म के गरु ?

म के गरु ?

ईश्वरी सत्यम  |  साहित्य  |  मंसिर ६, २०७७

तिमीले माया गरेको देख्दा 
मलाई धेरै धेरै डर लाग्दछ 
तिमीले घृणा गरेको क्षणहरुले ताता ताता 
सम्झना ओकाली रहन्छ 

म सक्दै सक्दिन छुट्टाउन केहि 
माया या घृणा या त हुन् दुबैको मिश्रण
तिता टर्रा रागहरु कुनै बेला बाफिएर झरेका  मैतिर 
ती क्षण अहिले झैँ लाग्छ किन किन 

धेरै बर्ष बितिसके धेरै धेरै पटक सायद 
बृक्षहरुले पहेला पात फ्याकि हरियाली बनिसके 
म भने बिर्सिन नसकी नसकी अतित 
स्थिर भै रहेको छु 
यो मेरो कमजोरी हो या नराम्रो आदत 
जे भयो भयो बिर्सन पर्ने थियो 
समयले टाडा टाडा पुराउदा 
बदलिनु पर्ने थियो 

बेला बखतमा तिमीले निकालेका 
कटुशब्दहरुले मुटु घोचिदिदा   
झन् मेरो मन सशंकित भै दिन्छ 
तब म के गरु ?