लगातार चौथो पटक पनि विप्रेषण कारोबारमा आइएमईलाई सम्मान

लगातार चौथो  पटक पनि विप्रेषण कारोबारमा आइएमईलाई सम्मान

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ८, २०७७

काठमाडौंँ।  आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको जानकारी दिइएको  छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल  आइएमई रेमिट जनाएकाे छ ।

विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो । श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा वीस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था रहकाे पनि बताइएकाे छ  ।   

आइएमई ग्रुपका अनुसार आइएमई लिमिटेड आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु: ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।