हत्याका अभियुक्त पक्राउ

हत्याका अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर ९, २०७७

राैतहट । वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई
व्यक्ति हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

यी दुई व्यक्तिले अत्यधिक मदिरा सेवन गरी सोही ठाउँका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिट गर्दै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको थियो । घाइते पासवानलाई तत्काल एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको गए राति ८ः१५ बजे अस्पतालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा दुबै अभियुक्तलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

अभियुक्त दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।