट अतिथि श्रीमती सन्ध्या राई ज्युलाई जोरदार तालीले स्वागत गर्नु होला ? चारैतिर बाट तालीको गड्गडाहट सुरु भो, प्रवेश द्वारबाट एक सुन्दर जोडीको आगमन भयो ।  सन्ध्याले हल्का बैजनी रंगको सारीमा कालो कास्मिरी सल देब्रे कुममा राखेकी थिईन् । पुष्पराजले कालो सुट्मा आकासे रंगको सर्ट अनि रातो टाई लगाएको थियो ।  सन्ध्याले पुष्प राजको पाखुरामा दाहिने हातले समाएर देब्रे हातमा गोल्डेन रंगको ब्याग समातेकी थिईन् । साँच्ची नै त्यो जोडी संसारकै सुन्दर जोडी देखिन्थे ।

सन्ध्याले टेक्दै आईरहेको त्यो रातो कार्पेट हेर्दै विदुरले एक परि आईरहेको कल्पना गरिरह्यो । त्यो साँझ परिवार लिएर आउने कमै मात्र थिए ।  ति मध्ये पनि सन्ध्याको जोडी निक्कै आकर्सक देखिन्थ्यो  ।  हरेक टेबलमा सेतो टेबल क्लोथ त्यो माथि फ्रेस फूल आकर्सक सिशाको भासमा सजाएर राखिएको थियो, सेतो टेबल माथि ति रातो गुलाबका झुप्पा, झुप्पा थुङ्गाहरू असाध्यै मनमोहक देखिएका थिए । 

टेबल नम्बर ५ मा सन्ध्याको जोडी संग अर्को २ जोडी मिलेर बसे हेर्दा उनीहरू चिनजानकै लाग्थे ।  बिस्तारै भिडससँगसँगै हल्ला बढ्दै गएकोले वल्लो पल्लो टेबलका मान्छे बात मारेका सुनिन्दैन्थ्यो । विदुरलाई सारै खुल्दुली लाग्यो सन्ध्याको बारेमा जान्ने तर, त्यो पार्टीमा सम्भब थिएन ।  सन्ध्या र पुष्पराजले त्यो च्यारिटीलाई निक्कै मोटो रकम दिएर स्पोंचार गरेका कुरा पटक, पटक सञ्चालकले गरिरह्यो । बिजिनेस मेन पुष्पराज लिम्बू र श्रीमती सन्ध्या राई हिजो मात्र क्यानाडा बाट हाम्रै कार्यक्रमको निमित आईपुग्नु भएको हो, हाम्रो यो निम्तोलाई स्वीकारेर आईदिनु भएकोमा उहाहरूलाई स्वागत गर्दछौं ।  फेरि जोरदार तालि फर द ब्युटिफुल कपल प्लिज ? ताली परररर .....हल गुञ्जयमान सञ्चालकले मच्ची मच्ची उनीहरूको जोडीलाई प्रसंसा गरिरह्यो निक्कै बेर । 

मन्दिरा म तपाईंलाई धोकामा राख्न चाहान्न, यस्तो कुरो भोलि थाहा पाउँदा झन् नमिठो लाग्छ बास्तबमै भन्न पर्दा मेरो केटि छ अहिले उसले मलाई पर्खि रहेकी छे  ।  हाम्रो बिचको सम्बन्ध यति गहिरो बनिसकेको छ कि म बिना ऊ र ऊ बिना म रहन सक्ने कल्पना सम्म गर्न सक्दैनौ ।  विदुरले एकतर्फी कुरो राखिसक्दा सम्म पनि मन्दिरा चुपै थिईन् ।  उनी चुप लाग्नुको कारण के हो विदुरलाई थाहा भएन ।  तपाईंले मेरो कुरो सुन्दै हुनुहुन्छ ? विदुरले सोध्यो ! हजुर मात्र भनेर अरु केहि बोलिनन् मन्दिराले । तपाईं के सोंच्दै हुनुहुन्छ त्यो मलाई थाहा छैन तर, मन्दिरा जी म चाँही साँच्ची नै धर्म संकटमा छु ।  मेरो कुरो मैले राखी सकें अब आफै विचार गर्नुस ?

आसनग्रहण पछि सञ्चालकले सर्प्राईज दिंदै लेडिज एन्ड जेन्टलमेन आर यु रेडी ? भनि सोध्यो, दर्सकहरू केहि नबुझी ब्यर्थै येस ..भन्दै सबै चिच्याए ! बलिरहेको लाईटहरू मधुरो बने, सबै जना निक्कै उत्साहित बने त्यो नाम सुन्न ।  त्यै बेला सञ्चालकले टेबल नम्बर ५ बाट सन्ध्याको हात समाउँदै उठाएर स्टेजमा पुर्‍यायो ।  ताली र हल्लाहरू सिटीमा परिणत भए, केटाहरू साई...साई र सुई...गर्दै सिटि मार्न थाले ।  सञ्चालकले आज मेलोडियस गायिका सन्ध्या राईबाट हामी केहि गीतहरू सुन्ने छौं, तपाईंहरूले चिन्नु हुन्छ कि हुन् उहालाई ? मैले अघि आसन ग्रहणको क्रममा सन्ध्या जिलाई गायिका भनि सम्बोधन नगरेकोमा माफी चाहान्छु । कुरो के भने  तपाईंहरूलाई सर्प्राइज दिन चाहेको मात्र हो भन्दै माईक सन्ध्यालाई दियो । 

सन्ध्या पहिले जस्तै सिम्पल थिईन् ! एकदम कम मेकपक गरेकी, लिपमा टल्कने हल्का लिप ग्लोज हेर्दै सितल देखिने सन्ध्या त्यो पार्टीको गायिका मात्र नभएर नायिका पनि थिईन्  स्टेजमा चढ्ने बेला स्टेजलाई हातले छुएर ढोंगिन् अनि मधुर मसिनो स्वरमा पार्टीको मुख्य अध्यक्ष लगायत कार्यसमितिलाई पनि आभार व्यक्त गर्दै उपस्थित सम्पूर्णको निम्ती भनि गीत सुरु गरिन् । 
ट्र्याक्क बज्न थाल्यो.....गर्नु छ एउटा कुरो तिमीसँग बसन्तको, अंगालोमा बितेको त्यो पल अनि एकान्तको !! गीत पनि उनको स्वर जस्तै सुमधुर थियो  सबै मात्र मुग्ध बने  ।  गीत सकिन नपाउंदै ...दर्सकको वन्स मोर .........वन्स मोरले   माहोल तातियो ।

बिदुरले भुलिसकेको अतितका पानाहरू समयले फर्फराउँदै एक, पछि अर्को गर्दै पल्टाई रहेको थियो । 

हुन त सन्ध्या र बिदुर बिचको प्रेम सम्बन्ध, मन्दिराले थाहा नपाएकी पनि होइनन् । 

साउन सकेर भदौ लागेको थियो ।  पिण्डेश्वरि देखि मास्तिरको भित्तामा लामो लामो मकैका बोटहरू धमाधम सुक्दै गएको सदन स्कुल बाटै देखिन्थ्यो । धरान खाल्डो तातिएर घर अनि बाटोहरू बाफिलो बनेका थिए ।  माथि विजयपुर र साँगुरीलाई सुमसुमाउँदै तल ओर्लेको ठुल्ठुला थोपा पानी झरि एक्कासी सदन स्कुलको प्राङ्गण प्रबेस गर्दा बिध्यार्थिहरू हाहा...हूहू...गर्दै आ-आफ्नै कक्षा कोठातिर लुक्ल थाले । 

कक्षा ८ तल र कक्षा १० माथिल्लो तलामा भएकोले ठाडो भर्यांङ उक्लिने विद्यार्थीको भिड बढ्न थाल्यो । दर्के पानीले स्कुलको छाना दरंरंर.....बजेको सुन्दै बलेसीको छड्के पानी हातमा थापेर बिस्तारै आँगन तिर अन्जुलिबाट फाल्दै आनन्दले स्कुलको उतर पट्टिको बरन्डामा उभि रहन्छ बिदुर । 

ओऐ बिदुर तं संग एरेजर छ ? उसको एकन्तपनलाई भंग गर्दै भित्रबाट गौतम कराउँछ ।  ऊ आएदेखि ज्यामितिको होमवर्क गर्नमै व्यस्त छ ।  छैन यार ...भै भै पनि छैन भनि सजिलैसँग टारीदियो साथीलाई ।  उसलाई डर थियो कि कतै ईरेजर दिन भित्र पस्दा त्यो केटि आईरहेको नदेख्ने पो हो कि ? गौतम बुढो सुब्बा मन्दिरको मुख्य पुजारीको छोरा थियो  केटीहरू उसलाई हामीले चढाउँन ल्याएको भालेहरूको मुटु कलेजो खाएर मोटाएको भनि जिस्काउने गर्थे ।  हो के गर्छौ ? भन्दै ऊ पनि बाज्थ्यो केटीहरू सँग ।  बुढो सुब्बा मन्दिरमा चढाउँन लगेको भालेको मुटु कलेजो पुजारीले नै राख्ने चलन थियो ।  

विदुरले केहि महिनादेखि एउटी केटीलाई यसैगरी उभिएर हेर्ने गरेको थियो । ऊ उभिएको बरन्डा पछाडी कक्षा १० सेक्सन (अ) को कोठा पर्छ, ऊ प्राय आफ्नै कक्षा कोठा अगाडिको बरन्डामा उभिएर स्कुल र स्कुल अगाडिको रोडमा हुने चहलपहल हेरिरहन्थ्यो ।  गेट अगाडि श्रेष्ट होटलमा पाकिरहेको आलूदम, चना, सेलरोटी र थुक्पा चाउमिनको बास्नाले घरिघरि सुमेरू झैं उनको नाकलाई परिक्रमा गर्दै जान्थे ।

कक्षा सुरु हुन १० मिनट जति बाँकी थियो । सदा झैं निलो फ्रक, सेतो सर्ट अनि निलै रंगको स्पोट्स जुत्ता, लामो कपाल सेतो रिबनले २ चुल्ठी बाटेर हातमा किताब बोकी सन्ध्या आईरहेकी थिईन् ।  उसलाई देखेपछि बिदुरको छातीमा खुशीका फूलहरू फक्रन थाल्छन्, दुवै गालामा लाली रंग पोतिंदै मुटुको धड्कन सम्म पुग्छ ।  उसले महसुस गर्न थाल्छ, आफ्नो सरिरमा सन्ध्या प्रति उर्लिएका तरंगित प्रेमभाबहरू । 

सन्ध्या सुस्तरी स्कुलको गेटतिर प्रवेश गर्छिन्, बिदुर स्थिर बनेर उनका पाईलाभरि आँखा ओछ्याएर स्वागत गर्न आँगनमा ओर्लन्छ, है सन्ध्या हाउ आर यु ? आज किन ढिलो नि ? सन्ध्या मुसुक्क मुस्कुराउँदै तेतिकै आउँदा आउँदै ढिलो भो थेङ्क्स ...भनि आफ्नो बाटो लाग्छे, बिदुर पश्चिम भर्याङ्गसम्म उसलाई छाड्न पुग्छ । सन्ध्या कक्षा कोठामा प्रवेश गर्दै गर्दा टिंग...गरि पहिलो घन्टी बज्छ । बिदुर झसंग हुन्छ ऊ त कतै गएको होइन उही बरण्डामै पो उभिरहेको रैछ, एक्कासी पर बाट आउंदै गरेको अंग्रेजी बिषयको बन्धु सर देखेर पस्छ हतार कक्षा भित्र ।

हल्लाहरू सबै कक्षा भित्र छिरेर पढ्न थालेपछि स्कूलको आँगन सुनसान बन्यो । बिदुर पछाडिको सिटमा बसेर टिफिनको घन्टी पर्खि रह्यो । घन्टी बज्यो तँछाड मछाड गर्दै बिध्यार्थिहरू बाहिर निस्कन थाले । बिदुर पनि निस्कियो, अलि पढ्दासे साथीहरू कक्षामै रहे, उसको मन पढाईमा भन्दा बढी ब्रिटिश आर्मी भिड्नमा रहन्थ्यो ।  गएको सालको सेन्ट्पको बेला ऊ धरान क्याम्पमा लाहुरे भिड्दै थियो तर, कसैले सिकाए जस्तो चिउरासँग बेस्सरी पानी पिएर जान बिर्सेकोले वजन नपुगेर फेल भएको थियो । ऊ तेर्हथुमबाट पढ्न झरेको हो या लाहुरे भिड्न कसैलाई थाहा थिएन । मान्छे पनि अग्लो, सुकिलो गोरो लाहुरे हुनु लायाककै थियो । त्यसैगरी भर्ति खुल्दा गतिला केटा जम्मै हराउन्थे स्कूलबाट ।  बिदुर फेल भएर आएको बर्ष पनि ऊ संगै भर्ति भिडेका ३ जना केटाहरू भर्ति लागेर गएका थिए ।

सन्ध्या राम्री लाम्च्चो अनुहारकी जिऊ डाल मिलेको अग्ली थिइ । बिदुरको अन्दाजमा सन्ध्या आफू भन्दा २,३ बर्षले सानी जस्ती लाग्थिन्, उनि कक्षा ८ को (ए) सेक्सनमा पढ्छिन् । स्कुलको नियम अनुसार बिषय छनोटको हिसाबले ३ सेक्सनमा कक्षाहरूछुट्याईएका थिए । बिज्ञान र अप्सनल म्याथस बिषय लिनेहरूलाई सेक्सन (ए) भूगोल र ईतिहाँस लिनेहरू सेक्सन (बी) अनि अन्य बिषय लिने र सेन्ट्पमा फेल भएर रि गर्नेहरू सेक्सन (सी) मा राख्थे । बिदुर पनि फेल भएर नै १० (सी) मा थिए । लवाई खवाई हेर्दा धरान कै बासिन्दा झैं लागेपनि सन्ध्या अन्त कतैबाट आएर पढ्न थालेकी नयाँ बिद्यार्थी थिइन् । 

उनि हरेक दिन एसएमलीमा माथि बरन्डामा उभिएर रास्ट्रिय गान गाउने ३ ओटी केटि मध्ये एक हुन्थिन् ।  उनि अग्ली र स्वर राम्रो भएकोले सर मिसहरूले अगाडि उभ्नि लगाउँथे ।  श्रीमान गम्भीर नेपाली .....माथिबाट ३ ओटी केटीहरूले गाएर सकेपछि त्यै दोहोर्‍याएर तल लाईनमा उभ्नेहरूले गाउनु पर्थ्यो ! दुरुस्तै नक्कल गरे जसरी, अन्य बिद्यार्थीहरूसँग संगै बिदुर पनि लाईनमा उभिएर सन्ध्यालाई हेर्दै रास्ट्रिय गान गाउन्थ्याे । 

बिदुर न बोल्न सक्छ न नहेरी रहन नै ।  उही बरण्डा, उही सन्ध्या अनि उही स्कुल र साथीहरू । अर्ध बार्षिक परीक्षाको पहिलो दिन थियो । सबै आ-आफ्नै सिरियल नम्बर हेर्दै सिटमा बसे, बिदूरको छेउमा एउटा सिट खालि थियो १०७ सिरियल नम्बर बेन्चमा टाँसिएको थियो .  परबाट ...सन्ध्या आईरहेको देख्यो, परीक्षाको चापले त्यो दिन सन्ध्यालाई भुलिरहेको रैछ बल्ल याद आयो तर, सन्ध्या त उसकै छेउको सिटमा पो बसिन् १०७ वाला सिरियल नम्बर त उनको पो रैछ । मनमनै भगुवानालाई थेङ्ग्स ...भन्यो । 

है ...मेरो नाम सन्ध्या राई हो ! म कक्षा ८ मा पढ्छु तपाईंको नि ? सन्ध्याले नै पहिले बोलचालको बाटो खोलिन् ।  बिदुर रातो भैसकेको थियो आफुले मनमनै मन पराएको केटी छेउमा पाउँदा निशब्द भैरहेको थियो । हजुर ! हजुर मेरो नाम बिदुर लिम्बू हो, वोउ ...हो र ? के थरि लिम्बू हो नि ? बिकाउज ...मेरो मम पनि लिम्बू हो, कतै मावली त पर्नु हुन्न ?

शङ्काजनक प्रश्न अप्ठयारो गरि तेर्साईन्न ।  होइन होला ? म त तेर्हथुमको हुँ ।  ओह ! तेसो त पर्दैन मेरो मावला ताप्लेजुङ्ग हो  । 

बिदुरको पहिलो पेपर ईतीहाँसको थियो, सन्ध्याको बिज्ञान बिषयको थियो । इन्दु मिसले प्रश्न पेपर बाँड्दै आईन् । अब हल्ला कम ओके ? घन्टी लाग्न लाग्यो, नेत्र सर कराउँदै आईपुग्यो । इतिहाँस बिषय उसकै भएकोले पनि होला अलिक ब्यस्त देखिन्थ्यो नेत्र सर । रमाईलो गरी परीक्षा लेखिरह्यो विदुरले ऊ सँग सन्ध्या खुलेरै बोल्न थालिसकेको थियो ।  क्रमस अर्ध बार्षिक परीक्षा सकियो । अन्तिम दिनमा विदुरले भन्यो सन्ध्या म तिमीलाई तिमी भन्न सक्छु ? ओह ! वाई नट ..सकि हाल्छौ नि तिमी भन्नुमा के अप्ठ्यारो छ र ? बरु म पनि तिमी नै भन्छु अब तिमीलाई संध्याले भनिन्न ...सियोर ...सियोर ....विदुरले भन्यो ।  अन्तिम परीक्षा सकेर दुवैसँगै निस्केर हिड्दै भानु चोक सम्म आए ।  फेरि भेट्ने बाचा गर्दै बिदुर नारायण चोक तिर लाग्यो, सन्ध्या बरगाछितीर । 

सन्ध्या गर्मी महिनाको छुट्टी सकेर धरान फिर्दा स्कुल लाग्न २ दिन मात्र बाँकी थियो ।  घर पुगेर भाउजुसँग किनमेल गर्न बजार निस्कँदा बिदूरलाई चोकमै साईकलमा देखेर हात हल्लायो, बिदुर पनि साईकल बाट ओर्लेर छेउमै आई भाउजुलाई नमस्कार गर्दै सन्ध्याको हालचाल सोध्यो ।  ठिकै छु, हिजोमात्र आईपुगेको म त इलाम बाट तिमी नि ? सन्ध्याले भनिन् ! ए हो म त घर गईन यो पालि विदुरले भन्यो ।  ए किन नि ? सन्ध्याले फेरि प्रश्न गरिन तर, विदुरले सत्य नभनी तेतिकै ...टारी दियो ।  तिमीहरू एकछिन गफ्फ गर्ने भए म सब्जी पसल जाँदै गर्छु सन्ध्या उतै आऊ ल ? भाउजुले दुबैलाई हेर्दै भनिन् ।  होइन ...होईन भाउजु त्यस्तो बिशेष काम केहि छैन बस स्कुलको साथी एक महिना पछि भेट्दा यसो गफ गरेको मात्र, भन्दै सन्ध्या भाउजुसँगै लागिन् किनमेल तिर ।  बिदुर सन्ध्यालाई भेटेर खुशी हुँदै साईकल चढेर घर तिर लाग्यो । बिदुर छुट्टी मनाउन घर नगएर लाहुरे भिडन ट्रेनिंङ गर्दै धरानमै बसेको थियो  । 

गर्मी महिनाको छुट्टी पछिको पहिलो दिन खासै पढाई भएन किनकि टाढा टाढा घर हुने बिध्यार्थिहरू फिरिसकेका थिएनन् । नेपालीको घन्टी पछि म्याथ र इङ्ग्लिस पढाई नै भएन । सन्ध्या र रिता एक्लै थिए क्लासमा ।  मन्जिल हिडिसकेको थियो टिफिन पछि, अप्सनलको क्लास लिएर हामी पनि जाउँ ल ? रिताले भनिन् । ल ल जाउँ, मलाई पनि अल्सी लाग्यो सन्ध्याले यसो भन्दै जान तयार भईन्  ।  त्यो दिन बिदुरको कक्षा कोठा सुनसान थियो ।

बिदुर धरान क्याम्पबाट पास भएर पोखारा गैसकेको थियो ! उसले एक्कासी स्कूल किन छाडेछ जस्तो लागिरह्यो सन्ध्यालाई खासै लामो चिनजान नभए पनि परिक्षामासंगै बसेर केहि दिन हाँस्दा बोल्दा उसले एक परिचित साथीको रुपमा लिएको थियो ।  विदुरले भने मन मनै मन पराएको थियो तर प्रेम प्रस्ताब राख्ने कुरो भने पहिले लाहुरे लागेपछि मात्र गर्ने भनि सोचेको थियो । उसले सन्ध्या भन्दा पहिले पनि धेरै केटीहरूसँग चिट्ठी पनि लेखालेख गरेको थियो । उसको अघिल्लो प्रेमिकालाई लाहुरेले उडाई दिएपछि नै उसले पनि पढाई छाडी लाहुरे भिडने अठोट गरेको थियो । 

पोखारा बसेको १२ दिन भैसकेको थियो, नयाँ भर्ती भिडने केटाहरूको अन्तिम स्वास्थ्य जाँचको परिणाम आउन बाँकी थियो । विदूर अन्योलमा थियो पास भइने हो कि फेल भनेर ।  परिणाम आयो अचानक पास हुनेहरूको नाम लिस्टमा आफ्नो नाम देख्दा ऊ छक्क पर्यो ।  उसले सबभन्दा पहिले सन्ध्यालाई सम्झ्यो अब पुगेर प्रेम प्रस्ताब राख्दै यो खबर सुनाउने निर्णय गरेर सुत्न होटल तिर लाग्यो ।  

लाहुरे लागिसकेर पनि केहि दिन छुट्टी मनाउन घर जना पाउने ब्यबस्था मिलाइएकोले बिदुर साथीहरूसँग लाग्यो धरान  हिंडेको भोलि पल्ट ९ बजेतिर मात्र धरान पुग्यो  त्यो दिन घर मै बसी नुहाई धुवाई गरेर भोलि पल्ट स्कूल जाने सोंच बनायो ।  स्कुल पुगेर कक्षा कोठामा बस्दै एउटा सानो चिटमा चिट्ठी लेख्यो  डियर सन्ध्या म तिमीलाई भरे स्कुल पछि भेट्न चाहान्छु ।  'ईफ यु डोन्ट माईन्ड  ? धेरै लेख्न डर लागेकोले यतिनै मात्र लेख्यो  । स्कूलमा प्रेम जोडीहरूको लब लेटर भेटेर बन्दु सरले साथीहरूलाई सजाय दिएको भूलेको थिएन विदुरले । 

टिफिनमा सबै केटीहरू दारे भैयाको ठेला अघि भेटिन्थे, सन्ध्या पनि प्राय सोहि हूलमा हुन्थिन्  । विदुरले पछिबाट हल्का धक्का दिंदै बोलायो संध्यालाई । हाई....बिदुर तिमी ? कता गायब नि क्लास छुट्याएर ? सन्ध्याले सोधिन्  । तिमीलाई कम्ती मिस्स गरेँ ? भन्दै हाँसिन्  । बहिनी तपाईंको आलू निम्की, दारे भैयाले कागजको चम्चा आलू निम्की माथि राखी दिंदै भन्यो सन्ध्याले फ्रकको गोजीबाट ५ रुपैया निकालेर दारे भैयालाई दिंदै बोल्यो अनि सुनाउ न के छ तिम्रो खबर ? सन्ध्या  बिदुरसँग स्कुलतिर लाग्यो । दुवै आ-आफ्नो कक्षा कोठा नपुगेसम्म संगै हिडें  । छुट्ने बेला विदुरले हातमा बोकिरहेको कागजको टुक्रा सन्ध्याको हातमा दिंदै भर्याङ्ग उक्लियो ।  अरुले देख्ला भनेर कागज असजिलो मान्दै गोजीमा हालेर कक्षा तिर लाग्यो सन्ध्या पनि ।  कक्षामा पुग्दा रिता, मन्जिल र जयन्ति गफ्फ गर्दै थिए ! सन्ध्या कागजको बारेमा खुल्दुली लाग्दा लाग्दै पनि उनीहरूको छेउमा हेर्न मुनासिब नलागेकोले नर्मल बनेर बेन्चमा बस्यो ।  छुट्टी पछि बिदुर श्रेष्ट होटलको अगाडी गएर सन्ध्यालाई पर्खेर बस्यो, केहि बेरपछि सन्ध्या आइपुग्यो तर, संध्यासँग रिता पनि थियो भानुचोक सम्म ३ जनासंगै हिड्ने निधो गरेर हिडें । 

रितासँग बिदा भएर सन्ध्या र बिदुर दुवै गफ गर्दै बरगाक्षितिर लागे ।  सडकमा गाडीहरूको आवाज निक्कै चर्कै थियो ।  एक अर्काले बोलेको नसुनिने हुँदा घरि घरि विदुरले सन्ध्याको कान सम्म ओठ पुराउनु पर्थ्यो ।  हिड्दै हिड्दै विदुरले सन्ध्यालाई आफु भर्ति लागेको र आफुले उसलाई मन पराएको सबै कुरो बतायो ।  सन्ध्या अलमल पर्‍याे किन कि उसले त एक असल साथीको नजरले मात्र हेरेकोले झ्वाट्टै निर्णय दिन नसक्ने बतायो । 

विदुरले नर्बस हुँदै भन्यो, सिरयस्ली सन्ध्या मैले तिमीलाई आफ्नो जीवन संगिनी बनाई पुरै जीवन बिताउने परिकल्पना गरिसकेको छु । प्लिज एकपल्ट  राम्रो गरि सोचेर मलाई उतर देऊ ! म भोलि र पर्सि स्कुल आउँछु मात्र तिम्रो लागि नत्र म हिड्न लागेकोले के क्लास लिरहनु, विदुरले भन्यो ।  सन्ध्याले हुन्छ भन्ने संकेत मात्र दिइन् र घर तिर लागिन् । 

भोलि पल्ट सन्ध्या स्कुल पुग्दा बिदुर उसैगरी बरन्डामा उभिरहेको थियो ।  सन्ध्या मुसुक्क हाँसेर ईसाराले विदुरलाई हाइ भन्दै कक्षा कोठातिर लागिन् । 

सन्ध्या ठुलो संकटमा परिन् उसलाई टिफिनमा बाहिर निस्कन पनि मन लागेन क्लासमै बसेर समय बिताईन् ।  बिदुरको समय पनि समय उसैगरी छट्पटीमै बित्यो ।  २ हप्ता भित्र सन्ध्यालाई छाडेर हिड्नु पर्ने बाध्यताको घडी नजिकिंदै थियो । 

छुट्टी पछि विदुरलाई भेटेर चिट्ठी हातमा थमाई दियो अनि लाग्यो चुपचाप गन्तप्यतिर । चिट्ठी पाएर बिदुर बिछटै रमायो । कोठा पुग्नु अगाबै एउटा चमेना गृहमा बसेर चिट्ठी पढ्यो ।

डियर, बिदुर, 

म एकदम अन्योलमा छु, तिम्रो म प्रतिको एकोहोरो प्रेमलाई अस्विकार नगर्न अन्याय होला ठानेर स्वीकार्दै छु  ।  तर, तिम्रो म लाहुरे भएँ भने मात्र मलाई सन्ध्याले स्वीकार्छ भन्ने कुरोले भने धेरै नै दुखि बनायो ।  तिमीले पढाई छाडेर लाहुरे भिड्ने काम मेरै निमित्त गरेको हो भने तिमी एकदम गलत छौ ! अरु नै कुनै मजबुरी छ भने तिमी नै जान ।

मायालाई पैसासँग दाँज्नु हुन् भन्ने मेरो मान्यता हो  ।  अनि पढाईलाई निरन्तरता दिएको भए राम्रो हुनेथ्यो ।  तर, तिम्रो लक्ष र सपना नै लाहुरे हुनु छ भने ठिकै छ । जाउ आफ्नो लक्षलाई छुएर आऊ म तिमीलाई पर्खने छु ।  ल लेख्दा लेख्दै रामायण नै होला जस्तो भो अहिलेलाई बिदा !!
उही सन्ध्या
बरगाक्षी धरान !!

चिट्ठी पढिसकेर खुशी हुँदै घरतिर लाग्यो बिदुर

रातभर निन्द्रा लागेन कतिखेर उज्यालो होला र संध्यासंग भेट्नु भनि कोल्टे फेरिरह्यो, उज्यालो हुनेबेला तिर फुस्स निदायो । उठ्दा निक्कै अबेर भैसकेकोले स्कुल नजाने निर्णय गरि लाग्यो टहल्लं बजारतिर । साँझ संध्यासँग भेटेर चमेना गृह तिर खाजा खान पसे ।  बिदुर सन्ध्यालाई छोटो समयमा भरपुर माया गर्न चाहान्थ्यो, तर सन्ध्या अलिक हिच्किचाउँथ्यो बिदुरसँग हिड्न कहिले कहिँ भन्थी तिमी केटाहरूको त कुनै भरोशा हुन्न भोलि आएर अर्कै केटि पनि बिहे गरि लैजान सक्छौ । 

तर, बिदुर ऊ बाहेक अरु केटि त कल्पना पनि गर्न नसक्ने कुरो गर्थ्यो । 

शनिबार बिहान बिदुर बाईक लिएर बरगाक्षी पुग्यो सन्ध्या पनि सेतो चुरिदार कुर्तामा रातो सल ओढेकी लामो कपाल माथि टिपिक्क बाँधेकी, रातो रातो गालामा हल्का ग्लोज लगाएर सारै राम्री देखिएकी थिइ । ए...ए नो, नो खुट्टा फारेर म जस्तै बस न ? अगाडीबाट बस्न खोज्दै गरेकी सन्ध्यालाई भन्यो । सन्ध्या सर्माउँदै बस्यो । भानु चोक काटेर दुवै लागे उकालो भेडेटारतिर सन्ध्या दुवै हातले ब्याग समाएर बसेकी थिन् ।  फुस्रे काटेर उकालो लगेपछि असजिलो भो तेसैले हल्का आफ्नो हात बिदुरको कुमतिर बढायो ।  लाहुरे लागेर भर्खर आएको एक्सर्साईज पुगेको जवान सरिर छुने बित्तिक्कै सन्ध्याको मन तरंगित भो ।  बिदुर खुशीले गदगद हुँदै थियो ।  बाईकको एैना बाट चिहाई रह्यो सन्ध्याको अनुहार लालुपाते झैं ढकमक्क फूलेको थियो । 

सन्ध्या एकछिन बसौं न ल ? बाईक स्लोउ डाउन गर्दै विदुरले भन्यो, किन थाक्यौ ? हुन्छ थाक्यौ भने बसौं न त तर, कहाँ बस्ने कुनै चिया दोकान पनि छैन सन्ध्याले भनिन् ।  ओह ...माई गड ? तिमी कस्ती लाटी प्रेमिका ...? म तिमीलाई टन्न मान्छे भाको चिया दोकानमा बिसाउँछु ? भन्दै एउटा सितल छाहारिनिर बाईक रोक्यो । 

सन्ध्या लाजले राति भईन् ! बाईकको चाबी औंलामा घुमाउन्दै सन्ध्याको गाला टोक्यो ...तर, एकदम हल्का ..त्यो उनीहरू बिचको पहिलो स्पर्स थियो । लजावती झारझैं सन्ध्याले आफ्नो नजर हल्का झुकायो, विदुरले तान्दै आफ्नो काखमा राख्दै चुम्न थाल्यो निधार, आँखा, गाला अनि ओठमा । सन्ध्यालाई प्रतिकार गर्ने मौकै नदिएपछि सन्ध्याले पनि हल्का अनुमतिको भाब पोख्यो ।  एक अर्कालाई चुम्दै अंगालोमा कस्सिएर बढिरहेको धड्कनलाई सम्हाल्दै ३० मिनट जति बसे । 

माथिबाट बसले हरण बजाउँदै आईरहेको देखेर दुवै उठे, बिदुर बाईकको चाबी घुसार्दै हेल्मेट लगाउन थाल्यो सन्ध्या पनि आफ्नो लुगा मिलाउँदै बाईक चढिन् बाईक फेरि उकालो लाग्यो अघि बिदुरको कुम सम्म छुन अप्ठ्यारो मान्ने सन्ध्याले अहिले बिदुरको कम्मर समाउन थालिसकेको थियो ।  दुबैले कुनै भेडेटार नभएर प्रेमनगरि अथवा कुनै स्वर्गपुरी जाँदै गरेझैं महसुस गरे ।  भेडेटार पुगेर एउटा रेस्टुरेन्टको क्याबिनमा बसे ।  विदुरले बियर पिउँ ल ? भन्दै सन्ध्याको मन चाल्यो ! अम्मामा ...बियर पनि पिउँछौ र ? सन्ध्याले अचम्म हुँदै सोधिन् ।     पिउँदीन तिमीले के भन्छौ भनेर पो त जिस्किंदै भन्यो विदुरले ।  साउनीले भेज मो मो टेबलमा राख्दै पेय पदार्थ केहि दिउँ कि भाई ? भनि सोधिन् । हुन्छ दिदी २ ओटा फ्यान्टा दिनुस न गिलासमा ल बोतलमा पिउन अलिक अप्ठ्यारो लाग्छ विदुरले भन्यो ।

केहीबेरमा पोर्क मो मो पनि आयो, निक्कै पिरो चट्नी  रैछ सन्ध्याको गाला झनै तातिएर रातै देखियो ।  ओह ! मैसापको गाला पाकेको स्याउ जस्तै खाउँ खाउँ लाग्दो भो, विदुरले सन्ध्याको गाला हेर्दै रेला गर्यो ।  उम्ह....चुप ! सन्ध्याले रिसाए झैं गरि । ल ल सरी अब भन्दिन विदुरले सन्ध्याको गाला चिमोट्दै बोल्यो । पल्लो टेबलमा दुईजना भरियाहरूले खाना खाईरहेका थिए, एउटाले सन्ध्या र बिदुरको जोडीलाई रमाईलो मानि मानि हेर्थ्यो । 

खाजा खाईसकेर एकछिन डाँडा घुम्नु चढ्ने दिदी हाम्रो बाईक राखिदिनु सक्नु हुन्छ ? भन्दै विदुरले सोध्यो ।  ए ....भैहाल्छ नी यताको कुइनेटोमा राखेर जानुस न केहि फरक पर्दैन साउनिले भनिन् । 

दुई प्रेमी, प्रेम नगरी भेडेटार पुगेर स्वतन्त्र उड्दै थिए भुर्भुर्र .....परेवा जोडी झैं ! मौसम पनि रमाईलो थियो । 

उनीहरूको स्वागतमा फूलेका लालीगुराँसहरू पनि रोमान्टिक देखिन्थे ।  हात समाएर हिड्दा हिड्दै ईमोस्नल भै घरिघरि बिदुर सन्ध्याको हात दुख्ने गरि चिमोट्थ्याे आईया ......सन्ध्या कराउन्थिन बिदुर बिचरा दुख्यो ? भन्दै उनको गाला तोक्न पुग्थ्यो ।  बेला बेला दुबैको मुटुको धड्कन तेज, तेज बन्थ्यो ।  दुवै उतेजानको चुलीमा पुगेको पल दुबैका हातहरू ओठ र गाला छाडी अन्तै सल्बलाउन्थे । 

जिन्दगीमा पहिलो पल्ट आनन्द महसुस गर्दै थिईन् सन्ध्या, आनन्दलाई झनै आनन्दित बनाउन बिदुरका हातहरू स्वतन्त्र आफ्ना शरिरभरि सल्बलाउन छाडी दिन्थिन् । 

प्रेम जोडीहरूको निम्ती रमाईलो चाल्स डाँडा  उनीहरूको लागि पनि रमाईलो बन्यो । डाँडाको फलैंचामा बसेर धेरै बेर चुम्बन साटिरहे उनीहरूले ।  दिनले बिस्तारै रात तर्फ  पाईला बढौंन थालेको संकेत भएपछि हल्का सन्ध्या अतालिन् तर, बिदुर भने ढुक्क थियो उसलाई त के थियो र पल्टन जाने बेलाको छुट्टी जो मान्दै थियो । 

बिदुर फर्किने दिनको अघिल्लो रात अबेरसम्म बुढो सुब्बा र पंञ्चन्यातिर घुमेर दिन बिताए, लाहुरे लागेको खुशी र सान्ध्यालाई छाडेर जानु पर्दाको दुख मिस्रित रुपमा झल्किन्थ्यो बिदुरको आँखामा । 

ट्रेनिङ्ग सकेर छोटो छुट्टी आउन दिएमा त्यै बेला बिहे गर्ने बाचा सहित आफ्नो प्राण प्यारी सन्ध्यालाई छाडेर बाटो लाग्यो बिदुर ।  बिदुर हिडेपछि सन्ध्याको दिन दुःख शुख बितेपनि रात बिताउन गार्हो भो ।  स्कुलको बरन्डाले अति याद दिलाउन्थ्यो बिदुरको । 

एक दिन अचानक अफिसबाट चिट्ठी आएको खबर आएकोले रमाउँदै सन्ध्या अफिस पुग्यो ! ढोका छेउमै बन्धु सरको टेबल थियो डराई डराई भित्र पस्दै थियो सरले कसको चिट्ठी हो ? भनि सोधी हाल्यो...अह ...हु दाजुको हो सर सन्ध्याले भनिन् ! ल लैजाउ हातमा चिट्ठी दिंदै भन्यो सरले ।  सन्ध्याको हात काँपी रहेको थियो ।  दाजुको चिट्ठी थाप्दा पनि डर लाग्छ ? भनि हाल्यो सरले ।  सन्ध्या झन् रातो भई ।  कक्षामा सर नभएकोले चिट्ठी बोकेर सिधै पाईखानातिर लागिन् । 

मेरी प्राण प्यारी सन्ध्या तिमीलाई यो मनले अपार, असिमित झरना जस्तै बगेरै कहिल्यै नरित्तिने मायाहरू वर्षाई रहेको छ ।  तिमी बिना म अब बाँच्न सक्दिन जस्तै भैरहेछ ।  सायद ! तिमीलाई पनि उस्तै भैरहेको होला ? म आएदेखि अहिले सम्म ट्रेनिङ्ग  थिएँ ।  कुनै चिट्ठी पत्र लेख्न सकिन, क्षमा चाहान्छु  । 

यो बिरानो ठाउँमा तिम्रो सम्झना बाहेक केहि छैन मसँग, हिजो आज त मलाई लाग्न थाल्यो कि जे पनि तिम्रै निम्ती गरिरहेकोछु, तिम्रै निम्ती बाँचीरहेछु । 

अहं....! साँच्ची सुन न ? मलाई ट्रेनिङ्ग पछि छुट्टी नदिने भो अब ब्रिटिशले चाडै हङकङ छाड्दै छ सम्भबत हामी नै होला लास्ट हङकङमा ट्रेनिङ्ग पाउने पल्टन । अब त नयाँ भर्तीहरू डाईरेकट युके लाने कुरो छ ।  म ३ बर्ष पछि छुट्टी आउँदा युकेबाट आउनेछु र तिमीलाई पल्टन पनि युके नै ल्याउनेछु  प्यारी, तिमीलाई धेरै धेरै माया र सम्झाना ।  अहिलेलाई बिदा !

उही तिम्रो राजा
बिदुर बदमास हेहेहे.....!!

हतार हतार चिट्ठी पढिसकेर छातीमा टंसाउदै एक पल्ट चुम्यो अनि मनमनै मुस्कुरायो एक्लै सन्ध्या । सबैभन्दा धेरै खुशी तिमीलाई पल्टन युके लैजाने भन्ने शब्दले दिलायो ।

 चिट्ठी पढेपछि सन्ध्यालाई एक्कासी यति खुशी मिल्यो कि, रगरगमा बिदुरको प्रेम दौडिन थाल्यो ।  लाग्यो संसारमा ऊ जति खुशी सायदै होलान् कोही । 

बिस्तारै बिदुरको पल्टन युके नभएर ब्रुनाई जाने भयो । पहिलो छुट्टी ब्रुनाई बाटै निस्क्यो ।  फुफुको घर काठमाडौँ मै भएकोले एरपोर्टमा लिन पनि फुपु नै आएकी थिइन् ।  सात दोबाटो पुगेर त्यो दिन खाना खाईवरि मनभरी सन्ध्यालाई सम्झंदै बिदुर चाडै आराम गर्न ओछ्यान पस्यो  ।  भोलि पल्ट सन्ध्यालाई फोन गरेर चाँडै धरान आउने खबर दियो अनि लाग्यो केहि नम्बरिहरूको पार्सल पुर्‍याउन । साँझ घर आउँदा धरानबाट बाबा आमा र काकालाई देख्दा बिदुर छक्क पर्यो ।  बाबा, काका र आमालाई ढोग गर्दै सोध्यो होइन तपाईंहरू खबर नै नगरी किन आउनु भएको म त भोलि आउने भनि प्लेनको टिकेट नै लिएर आईसकेको छु ?

उसको कुरो सुनेर फुपु र आमाले हेराहेर गरे, काका र बाबा बोलेनन् । तेरो अनुहार हेर्न मन लागेर आको नि काले किन डराउँछेस ? आमाले भनिन् - एकछिन रमाईलो कुरोकानी भो फ्पुले सबैको लागि स्क्वास पानी बनाउंदै भनिन् आज बेलुकी खाना खाना घट्टे कुलो जाने है मेरो जेठाजुको घरमा बिदुर कतै नजा है आज ? फुपुले सानो तिनो उर्दी नै जारि गरिन् ।

साँझ ५ बजेतिर टेक्सी चढेर बाटो लागे सबैजना, बिदुर काकासँग अगाडिको टेक्सीमा बस्यो बाबा आमा र फुफु एउटा टेक्सीमा, घट्टेकुलो पुग्दा हल्का रिमरिम हुँदै थियो पाहुना जाने घर निक्कै गजबको लाग्यो विदुरलाई ।  पुगेर सिटिङ रुममा बसे सबैजना, फुफुको जेठाजु बुढोले मज्जैले अन्तरबार्ता लियो विदुरलाई पल्टन र जमानाको कुरो गरेर । खानपिन सकेपछि वरपरका अरु पनि केहि भलाद्मीहरू भेला भैहाले बिदुर अझै अन्जान नै थियो । 

बिस्तारै कुरो सुरु भो....बिदुर अचम्भित भो उसलाई त फुपुको जेठाजुको छोरी हेर्न पो लगिएको रहेछ । 

विदुरले म सोचेर भन्छु यो पाली बिहे नगरी जाने मेरो योजना छ त्यसैले प्लिज तपाईंहरू मेरो बिहेको बारेमा चिन्ता नलिनुस भनि सबैको सामु बोले।  उसको कुरो
सुनेर आमाले विदुरलाई एकछिन बाहिर हिड भन्नु भो ..बिदुर आमाको पछि पछि लाग्यो ।  आमाले  कम्पउण्ड छेउ पुगेर गमाला राख्ने पिंढीमा बस्दै कुरो अघि बढाईंन । 

सुन छोरा ! तिमीले मन्दिरालाई बिहे गर्ने पर्छ थाहा छ किन ? अहं ...थाहा छैन आमा किन ? विदुरले सोध्यो ।  तँ भर्ती लगेर गएको साल पोखरामा आउने यारी मन्दिराको मामा हो अरु भए तँ फेल हुने थिइस तर, तेरो फुपू र फुफाजुले पछि आएर तपाईंकै भान्जी मन्लिरालाई बिहे गर्छ उसलाई हेर्नु होला भनेको थियो र तँ भर्ति लागेको हो त्यसैले यो बचन तोड्नु हुन् तैंले हामीलाई गद्दार बनाईस भने जिन्दगीभर म तेरो अनुहार हेर्दिन ।  तर आमा यसरी अचानक ? म कसरि हुन्छ भन्नु त ? भन्दा फरक पर्दैन मन्दिरा सुभानी छ पढे लेखेकी छ । अस्ति भर्खर उसले नर्सिङ्ग सकेर काम पनि गर्न थालेकोछ ऊ मा के कमि छ ? आमा त झन् झन् पो कराउन थालिन् । 

अन्त्यमा विदुरले एकपल्ट म मन्दिरालाई भेटेर कुरो गर्छु भनेर आमालाई भित्र लिएर गयो ।  मन्दिरालाई सिटिंङ रुममा बोलाईयो आमा बाबाको अड्डी अघि बिदुरको प्रेम हार्दै थियो ।  हल्का पहेंलो रंगको कुर्ता लगाएकी थी मन्दिराले, कपाल पछाडी बाँधेकी हेर्दा राम्री नै लाग्यो विदुरलाई तर, सन्ध्याको दाँजोमा भने पुग्न सकेन बिदुरको नजरमा । 
लु ठिक छ हामीले होइन बिहे गर्ने, बिहे गर्ने जोडीलाई पनि एकछिन कुरो गर्न दिउँ ? बिदुरको काकाले यति भनेपछि विदुरलाई बाहिर जान सजिलो भयो । 

बिदुरको पछि पछि मन्दिरालाई पनि पठाई दिईन् फुफुले । बाहिर निस्केर दुवै लजाउँदै एकछिन हेराहेर गरे, कुरो विदुरले नै अघि बढायो ।  मन्दिरा म तपाईंलाई धोकामा राख्न चाहान्न, यस्तो कुरो भोलि थाहा पाउँदा झन् नमिठो लाग्छ बास्तबमै भन्न पर्दा मेरो केटि छ अहिले उसले मलाई पर्खि रहेकी छे  ।  हाम्रो बिचको सम्बन्ध यति गहिरो बनिसकेको छ कि म बिना ऊ र ऊ बिना म रहन सक्ने कल्पना सम्म गर्न सक्दैनौ ।  विदुरले एकतर्फी कुरो राखिसक्दा सम्म पनि मन्दिरा चुपै थिईन् ।  उनी चुप लाग्नुको कारण के हो विदुरलाई थाहा भएन ।  तपाईंले मेरो कुरो सुन्दै हुनुहुन्छ ? विदुरले सोध्यो ! हजुर मात्र भनेर अरु केहि बोलिनन् मन्दिराले । तपाईं के सोंच्दै हुनुहुन्छ त्यो मलाई थाहा छैन तर, मन्दिरा जी म चाँही साँच्ची नै धर्म संकटमा छु ।  मेरो कुरो मैले राखी सकें अब आफै विचार गर्नुस ? यति भनिसकेर बिदुर भित्र पस्यो एकछिन पछि मन्दिरा पनि पस्यो ।  त्यो रात केटा केटिको कुरो केहि नखुलेपछि कुरो स्थगित भो । 

विदुरको धरान चाडो फिर्ने सपना पुरा नभएपछि आमाको ईच्छा पुरा गर्न, बाबा आमा लिएर मनोकामना तिर लाग्यो । सन्ध्या इलाममै थियो ।  उसले फोनमा भनेको थियो अहिले मेरो आई ए पहिलो बर्षको परीक्षा चल्दैछ त्यसैले मेरो परीक्षा सकेर नै भेट्ने  सोहि अनुरुप प्लान बनाईरहेका थिए दुबैले ।  बिदुर साँच्ची नै धर्म संकटमा थियो तर, आफ्नो प्रेमको बलिदान दिनु पर्दैन होला पक्कै कुनै उपया निकाल्ला मन्दिराले ? मन मनै यस्तै सोंच्दै थियो ।  एक्कासी आमाले जा ...जा बिदुर अलिकति फूल अक्षेता किनेर ले त ? घरबाट बोकेकोले अलिक पुग्दैन होला ? भन्दै आमा कराईन्  । 

पूजा सकेर एकछिन घुमे, बाबा बिसन्चो भएकोले बाहिर केहि खाएनन् । घर फिर्दा फुफुले सबै खाना पिना तयार गरिसकेको थियो ।  बेलैमा खाना खाएर फेरि उही बिदुरको बिहेको कुरो उठाउँदै बसे ।  बिदुर बिहे गर्न नमान्नुको कारण बताउन सकिरहेको थिएन कारण बाबा आमा दुवै आफ्नै जात बिहे गर्नु पर्छ भन्ने पुरानो सोंचबाट सचेत हुन सकेका थिएन् । 

रातको पौने ११ बजेतिर घरको लेन लाईन बजेको सुनेपछि फुपु उठेर फोन उठायो, बिदुर चनाखो भयो कतै सन्ध्याले पो गरिन् कि ! हेल्लो हजुर सेवारो के भो किना पो यति राति फोन गर्नु भो दिदी ? यतिनै सुन्यो फुफुको बोलि उताबाट कसले के भन्दै थियो थाहा भएन ।  फोन राखेर बिदुर,बिदुर ? भन्दै फुफु कराईन् ? हजुर फुफु के भो ? बिदुर उठेर सिटिंङ रुम पुग्यो लु एकछिन बाईक निकाल त ? चाबी ऊ त्यहाँ छ झ्वाट्टै न्युरोडमा जाउँ ? बिदुर छक्क पर्यो होइन के भो ? मन्दिरा र दाजुको भनाभन हुँदै थियो रे अचानक दाजु ढल्नु भो रे ! अस्ति पनि ढलेको उफ ...लू केटा छिट्टो गर त ?

फुफूसँग बाईकमा तुफान हस्पिटल पुग्यो बिदुर, बाबाको छेऊ बसेर राेइरहेकी थिईन् मन्दिरा, बुढो मान्छेलाई अक्सिजन लगाई राखेको थियो ! अबको २ घण्टा भित्र अप्रेसन गर्नु पर्छ रे काकी बाबालाई भन्दै गवाँ गवाँ रुईन फेरि मन्दिरा ।  नरुनुस मन्दिरा जी केहि हुन्न बाबालाई अपरेसन पछि ठिक हुन्छ ।  विदुरले भनिन् फुफुले रातिनै अप्रेसन गर्ने अनुमति दिईन् । 

भित्र अप्रेसन चल्दै थियो, बाहिर मन्दिरा आफैलाई अपराधि ठानेर रुईरहिन, बिमारीको अविभाबक को हुनुहुन्छ ? डक्टरले बोलाउनु भएकोछ भन्दै एउटी नर्श बोलाउन आईपुगिन म हुँ भन्दै फुपु नर्शको पछि गईन्  । 

मौका छोपेर विदुरले मन्दिरालाई सोध्यो बास्तबमा के कुरो भएको थियो बाबासँग मन्दिरा जी ? अब तपाईंलाई के ढाँट्नु यो कुरो भोलि बाहिर आउने नै हो आखिर । 

बास्तबमा म पनि चाहान्न हजुरलाई हजुरको प्रेमिकासँग छुटाउन, मलाई राम्रोसँग थाहा छ आफुले चाहेको मान्छे गुमाउनुको पिडा त्यसैले बाबालाई मैले यै कुरो भन्दै थिएँ  ।  म जस्तै विदुरले पनि अरुलाई माया गर्छ र उनीसंगै जीवन बिताउन चाहान्छ  ।  हम....तपाईं पनि अरु कसैलाई .....? बिदुरको बोलि अड्कियो फेरि मन्दिराले नै भनिन् हो म पनि अरु कसैलाई माया गर्छु तर मेरो परिवार त्यो मेरो प्रेमको खिलाप पहाड भै उभेका छन् त्यसैले तपाईँसँग मेरो बिहे होस् भन्ने चाहान्छन् ।  तर किन ? विदुरले सोध्यो हाम्रो जात मिल्दैन त्यसैले ।  बिदुर आवक बन्दै बोल्यो अब के गर्ने त ! प्लिज बिदुरजी मेरो घर परिवार र बाबाको ज्यान जोगाउन पनि मैले यो बिहे स्वीकार्दै छु ।  तपाईँ  पनि स्विकर्नुस हजुरको प्रेमिकालाई भेटेर मै माफी माग्छु र भन्छु केहि बर्ष पर्खिदिनुस मौका मिल्ने बित्तिकै हामी पारपाचुके गर्छौं र तपाईंको प्रेम वापस गरिदिन्छु ।  

यसरि विदुरले बिहे स्वीकार्यो तर, सन्ध्यालाई कहिल्यै भेटेन ।  बिहेको अघिल्लो रात अन्तिम पल्ट फोन गरेर आफ्नो जीवनमा घटेको सबै घटना सुनायो फोन मै सन्ध्या धेरै रुईन, उनको रुवाई रोक्ने हिम्मत भएन बिदुरसँग फोन काटेर आँखा पुछ्दै ओछयानमा पल्टियो । 

ताप्लेजुङ्ग । हालः अक्सफोर्ड, बेलायत