भुइँचालाकोे कथा
मंसिर ६, २०७७

आयो विनाशकारी भूकम्प
लुकेर झुक्याइ आयो,
समस्त नेपालीहरूलाई
पीडा बोकाएर गयो ।
थर्काई आयो सहर र बस्ती
भयानक भित्र डगमगायो धर्ती ।
हल्लिए स्तम्भहरू, झुक्यो नेपाली शिर 
ढल्यो नेपाली शान बोकेको धरहरा,
समान आयो तेरो र मेरो भनेन
७.९ रेक्टरको भूकम्पले अहमता देखाई गयो,
ठूला र साना कसैलाई गनेन
भत्कायो सबै झुप्रा र महल 
सडक र गल्ली केही छानेन ।
लछार्दै पछार्दै, लुट्दै र कुट्दै

छोपो हजारौँ मानव प्राणहरू
अनि पशु र पंक्षी 
बनायो धेरैलाई अङ्गभङग, अपाङ्ग र अशक्त
भनेन वृद्घ बालक र  यौवन 
लग्यो टुटाउँदै नाता अनि छुटाउँदै साथ 
बानइदियो सयौँ आमाका रित्तो काख
पारिदियो टुुहुरा र बेसहारा
आँसुको भेलसँगै
अनि पुछिदियो प्रीतमा गाँसिएको सिन्दुरको 
संस्कार र संस्कृति मस्जिद र मन्दिर
जोगिएन केही,
पल्टिए पहाडहरू थुनियो नदी
बन्द भए बाटा र घाटाहरू
अलपत्र परे नि कठै चिन्तित भई
पटकपटक भूकम्पका झट्काहरूले 
अर्धमरण बनाई गयो
को हो धनी को हो गरिब
एकैचोटि चुकाएर गयो 
बाँचेन पसिनाको आर्जन र भ्रष्टाचारको कमाइ
एकै ठाउँमा मिसाएर लुकाई गयो
हानेन नम्बर जाति र भाषा
छुट्याएन कतै दुश्मन र मित्र
तोकेन कसैलाई वर्ग र ओहोदा
लगेर राखो एउटै छानाभित्र ।
आफ्नो निर्ममता उधारेर देखाउँदै गयो 
नेपाली धर्ती वियोगान्तभित्र मूर्छित भयो । 
अहो ! त्यति मात्र कहाँ हो र ! 
भूकम्पले गोरखा बारपाक केन्द्रविन्दु बनाई
काठमाडौ, नुवाकोट, धादिङ, रसुवा, रामेछाप र काभ्रेलाई, 
बिरुप नै बनायो सिन्धुपाल्चोकलाई सुनसान बनाई
भूकम्पले महान् चाड मनायो । 
खै कस्तो बनी आयो नेपाली सामु
यो बहत्तर साल,
एकपछि अर्को पीडाको बोझ थप्दै 
बनाउँदै बेहाल ।
उता ताप्लेजुङमा पनि गइदियो भीषण पहिरो
गाउँबस्ती छोप्दै बनेर धेरैको काल
हरे हेर्दा हेर्दै भूकम्पले ।
धनजनलाई लुकाई गयो आफूभित्र, 
मानवहरू पनि नतमस्तक भए
देखी प्रकृतिको विचित्र । 

अरुण–५, भोजपुर