सत्ताको आडमा तर्साउने र गलाउने रणनीति: ‘बालुवाटार भलाकुसारी’ भनिएकाे र गरिएको ‘गोप्य डिल’!

लाेकसंवाद टिप्पणी

सत्ताको आडमा तर्साउने र गलाउने रणनीति: ‘बालुवाटार भलाकुसारी’ भनिएकाे र गरिएको ‘गोप्य डिल’!

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १०, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्विरोध बढ्दै गएपछि बालुवाटारमा शनिवार अपराह्न प्रमुख प्रतिपक्षी नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर दुइघण्टा छलफल चलाएर मुलकको राजनीति एकखालकाे तरङ्ग उत्पन्न गर्नु भएकाे छ  । उहाँरू तीन घण्टा गफिएपछि भोलिपल्ट केही मिडियाहरूले सत्ता साझेदारको विषय उठान गरेर एकाएक काग्रेसीजनहरुलाई पनि सत्ताको लोभ देखाइएको सन्देश दिन सफल हुनु भयाे । भलै त्याे विषयले स्थान पाएकाे कि हाेस कि नहाेस् ।

प्रधानमन्त्री ओलीले देउवालाई सत्ताको चास्नी नसुनाउँदै मिडियाले समाचार बनाइदिएपछि केही काँग्रेसी नेताहरुले पनि त्यसलाई पत्याउन बाध्य भए । आखिर उनीहरूबिच के के कुराकानी भए भन्ने कुरामा दुई जना बाहेक अरूलाई थाह  हुने कुरा भएन । अरूले अनुमान गर्ने हुन् त्यस्तै अनुमान मिडियाकर्मीहरूले पनि गरिदिए ।

उहाँहरूबिच भएको भेटवार्ता र भलाकुसारीले यति बेला सत्ता पक्षको र प्रतिपक्ष दुवैतिरको राजनीति एक्कासी  तातेको छ । सत्ता र प्रतिपक्ष दुवैतिरको आन्तरिक जीवनलाई पनि यसले तरङ्गित गरेको छ । तीन घण्टा लामो भेटमा के के कुराकानी भए, त्यो दुवै पक्षले गोप्य राखेका छन् । बालुवाटारमा भएको यो ‘गोप्य डिल’ लाई लिएर दुवै पक्षका नेताहरुले सत्ता साझेदारीसम्मको अड्कल काटे अर्थात अनुमान गरे ।

संवैधानिक निकायमा नियुक्तिको विषय प्रमुख प्रतिपक्षसँग जोडिएको हुन्छ यसले गर्दा पनि बालुवाटारमा दुई नेताको भेटलाई खास अर्थ भन्दा पनि राज्य सञ्चालनको नियमित भूमिका निभाउनु पर्ने जिम्मेवारीको रुपमा लिएकाे पनि हुन सक्दैन र ?  राज्य सञ्चालनका लागि संवैधानिक नियुक्तिको एजेन्डा बालुवाटारको प्राथमिकतामा परेन भनेर सरकारकाे आलाेचाना भएकाे विषाय हाेइन र ?  यसलाई अन्यथा मान्न सकिन्न ।

 नेकपाभित्र झनै यसको हाउगुजी धेरै बढेको छ । पुष्पकमल दाहाल र माधव नेपाललाई तर्साउन देउवालाई बालुवाटार बोलाएका हुन् कि साँच्चै पार्टी फुटाउने र सत्ता साझेदारीका लागि निम्तो दिएका हुन भन्ने बारेमा अन्योलता थपेको पाइन्छ । 

दुवै नेताहरूबिच भएको भेटवार्तालाई लिएर  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा ट्विट गर्न पुग्नु भयाे । ‘बालुवाटार भलाकुसारी’ बारे कति अवगत भएर उनले त्यस्तो ट्विट गरेको हुनुपर्छ । उनको ट्विटले सत्ता साझेदारीको सङ्केत गरेको छैन ।

‘भ्रम स कोही कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रस्ट जानादेश छ काँग्रेसलाई अतः कुनै पनि भड्काइबाट टाढा छौँ, रहनेछौँ नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौँ  अतः यता या उताको जोड घटाउमा काँग्रेसको शिर गिर्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउंदछौं !’, उनको ट्विटको आशय सत्ता साझेदारीमा छैन ।

प्रधानमन्त्री बोलाएपछि प्रमुख प्रतिपक्ष दलको नेताले भेट्नु र कुराकानी गर्नु स्वाभाविक हो । तर प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला भेटघाट गरेपछि सत्ता साझेदारीको विषय वा प्रसङ्ग उठ्नु अस्वाभाविक पनि होइन । अर्कोतर्फ प्रतिपक्षसँग सरकार सञ्चालन र सरकारमा सहभागिताको लागि आवश्यक सङ्ख्या न्यून भएकाले पनि ओलीले आफ्नै दलभित्रका नेताहरूलाई तर्साउन देउवासँग भेटघाट गरेको हो भन्ने तथ्यलाई नकारि हाल्न ठाउँ छैन ।

पार्टीभित्रबाट चर्को घेराबन्दी र असहयोगको सामना गरिरहनु भएका ओलीलाई प्रतिपक्षको मौन र कमजोर भूमिका निकै ठुलो राहत  बन्दै आएकाे छ । पार्टीभित्रका विरोधीले हैरान गर्दा ओलीले बेलाबेला देउवालाई बालुवाटार बोलाएर दुःखसुख साट्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका रिक्त रहेको संवैधािनक पदहरुमा  एक सिट काँग्रेसलाई दिन्छु भन्नु सर्वथा नौलो  थिएन र  होइन् ।  

पार्टीको आन्तरिक कलहले विस्फोटक मोड लिएका बेला प्रधानमन्त्री ओलीले देउवालाई बोलाएर भलाकुसारी गर्नु राजनीतिक तहमा अर्थ पूर्ण भए पनि संवैधानिक निकायमा नियुक्तिको विषय प्रमुख प्रतिपक्षसँग जोडिएको हुन्छ यसले गर्दा पनि बालुवाटारमा दुई नेताको भेटलाई खास अर्थ भन्दा पनि राज्य सञ्चालनको नियमित भूमिका निभाउनु पर्ने जिम्मेवारीको रुपमा लिएकाे पनि हुन सक्दैन र ?  राज्य सञ्चालनका लागि संवैधानिक नियुक्तिको एजेन्डा बालुवाटारको प्राथमिकतामा परेन भनेर सरकारकाे आलाेचाना भएकाे विषाय हाेइन र ?  यसलाई अन्यथा मान्न सकिन्न ।

तत्कालै नेकपा फुटिहाल्ने हल्ला चलिरहँदा पार्टी फुटाउन संवैधानिक र कानुनी जटिलताहरू कायमै रहेका बेला ओली बाहेक नेकपाका अन्य नेताहरुले पार्टी फुटाउन सक्ने अवस्था पनि छैन । तर ओलीले पार्टी विभाजनको अपजस आफूले बोक्न तयार छैनन् । त्यस कारण पनि अहिले नै देउवासँग सत्ता साझेदारीको  सवालमा गोप्य डिल भयो होला भन्ने खास अनुमान मात्रै भएको सहज अनुमान गर्न सकिन्छ । 

नेकपाभित्र आन्तरिक विवाद उत्कर्ष पुग्छ जब जब ओली पार्टीभित्रबाट घेराबन्दीमा पर्नु हुन्छ र अलि अप्ठ्यारो अवस्थामा हुन्छन्, उहाँले देउवालाई मात्र होइन संवैधानिक निकायका अन्य प्रमुखहरूलाई पनि बालुवाटारमा  बोलाएर छलफल गरेकाे पहिलाे घट्न हाे र ?  समय समसमा ओली किन यसो गर्नुहुन्छ ? यसमा मुख्य त   दुई वटा कारण रहने गरेका छन् ।  एउटा– प्रतिपक्षलाई सत्ताको लोभमा पारेको देखाउने संवैधानिक निकायमार्फत पार्टीभित्रका विरोधीलाई तह लगाउने फकाउने र अर्कातिर पार्टीभित्रका विरोधीलाई प्रतिपक्षको सद्भाव एवं साथ देखाएर तर्साउने ।  देउवालाई भेट्नु अघि ओलीले प्रधानसेनापतिसहित चार वटै सुरक्षा निकायका प्रमुख, अख्तियारका प्रमुख तथा प्रधानन्यायाधीश पनि भेटघाट गरेका थिए । यसले के देखाउँछ भने उनी पार्टीभित्रकै प्रतिपक्षीलाई सत्ता आडमा तर्साउन चाहानु हुन्छ ।