सरकारी चिकित्सकको आन्दाेलन : १ लाखले पाएनन् उपचार

सरकारी चिकित्सकको आन्दाेलन : १ लाखले पाएनन् उपचार

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडौं । संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भए । यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशतमात्र छ ।

सरकारी चिकित्सकको आकस्मिक बाहेकका सेवा बहिष्कार आन्दोलनका कारण आइतबार पनि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा सेवा प्रभावित भयो । आन्दोलनले देशभर १ लाखभन्दा बढी बिरामी मर्कामा परे पनि सरकारले वार्ताको कुनै पहल गरेको छैन ।

आफूहरूलाई संघअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित चिकित्सकहरू शुक्रबारदेखि अनिश्चितकालीनसेवा बहिष्कारको आन्दोलनमाउत्रिएका हुन् । अध्ययनलगायतका वृत्ति विकास नरोकिनुपर्ने पनि उनीहरूको माग छ । सरकारी चिकित्सक संघ (गोदान) ले देशभर आकस्मिकबाहेकका पूर्वनिर्धारित शल्यक्रिया, विभिन्न विशेषखाले परीक्षणलगायत नभएको जनाएको छ । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।