‘खै कुरा बुझेको ?’हास्य टेलिसिनेमा डिशहोम रियालिटी टिभी च्यानलमा  प्रशारण हुदै

‘खै कुरा बुझेको ?’हास्य टेलिसिनेमा डिशहोम रियालिटी टिभी च्यानलमा  प्रशारण हुदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ९, २०७७

काठमाडौँ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधवार राति ८:३० बजे प्रसारण हुने भएको छ ।

विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको रहेको छ । 

‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरूमा शीतल केसी, श्याम राई, युग ज्योति क्रियाशील, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दीपेश बन्जारा, सागर गिरी, सागर बस्नेत र समीर जोशी लगायतको बडो गजबको अभिनय रहेको छ ।

यस कार्यक्रम शृङ्खलाकाका निर्देशन निर्देशक वाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । टेलिसिनेमाको छायाङ्कन दिलीप विष्टले गरेका हुन् भने सम्पादनमा सुनिल श्रेष्ठको रहेको छ ।  

मुलुकका सहरदेखि अति विकट स्थानमा बसोबास गर्ने नेपाली जनमानसहरूको मनमनमा डिसहोम टेलिसिनेमाहरु अत्यन्तै सफल र फलदायकको रुपमा सावित भइसकेको सर्वविदितै छ ।

सञ्चारका पहुँच नपुगेका दूर दराजका ग्राहकहरूले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली मनोरञ्जनमूलक कार्यक्रमहरू डिसहोमको आफ्नै च्यानेलहरुमार्फत छानाछानी नयाँ नयाँ सजिलै हेर्न पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।