महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १०, २०७७

बाँके । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन आज बर्दियामा उद्घाटन गरिएको छ ।  दुईतले सो भवन दुई करोड लागतमा निर्माण भएको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भवन उद्घाटन गर्दै महिला तथा बालबालिकालाई दिइने सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभयो  । जिल्ला कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले पहिले बर्दियामा आफ्नो भवन नरहेका बेला एक कोठाबाट मात्रै सेवा दिइएकामा अब आफ्नै भवनले सहज हुने छ भन्नुभयो ।