डिशहोमद्वारा सञ्चालित सफ्ट अंग्रेजी गीत प्रतियोगिताको फाइनल प्रतियोगिता हुँदै

डिशहोमद्वारा सञ्चालित  सफ्ट अंग्रेजी गीत प्रतियोगिताको फाइनल प्रतियोगिता हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ११, २०७७

ललितपुर । डिशहोमले सुरु गरेको डिजिटल Retro Englishसांगीतिक प्रतियोगिता The Strings को फाईनल प्रतियोगिता हुन लागिरहेको जनाएको छ ।

दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ । १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुनेछ ।  

प्रतिस्पर्धीहरु क्रमस शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो । फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ । प्रतियोगिहरु मध्य वाट विजेताको छौनट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको Voting को आधारमा गरिनेछ । निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनुहुनेछ । प्रतियोगिलाई डिशहोम गर्ने तरिकाको वारेमा थप जानकारीका लागि डिशहोमको आधिकारीक Facebook Page  मा गएर हेर्न सकिने समेत जनाएको छ । 

डिशहोमले सुरु गरेको डिजिटल च्भतचय भ्लनष्किज सांगीतिक प्रतियोगिता त्जभ क्तचष्लनक मा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो । विभिन्न समयमा डिशहोमले सञ्चालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।