पारपाचुके गर्दै जेफ वेजोसकी प्रेमिका

पारपाचुके गर्दै जेफ वेजोसकी प्रेमिका

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७५

काठमाडौ । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ वेजोस र उनकी पत्नीका बीच गत विहिबार कानूनी रुपमा पारपाचुके भएको छ । 

विहिबार ४ अप्रिलमा जेफ बेजोसको पारपाचुके भएको भोलिपल्ट शुक्रबार उनकी पे्रमिका लँरेन सांचेजले पनि अदालतमा पारपाचुकेका लागि निवेदन दिएकी छन । 

पेशाले टिभी एंकर रहेकी लँरेन सांचेजले आफ्ना पति पैट्रिक व्हाइटसेलसँग पारपाचुके गर्न अदालतमा निवेदन दर्ता गराएकी हुन । लँरेन र पैट्रिक विगत १४ वर्षदेखि वैवाहिक जीवन बिताउँदै आएका छन । 

अमेरिकी जनमानसमा लँरेनले लिन गइरहेको पारपाचुके बारे अनेकौं चर्चा चल्न थालेका छन । उनले जेफ वेजोससँग अर्को बिहे गर्ने व्यापक चर्चा चलेका छन । 

वेजोसको पूर्वपत्नी मैकेंजीले पारपाचुकेबाट ३६ अर्ब डलरको सम्पति पाएकी छन । 

यतिको सम्पति पाएर मैकेंजी विश्वको धनी महिलाको पंक्तिमा उभिन पुगेकी छन । 

जेफ बेजोसले आफ्नो ई–कमर्स कम्पनी अमेजनका २५ प्रतिशत शेयर श्रीमतीलाई दिने सहमति गरेका छन । यस कम्पनीका सीइओ वेजोससँग कम्पनीको १४३ अर्ब डलरको शेयर रहेकोमा उनले ३६ अर्ब डलरको शेयर आफ्नो पूर्वपत्नीलाई दिएका छन । 

अमेजनमा ३६ अर्ब डलरको शेयर पाए पछि मैकेंजीले वाशिंटन पोष्ट अखवार र स्पेश कम्पनी ब्लू ओरिजिनमा आफ्नो दावी छाडेकी छन । 

३६ अर्ब डलर पाएर मैकेंजी विश्वको सबैभन्दा धनी महिलाको श्र्रेणीमा चौथो स्थान प्राप्त गर्न सफल भएकी छन । विश्वको सबैभन्दा धनी महिला फ्रैंनक्वाँएज बेटेनकोर्ट मियर्स (फ्रान्स, ५४ अर्ब डलर), दोस्रोमा एलाइस वाँल्टन (अमेरिका, ४४ अर्ब डलर) र जैकलिन मार्स ( अमेरिका, ३७ अर्ब डलर) रहेका छन । 

यसैगरि विश्वका सार्वाधिक धनीको सूचिमा मैकेंजी २५ औं स्थानमा पुगेकी छन ।

 

बेजोस र मैकेंजीको पारपाचुके विश्वकै सबैभन्दा महंगो पारपाचुके बन्न पुगेकोछ । विश्वका महंगा पारपाचुकेमा रुसी व्यापारी दामित्र्री र उनकी पत्नी एलिनाको नाम दोस्रो पंक्तिमा पुग्न गएको छ । एलिनाले पारपाचुकेबाट ४.८ अर्ब डलर सम्पति पाएकी थिइन । 

गोल्फ खेलाडी टाइगर वुडस र उनकी पत्नी एलिना नोरडेजरेनको पारपाचुकेमा एलिनाले १० करोड डलर पाएकी थिइन । 

व्यापारी विसाम अल माना र अमेरिकी पप गायक जैनेट जैकसन बीच भएको पारपाचुके पनि विश्वको महंगो पारपाचुकेमा पर्दछन  ।

भारतीय फिल्म अभिनेता ऋतिक रोशन र सुजैनको पारपाचुके, करिश्मा कपुर र संजय कपुरको पार पाचुके, आमिर खान र रीना दत्ताको पारपाचुके, संजयदत्त र रिया पिल्लइको पारपाचुकेमा पनि करोडौं रकम प्रदान गरिएको थियो  ।