मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए

मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ७, २०७७

एजेन्सी । मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना  भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस सङ्क्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ ।  हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ ।

शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना  भाइरसको सङ्क्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।