सुन तोलामा तीन सयले बढ्यो

सुन तोलामा तीन सयले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ७, २०७७

काठमाडौँ । आज (मंसीर ७ गते आइतबार)  सुनको मूल्य तोलामा तीन सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य स्थिर रही १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।