कार्यसम्पादन समितिको भागबण्डाबारे सिटौला असन्तुष्ट, सहमति जुटाउन बोलाइएको बैठकमा अनुपस्थित

कार्यसम्पादन समितिको भागबण्डाबारे सिटौला असन्तुष्ट, सहमति जुटाउन बोलाइएको बैठकमा अनुपस्थित

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडौं । कांग्रेसमा ‘तेस्रो धार’को नेतृत्व गरिरहेका नेता कृष्ण सिटौला सभापति देउवासँग असन्तुष्ट बनेका छन् ।

केन्द्रीय कार्यसमितिपछि शक्तिशाली मानिने कार्यसम्पादन समिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले ६०/४० को भागबण्डा गरेपछि उनी असन्तुष्ट बनेका हुन् । 

कार्यसम्पादन समितिमा सहमति जुटाउन देउवाले सोमबार बिहान बोलाएको अनौपचारिक छलफलमा सिटौला उपस्थित भएनन् । कार्यसम्पादन समिति गठनबारे असन्तुष्ट बनेपछि उनी बैठकमा नगएको एक नेताले बताए ।