सुनको मूल्य  एक हजार ८०० रुपैयाँले घट्याे

सुनको मूल्य  एक हजार ८०० रुपैयाँले घट्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ९, २०७७

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक हजार ८०० रुपैयाँले ओरालो लागेको हो । 

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ३० रुपैयाँले ओरालो लागेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।