बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडौं । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ ।