मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित १० को मृत्यु

मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित १० को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

क्वालालम्पुर । मलेसियामा नेपाली चढेको बस दुर्घटना हुँदा दुई नेपालीसहित १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा इन्डोनेसियाका तीन र अन्य देशका पाँच नागरिक छन् ।  

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिक चढेको बस दुर्घटना परेको हो। मलेसियास्थित नेपाली दूतावासका उपप्रमुख कुमार खरेलले दुई नेपालीको घटनास्थालमै ज्यान गएको पुष्टि गरे । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारू छन् ।