‘वाई वाई ग्लोकल टिन हिरो नेपाल' का लागि '२० अन्डर २० को सूची' सार्वजनिक

‘वाई वाई ग्लोकल टिन हिरो नेपाल' का लागि  '२० अन्डर २० को सूची' सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ८, २०७७

ललितपुर। सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फतका आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको जानकारी दिइएको छ । 

ग्लोकल प्रा. लि. का अनुसार  यसअघि आवेदनको अन्तिम मिती नोवेम्बर १४ लाई  तोकिएको र आवेदनको समय समाप्त भएपछी प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको  हाे ।  जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपाल' को यो छैठौं संस्करणकाे आयोजना गरिएको हो । २० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरुको यस बर्षको ग्लोकल २० अण्डर २० को सुची सार्वजनिक गरिएको छ  जनाइएकाे छ । आयाेजकका अनुसार हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत गरिने र  सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम समेत  घोषणा गरिनेछ ।

ग्लोकल प्रा ली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट किशोरकिशोरीहरुको सूची सार्वजनिक गरिएको हो । ती किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्दै यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको समेत ग्लोकल प्रा. लि.ले जनाएकाे  छ ।

ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ -'नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यी प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन ।  यद्यपी समाज तथा राष्ट्रलाई टेवा पुर्‍याइरहेका यीनै जाज्वल्यमान प्रतिभाशाली  किशोर किशोरिहरुलाई पहिचन गराउन पाउँदा हामी गर्व गर्दछौ ।'

देशभरिबाट आएको ६०४ं आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । 

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन संघसंस्थाहरु शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, Valuable पार्टनरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पञ्चकन्या, डोल्मा, डिश होम, फाइबरनेट, ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, Education पार्टनरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, PR Partner: V - Chitra र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो , युवा, नेपाल युवा परिषद, PR Partner: V - Chitra  रहनु हुने समेत आयोजकले जानकारी दिइएको छ ।