आइपिएल प्रिभ्यु : हारको यात्रा हैदरावाद रोक्ला कि पञ्जाव ?

आइपिएल प्रिभ्यु : हारको यात्रा हैदरावाद रोक्ला कि पञ्जाव ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २५, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार राति किंग्स इलेभन पञ्जाव र सनराइजर्स हैदरावाद प्रतिष्पर्धा गर्दैछन् । 

चालू आइपिएलमा दुवै टोली सशक्त देखिएका छन् । त्यसकारण कसले खेल जित्ने भन्ने अनुमान लगाउन गाह्रो छ । यद्यपि, दुवै टिम खेल जित्ने दाउमा छन् । यसअघिको खेलमा दुवै टिमले हारको सामना गरेका थिए । 

गत शनिबार भएको खेलमा पञ्जाव चेन्नई सुपर किंग्ससँग २२ रनले पराजित भएको थियो भने सोही राती भएको अर्काे खेलमा हैदरावाद मुम्बई इण्डियन्ससँग ४० रनले हारेको थियो । त्यस्तोमा दुवै टिम खेल जितेर आफ्नो विजयी अभियान जारी गर्ने रणनीति बनाएका छन् ।

हेड टु हेडमा हैदरावाद अगाडि 

यी दुई टिमका हेड टु हेड खेलमा हैदरावाद अघि देखिएको छ । यी दुई टिमबीच भएका १२ खेलमध्ये हैदरावाद ९ मा विजयी भएको छ भने पञ्जावले ३ खेलको नतिजा मात्रै आफ्नो पक्षमा पारेको छ ।