पृथ्वी लगायत सम्पूर्ण सौर्यमण्डल नै नष्ट हुन्छ ! सर्वसाधारणले थाहै नपाइ मर्न पाउनु पर्छ !!

विज्ञान कथा भाग -५

पृथ्वी लगायत सम्पूर्ण सौर्यमण्डल नै नष्ट हुन्छ ! सर्वसाधारणले थाहै नपाइ मर्न पाउनु पर्छ !!

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  मंसिर ८, २०७७

 गताङ्कबाट निरन्तर

ज्ञानमित्र- मित्र, यसमा तपाईंले लाज मान्नु पर्ने कुनै कुरा छैन । श्रेष्ठताको अवगुण नै यही हो उसले आफ्नो समस्याको निदान बुद्धिको साटो बलले गर्न थाल्छ । कमजोर पृथ्वीबासीले आफ्नो सूर्यको रक्षा गर्न सक्दैन्। उनीहरुको सूर्य चोरेर ल्याउ, तिनीहरुसँग हामीलाई रोक्न सक्ने क्षमता छैन । श्रेष्ठताको यही दम्भले तपाईँका ग्रहबासीलाई आफ्नो 'रेड  जायन्ट' अवस्था नजिक पुगेको  सूर्यलाई नष्ट गरेर नयाँ सूर्य बनाएर आफ्नो ग्रह एवम् सौर्यमण्डललाई जोगाउने रचनात्मक आइडिया आएन । आइडिया भष्मासुर पाराको मात्रै आयो । 'एनीवे ,बट नाउ आई मिस माई कफी’, जीवेन्द्र दाई  चिया कफी केही मगाउँनुस ।

जिवेन्द्र-उहाँहरुले नचाहे सम्म सम्भव छैन । हामी उहाँहरुको कैदमा छौं । गएको २ घण्टादेखि  २० किमीको क्षेत्रमा विद्युत र इन्टरनेट पनि उहाँहरुले बाधित बनाउनु भएको छ । मलाई फोन प्रयोग गर्ने, कोठाबाट बाहिर जाने अनुमति छैन । बाहिरको कसैलाई कोठामा प्रवेश गर्ने अनुमति पनि छैन ।

ज्ञानमित्र -‘ओह  माइ डियर कसमसमेट’!  तपाईंहरु कमिला मार्न अणु बम प्रयोग गर्नु हुँदो रहेछ , खुशी लाग्यो ।

आगन्तुक - ‘दिस इज सेकेण्ड सुपर पन्च फर अस’ साच्चै हाम्रो उन्नत विज्ञानका सामु पृथ्वीबासी कमिला जति पनि होइनन् । सम्पादक ज्यूसँग हामीले गरेको व्यवहार ‘रियली’ कमिला मार्न अणुबम प्रयोग गरे जस्तै भयो । म लज्जित छु।  

(आफ्नो साथीसँग बिजुली र इन्टरनेट सेवा सुचारु गरिदिन भन्दै) मलाई क्षमा गर्नुहोला । तपाईहरु दुबैजना कैदमा होइन । बरु भन्नुस तपाईं कुन कफी खानुहुन्छ, म यही जुन पनि कफी बनाई दिन्छु ।

ज्ञानमित्र - ‘यू मीन  वाइ योर एड्भान्स  साइन्स , यू क्यान प्रोड्यूस कफी इन  स्पेस' ।

आगन्तुक - ‘अफकोर्स वी क्यान डिड इट' ।

ज्ञानमित्र - तपाईँले हावामा हावाद्वारा बनाइएको कफी पनि खाँउला । तर अहिले मलाई अन्तै कतै गएर कफी पिउने मूड छ । हामी अन्तै कतै गए हुन्न ?

आगन्तुक - मलाई विश्वास भइसक्यो, तपाईँलाई भेटेपछि अब हामीलाई केही  अप्ठेरो  पर्दैन । त्यसैले तपाईंले इच्छाएको  संसारको कुनै कुनै पनि  ठाँउ हामी जान सक्छौं ।

ज्ञानमित्र - मलाई पृथ्वी बाहिर कही  कतै कफी पाउने  ठाँउबारे ज्ञान छैन, नभए तपाईहरुको कृपाले त्यहाँ पुगेर कफी खाइन्थ्यो । पृथ्वी  कै कुनै कफी शपमा जाने बाहेक अन्य केही विकल्प छैन । ठाँउ 'च्वाइस' गर्ने जिम्मा जिवेन्द्र दाईलाई नै दिउँ ।

आउने मन त छ नि ! तर के गर्ने... ? तर  उनको  अर्को वाक्य भने  काठमाडौँको घरमा सुनियो ‘व्हाट दिस हेल,’ म सेकेण्डमै कसरी काठमाडौंको घरमा आईपुगेँ । यो सब के हो ड्याडी ?

आगन्तुक - तपाईँ  इच्छा गर्नु हुन्छ भने चन्द्रमामै जाउ, कफीको के कुरा तपाईँले चाहेको कुरा म चन्द्रमा कै आकाशमा बनाई दिन्छु।

ज्ञानमित्र - तर चन्द्रमामा जान 'स्पेस' सूट' -अक्सीजन आदि कुरा चाहिएलान नि !

आगन्तुक - यी  पृथ्वीको विज्ञानलाई चाहिने कुरा हुन्।

ज्ञानमित्र - मतलब तपाईंसँग चन्द्रमामा जाने हो भने मलाई 'स्पेस सूट' चाहिदैन ,अक्सीजन बोक्नु पर्दैन  ?

आगन्तुक - हो, तर यसका लागि मैले तपाईको शरीरका 'सेल'मा रहेको एउटा 'क्वालिटी बूस्ट' गर्नु पर्छ।  यो भए पछि वातावरण -अक्सीजन- चिसो -ताताेको कुनै प्रभाव हुँदैन।

ज्ञानमित्र - मनुष्य शरीरमा त्यस्तो क्षमता पनि छ ?

आगन्तुक- यो त के नै ठूलो कुरा हो।  मानिस शरीर र मस्तिष्कमा ब्रह्माण्डका सबै क्षमता छन् ।  तपाईँले महाअवतार बाबा , बंगालका सूर्य किरणबाट सबै कुरा बनाउन सक्ने गन्धी स्वामी लगायतका अनेको चर्चा सुन्नु नै भएको होला।

ज्ञानमित्र - महाअवतार बाबा साँच्चैमा हुनुहुन्छ ? हिमालयका योगी साँच्चै अजम्बरी हुन्छन् ??

आगन्तुक -  'दैट्स आई डोंन्ट नो। तर यिनका बारेमा प्रचलित सबै कुरा भने ठीक हुन।  मानिसको मस्तिष्क र शरीरसँग सबै कुरा गर्न सक्ने सामर्थ्य छ। तपाईँले ब्रह्माण्ड उत्पत्ति बारेको वैदिक विश्लेषण पढ्नु नै भएको छ जहाँ मनस तत्वलाई 'क्वान्टम फ्लैक्चुएसन' भन्दा पनि पहिलाको तत्व भनिएको छ।  सूर्य उत्पत्ति हुनुभन्दा पहिलाका अनेको रश्मि बारे भनिएको  छ।  

ज्ञानमित्र -  'ओह, थैंक्स आई अंडरस्टैन्ड'। ल जिवेन्द्र दाई भन्नुस, जाने हो त चन्द्रमा  घुम्न ?

 जिवेन्द्र - जान त  मलाई अमेरिका मन थियो, तर  डर छ  अमेरिकामा उहाँहरु बेपत्ता हुनभयो भने हामी फर्किन पाँउदैनौं ।(सबैजना हाँसे)

ज्ञानमित्र - ओके,  त्यसो भए हामी ठमेल जान्छौं । (आगन्तुकतिर हेर्दै), हामी ट्याक्सी प्रयोग गरी ठमेल जान्छौं।  तपाईंहरुको प्रविधिबाट हामी गयौं भने पुगेको ठाँउमा अनावश्यक ‘टेरर’  हुन्छ ।

आगन्तुक -  'यू आर राइट, आइ एग्री विद यू' । तर मलाई बडो अचम्म लागि रहेको छ तपाईँलाई हामीसँग ‘हाइएर डाइमेन्सन’बाट यात्रा गर्ने कौतुहलले लोभ्याएन । यति ठूलो अवसरमा पनि तपाईंले बुद्धि र विवेकबाटै काम लिनु भयो ।

ज्ञानमित्र -  मलाई पूर्ण विश्वास छ घटीमा सात दिन तपाईंहरु मसँग रहनु हुन्छ । ‘हाइएर डाइमेन्सन’ बाट यात्राको चाहना  पछि  पुरा गरौंला, हुन्न र ?

आगन्तुक - ‘यू र स्यो स्योर फर सेभेन डेज,’ हाउ एण्ड व्हाई  ?

ज्ञानमित्र— तपाईँहरुले आफ्नो अभियान सुटुक्क गर्ने भएको भए जिवेन्द्र दाईलाई भेट्न आउनु हुन्थेन । तपाईँकोे प्लान पृथ्वीबासीलाई खबरदारी गरेर ‘रोक्न सक्छौ भने रोक’ घोषणा गरी 'किडन्यापिङ' गर्ने हो । तपाईंहरु पृथ्वीबासीलाई घटीमा सात दिनको समय त दिनु नै हुन्छ  होला , होइन र?

आगन्तुक - (आफ्नो साथीसँग) ‘ही रियली थिन्कस डिफरेन्ट, डु नट यू फाउण्ड हिज थिंकिंङ  स्टाइल इज लाइक अवर हेनरी’ ?
दोस्रो आगन्तुक - ‘या या, हिज थिंकिंङ  पैटर्न इज सिम्पली लाइक हेनरी’।

ज्ञानमित्र -  यो हेनरी को हो ?

आगन्तुक— उनी हाम्रो ग्रहका सर्वोच्च ‘इनर्जी साइन्टिस्ट’ हुन । उनी नै यस अभियानका सर्वोच्च कमाण्डर हुन।
                      ठमेलको गार्डेन रेस्टुरेन्टमा कफी पिउँदै

जिवेन्द्र - तपाईंलाई के लाग्छ कविज्यू, उहाँहरु आफ्नो प्लानमा सफल बन्नु हुन्छ ?

ज्ञानमित्र - दाई उहाँहरुको टेक्नोलोजी हाम्रा साइन्स फिक्सन सिनेमा भन्दा पनि धेरै उन्नत  छ । पृथ्वीको सम्पूर्ण शक्ति लाएर पनि हामी उहाँहरुलाई रोक्न सक्दैनौं, सूर्यको सुरक्षा गर्न सक्दैनौं ।

जिवेन्द्र- त्यसो भए अब हाम्रो जीवन समाप्त हुन्छ !

ज्ञानमित्र - हाम्रो मात्रै होइन दाई, पृथ्वी लगायत सम्पूर्ण सौर्यमण्डल नै नष्ट हुन्छ ।

जिवेन्द्र -  सबैजना एक चिहान...............

ज्ञानमित्र -  (आगन्तुकसँग) म तपाईंहरुलाई मिसन पूरा नहुन्जेल आफ्नो ‘गेष्ट’ बन्ने ‘अफर’ गर्छु । तपाईंहरु तीनैजना मसँग बस्न सक्नु हुन्छ ।

आगन्तुक - हामीलाई कहीँ बसे पनि केही फरक पर्दैन। तपाईंसँग बस्दा रमाईलो नै हुन्छ । ‘बट बेटर वी  क्यान गो इन एनी होटल दैन योर होम’ ।

जिवेन्द्र - बस्नलाई मेरो घर पनि पर्याप्त हुन्छ । म र मेरो श्रीमती बाहेक अरु कोही छैन ।

ज्ञानमित्र - ल त्यसो  भए आजको राति जिवेन्द्र दाईको घरमै बसौं ।

आगन्तुक - 'ओके , नो प्रॉब्लम।  ‘सो ह्वाट यू थिङक  ज्ञानमित्र, हाउ क्यान वी इन्फर्म टू अर्थ पावर एबाउट अवर मिशन’ ?

ज्ञानमित्र - म पृथ्वीका सर्वसाधारण बीच  ‘टेरर’ फैलाउने काममा सहमति राख्दिन । सर्वसाधारणले थाहै नपाइ मर्न पाउनु पर्छ  ।

आगन्तुक - तर हामी पृथ्वीका सबै शक्तिलाई ‘इन्फर्म’ गर्न चाहान्छौं, उनीहरु सक्छन भने हामीलाई रोक्ने प्रयास गरुन ।

ज्ञानमित्र - मेरो विचारमा चीन,अमेरिका, रूस र भारतका राष्ट्रप्रमुखलाई सूचना दिए पुग्छ । ‘पब्लिकली  एनाउन्समेन्ट’को कुनै अर्थ छैन ।

आगन्तुक - 'ओके, दिस इज गुड आइडिया । विल यू गो  विद अस टु इन्फर्म दीज कन्ट्रीज’ ?

ज्ञानमित्र - ‘स्योर आई विल’, तर अहिले जिवेन्द्र दाईको घर जाऔं । त्यहीँ बसेर प्लानिङ गरौला  ।  जीवेन्द्र दाईको घरमा। उहाँ भाउजुसँग सबैको परिचय गराउनु हुन्छ।

 जिवेन्द्र - 'ज्ञानमित्रलाई त तिमी चिन्छौ नै, उहाँहरु मेरो नयाँ साथीहरु हुनुहुन्छ'  जिवेन्द्र दाईले भाउजूसँग सबैको परिचय गराउँदै
भन्नु भयो ।

भाउजू - यहाँहरु सबैजनालाई  मेरो नमस्कार ! के म चिया बनाउँ ?

ज्ञानमित्र -  भाउजू हामी जम्मा ६ जना भए पनि चिया दस कप जति पकाउनुस । आज तपाईंले पकाएको चिया तपाईंका अमेरिकामा रहेका छोरा बुहारीलाई पनि ख्वाउने हो ।

जिवेन्द्र - हो बुढी, तिमी भन्ने गर्थ्यौ नि  इन्टरनेटमा अनुहार हेर्दै बोल्न पाए जसरी  पकाएको कुरा पनि पुग्ने भए क्या गज्जब  हुन्थ्यो । आज तिमीले पकाएको चिया अमेरिका पुग्छ ।

भाउजू - के जिस्कीरहेको होला  (भन्दै भाउजू चिया पकाउन जानु भयो )।

जिवेन्द्र - (आगन्तुकसँग) हाम्रो छोरा बुहारीहरु अमेरिकामा छन् । श्रीमतीजीले ऊनीहरुलाई साह्रै 'मिस' गर्छिन ।

आगन्तुक -  हामी उनीहरुलाई यही ल्याई दिन्छौं, हुन्न र ?

जिवेन्द्र -  के यो सम्भव हुन सक्छ ?

आगन्तुक - तपाईं उसलाई इन्टरनेट कल गर्नुुस त, बाँकी काम हाम्रो जिम्मा ।

जिवेन्द्रले मोवाइलबाट छोरालाई ‘कल’ गर्नुभयो, आगन्तुक मध्येको एकजनाले आफ्नो कम्प्यूटर खोलेर गतिविधि गर्न थाल्यौं ।

जिवेन्द्र- (छोरासँग) आज घरमा केही साथीहरु आउनुभएको छ, हामी  चिया खान लागेको । चिया खान आउने हो ?

छोरा - आउने मन त छ नि ! तर के गर्ने... ? तर  उनको  अर्को वाक्य भने  काठमाडौँको घरमा सुनियो ‘व्हाट दिस हेल,’ म सेकेण्डमै कसरी काठमाडौंको घरमा आईपुगेँ । यो सब के हो ड्याडी ?

ज्ञानमित्र -  ‘रिलैक्स डियर’ तिमीलाई 'टेलिपोर्ट' गरेर ल्याएको हो, चिया खाए पश्चात फेरी अमेरिका पुर्‍याइ दिन्छौं ।

छोरा- यो सब के भएको ? 'टेलिपोर्ट' पनि सम्भव भएको छ र ? मैले त केही बुझिन ।

आगन्तुक -  ‘नट नीड टु अन्डरस्टैण्ड  माई डियर , एन्ज्वय योर मदरल्याण्ड एण्ड होम’।

 भाउजू चिया लिएर आउनु भयो , छोरालाई हेर्नसाथ तीन छक्क पर्नु भयो - होइन यो कसरी आई पुग्यो ?

जिवेन्द्र -  तिमीले पकाएको चिया पठाउनु सट्टा उहाँहरुले तिम्रो छोरालाई नै यहीँ ल्याई दिनु भयो । लौ साथी हो चिया लिउ ।

भाउजू -  तपाईंलाई के भएको हो ? अमेरिकामा भएको छोरो ५ मिनेट मै नेपालमा आईपुग्छ र ??

छोरा -  हो ममी,  म अमेरिकामा  आफ्नो घरको बैठक कोठामा बसेर  ड्याडीसँग ‘भिडियो कलिङ’मा कुरा गर्दै थिएँ । ५ मिनेट होइन, १ सेकेण्ड भित्रै मैले आँफूलाई यहाँ पाए ।

भाउजू -  त्यसो भए के मलाई छोरासँगै तु का तु अमेरिका पठाउन सकिन्छ ?

ज्ञानमित्र - हो भाउजू, मैले यही जान्न खोजेको थिँए।  के तपाईं अमेरिका जान चाहनु हुन्छ ? तपाईंको सहमति भए छोरा सहित तपाईंलाई अहिले नै अमेरिका पठाई दिन्छौं ।

भाउजू -  अनि दाईलाई  नि ?

जिवेन्द्र -  म मर्ने बेलामा नेपाल छाडि अन्त  कतै जान्न । नेपालमै मर्छु ।

भाउजू - के नचााहिने कुरा गरेको होला ! होइन,  आज तपाईंलाई के भएको हो , आए देखि उटपट्याँग कुरा गरि राख्नु भएको छ ।

ज्ञानमित्र - भाउजू दाईलाई केही भएको छैन, हामी एउटा अभियानमा छौं । तपाईंले अमेरिका गए राम्रो हुन्छ । आवश्यक पर्दा दाईलाई अमेरिका अथवा तपाईंहरुलाई नेपाल ल्याउँछौं । बरु तपाईं २-३ जोर लुगा प्याक गर्नुस ।

भाउजू -  अनि घरमा आएका पाहुनालाई खाना न ख्वाई म कसरी जान सक्छु ?

आगन्तुक -  तपाईंले त्यसको चिन्ता लिनु पर्दैन । खाना एक मिनेटमै तैयार हुन्छ । तपाईं लुगा प्याक गर्दै गर्नुस, म र ज्ञानमित्र खाना तैयार गर्छौ ।

भाउजू -  (कोठाबाट बाहिरिदैँ) होइन चाउ चाउ उसिन्न त विज्ञापनमा २ मिनेट लाग्ने भन्छन्, उहाँहरुले १ मिनेटमा के पकाउने होला?

जिवेन्द्र - (छोरासँग) बाबु गएर ममीलाई सघाउ, के के लानु पर्छ, हेरी देउ ।छोेरा कोठाबाट बाहिरिन्छ ।  गजब गर्नु भयो कविज्यू, भाउजूलाई अमेरिका पठाइदिदाँ मलाई हलुको भयो । यिनीहरुलाई सबै कुराको जानकारी किन दिनु ? मर्ने दिनसम्म आनन्दले बाँचुन न !

ज्ञानमित्र - दाइलाई एक्लै अत्यास लाग्दैन, काल नजिकिदै जाँदा ?

जिवेन्द्र -  म अब अन्तिमसम्म तपाईंहरु सँगै बस्छु ।

आगन्तुकले हावाबाटै सुनको डाइनिङ टेबल तयार गरेर सुनकै भाँडामा नेपाली खाना तैयार गरे । सबैजनाले खाना खाए । भोजन पश्चात भाउजू र छोरालाई आगन्तुकले अमेरिका पुर्‍याइदिए ।

आगन्तुक -  त्यसो भए तपाईं जिवेन्द्रजीको अनलाइनमा हाम्रो योजनाबारे समाचार दिन चाहनुहुन्न । कुनै अर्को योजना छ तपाईंसँग ज्ञानमित्र ?

ज्ञानमित्र - तपाईंहरुको पृथ्वीका  समस्त शक्तिशाली राष्ट्रलाई ‘इन्फर्म’ गर्ने काम म एक घण्टामा पूरा गरी दिन्छु, तपाईंहरुले हतारिनु पर्दैन । त्यो भन्दा पहिला १- २ प्याग विहस्की खाए हुन्थयो,  कि कसोे जिवेन्द्र दाई ?

जिवेन्द्र -  हिजो नै एकजना भाईले ब्लैक लेबल ल्याइदिएका थिए, मरी लानु के छ र ? खाई दिउँ भन्दै उहाँ ब्लैक लेबल ल्याउन जानु भयो ।

आगन्तुक— के छ तपाईंको योजना  ज्ञानमित्र ?

ज्ञानमित्र -  योजना त तपाईंहरुले सूर्य लगे पनि पृथ्वीलाई जोगाउने हो , हेरौं के हुन्छ ?

आगन्तुक - ‘डोन्ट टाक लाइक स्टुपिड । डु यू नो व्हाट  यू मीन सर्भाइल अफ अर्थ विदआउट सन' !?

याे पनि 

नेपाली सम्पादक एलियनको घेराबन्दीमा

तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए

‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की  एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल'

‘ओह माई डियर कसमसमेट': तपाईँहरू कमिला मार्न अणु बम प्रयोग गर्नु हुँदो रहेछ !