नेराबैंकले १५ अरब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

नेराबैंकले १५ अरब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ७, २०७७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १४ अरब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूूल  दुई अरब २३ करोड ३२ लाख ९१ रुपैयाँ दिने अवधिको हो । यस्तै १२ अरब ४७ करोड रुपैयाँ कूल १८२ दिनका लागि र ११ करोड रुपैयाँ भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।