राशिदा खातुनहरुकाे सपना र म्यानमारमा दोस्रो पटक बहुमत सहित सत्ताराेहण सुकीको पार्टी

राशिदा खातुनहरुकाे सपना र म्यानमारमा दोस्रो पटक बहुमत सहित सत्ताराेहण सुकीको पार्टी

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १०, २०७७

म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी पुनः एक पटक प्रचण्ड बहुमत सहित सत्तामा पुगेको छ । म्यानमारमा सुकीले प्रजातन्त्रका लागि लामो सङ्घर्ष गरे पनि उनको सङ्घर्षबाट आएको प्रजातान्त्रिक व्यवस्था अल्पसङ्ख्यक रोहिंग्याका लागि आएको थिएन । 

सुकीको पार्टी सत्तामा हुँदा रखाइन राज्यका लाखौँ रोहिंग्याले राज्यबाट चरम दमन खेप्दै देश छाड्न समेत बाध्य पारिएको थियो । आफ्नो ज्यान बचाउनका लागि म्यानमार छाडेका रोहिंग्याहरुको जीवन शरणार्थी शिविरहरूमा कष्टकर रुपमा बितिरहेको छ । 

आफ्नो देशबाट क्रूरतापूर्ण लखेटिएका रोहिग्याहरु बसिरहेको बङ्गलादेशको कक्स बजारमा हिंसा, लागूपदार्थ सेवन र मानव तस्करी बढ्दा उनीहरू पुनः जोखिममा परिरहेका छन् । यो विश्वकै ठुलो शरणार्थी शिविर पनि हो । 

बङ्गलादेश सरकारले रोहिंग्या शरणार्थीको इच्छाविपरित हजारौँ शरणार्थीलाई त्यहाँबाट धेरै टाढाको टापु भासन चर पठाउन थालेको छ । सो टापुमा पुर्‍याइएपछि रोहिंग्याहरु दोधारमा बाँच्न बाध्य छन् । कतिपयलाई जबरजस्ती त्यहाँ लगिदा आफ्ना सन्तानबाट समेत अलग्गिनुपरेको पिडा छ । यसरी नै अलग्गिएकीमध्ये एक हुन राशिदा खातुन । ५५ बर्सिया खातुनले आफ्ना सन्तानबारे केही थाहा नपाएको ६ महिना पुगी सकेको छ । गत फेब्रुअरीमा उनका छोराछोरी भविष्यको खोजीमा जोखिमपूर्ण यात्रामा निस्किएका थिए । उनकी १७ बर्सिया छोरी र २२ वर्षीय छोरा अन्य रोहिंग्यासहित माछा मार्ने डुङ्गामा मलेसिया जान १० दिने यात्रामा निस्किएका थिए । 

बस्तीहरूमा आगो लगायो भने महिलामाथि जबरजस्ती बलात्का र हत्याका शृङ्खला नै चले । सेनाले गाउँमा गरेको अत्याचारपछि रोहिंग्या मुस्लिम समुदायका जनताहरू आन्तरिक र बाह्य शरणार्थीका रुपमा जीवन बिताउन बाध्य बनाइएका छन् । यही परिस्थितिमा आङ सान सुकीको पार्टी पुनः म्यानमारको सत्तामा पुगेको छ । प्रजातन्त्रका लागि लामो सङ्घर्ष गरेकी सुकी सत्तामा हुँदा उनले नै पाएको नोबेल शान्ति पुरस्कारले उनलाई नै गिज्याइरहेको छ । दोस्रो पटक सत्ताको बागडोर सम्हाल्न लागेकी सुकीले रोहिंग्या सङ्कट समाधानका लागि खेल्ने भूमिकालाई विश्वले चासोपूर्वक हेरिरहको छ । 

बाँस र प्लास्टिकबाट बनेको अस्थायी घरमा बसिरहेकी उनी सन् २०१७ मा म्यानमारको सेनाले घर जलाइदिएपछि परिवारसहित म्यानमार छाडेर बङ्गलादेश आएकी हुन् । 
तीन वर्षअघि म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि भीषण दमन गरेको थियो । सेनाको कारबाहीमा करिब १० हजारले ज्यान गुमाएका थिए भने ७ लाखभन्दा बढी शरणार्थी भएर बङ्गलादेश आइपुगेका थिए । 

संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगले सो घटना ‘जातीय नरसंहार’ भएको बताउँदै आएको छ । विस्थापित भएको लामो समयपछि पनि उनीहरू स्वदेश फर्किन पाएका छैनन् । बङ्गलादेश र म्यानमार सरकारबिच उनीहरूलाई स्वदेश फर्काउने सहमति भए पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेन । त्यसैले अब रोहिंग्या मुस्लिम समुदायका धेरै युवा युवतीहरू अवसरको खोजीमा विभिन्न स्थानमा पुग्न थालेका छन् । 

त्यसरी जानेमध्ये कतिपय त विवाह गर्नका लागि समेत जाने गरेका छन् । खातपनकी छोरी पनि विवाहका लागि मलेसिया गएकी हुन् भने छोरा रोजगारीको आशामा त्यता लागे । डुङ्गामा जोखिमपूर्ण यात्रा गर्दै उनीहरू मलेसियासम्म जाने निर्णयमा पुगेका हुन् । उनीहरू १० दिनको यात्रापछि मलेसियाको तटीय क्षेत्र देखे पनि उनीहरूको डुङ्गालाई त्यहाँको जल सेनाले मलेसिया प्रवेश गर्न दिएन र एक महिनासम्म अण्डमान सागरमा घुमिरह्यो ।

त्यसपछि स्थानीय सञ्चारमाध्यम र मानवअधिकारवादी समूहहरूको दबाबमा बङ्गलादेशको तट रक्षक दलले हस्तक्षेप ग¥यो । मलेसियामा प्रवेश गर्न नपाएका अन्य सयौँ शरणार्थीसँगै खातुनका छोराछोरीलाई पनि कक्स बजारस्थित शिविरमा आउन नदिई बङ्गालको खाडीमा रहेको भासन चर टापुमा लगियो । करिब २० वर्षअघि पत्ता लागेको यो टापु बङ्गलादेशको तटबाट करिब ६० किलोमिटर टाढा छ । 

हिमालय क्षेत्रबाट नदीले बगाउँदै ल्याएको माटो र बालुवाबाट बनेको यो टापु समुद्र सतहबाट दुई मिटरभन्दा पनि कम उचाइमा छ । बङ्गलादेशले एक लाख शरणार्थी राख्नका लागि तीन वर्षदेखि ३५० मिलियन डलरको लागतमा यो टापुमा सहर बनाइरहेको छ । 

कक्स बजार असुरक्षित भएको भन्दै बङ्गलादेशले यो टापुमा रोहिंग्यालाई सार्ने योजनाको बचाउ गर्दै आएको छ । गत वर्ष राष्ट्र सङ्घको महासभामा उनले रोहिंग्या समस्या क्षेत्रीय खतरा बनेको बताएकी थिइन् । बङ्गलादेशले जबरजस्ती रोहिंग्यालाई लगेको भासन चर उनीहरूका लागि ‘जेल’  बताउँदै आएका छन् । त्यहाँबाट कसैलाई पनि अन्यत्रजान दिइँदैन । त्यहाँ पुर्‍याइएका ३०६ जना शरणार्थीमध्ये अधिकांश महिला र बालबालिका छन् । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले इच्छा विपरीत शरणार्थीहरूलाई भासन चर लान बन्द गर्न दबाब दिएपछि बङ्गलादेश सरकार सो स्थान फराकिलो र कक्स बजारको शिविरभन्दा आधुनिक तथा सुविधा भएको भन्दै प्रचार गरेर  रोहिंग्याहरुलाई लोभ्याइरहेको छ । त्यहाँ सयौँ रातो छाना भएका घरहरू बनाइएको छ । तर तीमध्ये अधिकांश घरहरू खाली छन् । यो टापुमा जान अहिलेसम्म संयुक्त राष्ट्रसंघलाई समेत पहुँच दिएको छैन । यी त केही उदाहरण मात्रै हुन् । बङ्गलादेशमा रहेका रोहिंग्या मुस्लिमहरूले अति कष्टकर जीवन बिताइरहेका छन् । 
 

सन् २०१७ मा नृशंस जनसंहार र लुटपाटपूर्ण कारबाहीपछि रोहिंग्या मुस्लिम समुदायबारे विश्वको ध्यान केन्द्रित भएको थियो । तर यो अस्थायी विषय होइन । संयुक्त राष्ट्र सङ्घसहित विश्वको सबैभन्दा अत्याचारग्रस्त अल्पसङ्ख्यक रोहिंग्या मुसलमान समुदाय हिंस्रक परिस्थितिको सिकार भएको छ । जुन देशमा उनीहरू शताब्दीयौं देखि बसिरहेका छन्, उनीहरूलाई सोही देशले नै आफ्नो नागरिक स्वीकार गर्न र आधारभूत अधिकार दिन समेत अस्वीकार गरेपछि उनीहरू यसरी विभिन्न क्षेत्रमा छरिँदै भौँतारिएका छन् । 

रोहिंग्या समुदायमाथि दशकौँदेखि सुरु भएको अत्याचार प्रजातान्त्रिक शासन व्यवस्थामा रोकिनुको साटो देश नै छाड्नुपर्ने अवस्था सिर्जना भएको छ । बस्तीहरूमा आगो लगायो भने महिलामाथि जबरजस्ती बलात्का र हत्याका शृङ्खला नै चले । सेनाले गाउँमा गरेको अत्याचारपछि रोहिंग्या मुस्लिम समुदायका जनताहरू आन्तरिक र बाह्य शरणार्थीका रुपमा जीवन बिताउन बाध्य बनाइएका छन् । यही परिस्थितिमा आङ सान सुकीको पार्टी पुनः म्यानमारको सत्तामा पुगेको छ । प्रजातन्त्रका लागि लामो सङ्घर्ष गरेकी सुकी सत्तामा हुँदा उनले नै पाएको नोबेल शान्ति पुरस्कारले उनलाई नै गिज्याइरहेको छ । दोस्रो पटक सत्ताको बागडोर सम्हाल्न लागेकी सुकीले रोहिंग्या सङ्कट समाधानका लागि खेल्ने भूमिकालाई विश्वले चासोपूर्वक हेरिरहको छ ।