कुलपति उप्रेतीको २१ ओटा व्यक्ति केन्द्रित संस्मरण समेटिएको ‘स्मृतिमा तरङ्गित विम्बहरू’ बजारमा

कुलपति उप्रेतीको २१ ओटा व्यक्ति केन्द्रित संस्मरण समेटिएको ‘स्मृतिमा तरङ्गित विम्बहरू’ बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर ११, २०७७

काठमाडौँ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नयाँ संस्मरणात्मक कृति ‘स्मृतिमा तरङ्गित विम्बहरू’ बजारमा आएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार उप्रेतीको यो चौधौँ कृति बजारमा ल्याएको हो ।

कविता लेखनबाट साहित्य यात्रा आरम्भ गर्नुभएका उप्रेतीका यसअगि ‘स्मृतिका छालमा इटाली’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ (समालोचना), ‘तिब्बतमा दस दिन’ (नियात्रा), ‘देश देशान्तर’ (नियात्रा), र ‘चक्रव्यूह’ (कविता), ‘घुम्दै फिर्दै अमेरिका’ लगायत १३ ओटा कृति प्रकाशित भइसकेका छन् । 

यस ‘स्मृतिमा तरङ्गित विम्बहरू’ संस्मरणकृतभित्र २१ ओटा व्यक्ति केन्द्रित संस्मरणहरू समेटिएका छन् । उप्रेतीको यो व्यक्ति केन्द्रित दोस्रो पुस्तक हो । यसअघि उहाँको व्यक्ति केन्द्रित संस्मरण कृति ‘स्मृतिमा फुलेका बहुरङ्गी फूलहरू’ (२०६९) मा प्रकाशित रहेका छन्  ।

यस ‘स्मृतिमा तरङ्गित विम्बहरू’मा गोविन्द भट्ट, गणेशबहादुर प्रसाईं, रवीन्द्र अधिकारी, शिवप्रसाद सापकोटा, घनश्याम ढकाल, पूर्णप्रकाश नेपाल यात्री, चन्द्रमान कन्दङ्वा, गणेश राई, अम्बिका साँवा, भक्तराज कन्दङ्वा, धर्मप्रसाद ढकाल, देवीप्रसाद किसान, डा. हर्षबहादुर बुढा, नगेन्द्रप्रसाद रिजाल, हरिचरण सिटौला, मङ्गलकुमार उपाध्याय, श्रीप्रसाद उपाध्याय, श्रीप्रसाद ओली, नारायणप्रसाद ओली, प्रेमप्रसाद सिवाकोटी, डा. द्रोणकुमार उपाध्याय र श्यामप्रसाद शर्मासँगका ज्ञानबर्दक र रोचक संस्मरणहरू समाविष्ट छन् । पुस्तक कुलपति उप्रेतीले लकडाउनका बेलामा तयार पार्नुभएको हो ।   १८८ पृष्ठको पुस्तकको मूल्य २९९ रुपियाँ रहेको छ ।