सेयर बजारमा कारोबार रकम र नेप्से सूचक दुबैमा नयाँ रेकर्ड

सेयर बजारमा कारोबार रकम र नेप्से सूचक दुबैमा नयाँ रेकर्ड

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ११, २०७७

काठमाडौं । आज मंसिर ११ गते बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । आज २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च कारोबार हो । आज एनएमबि माइक्रोफाइनान्स, पाँचथर पावर, हिमालयन उर्जा, र आँखु खोला जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै नविल बैंकको ८.८६ प्रतिशत, कुमारी बैंकको ६.५६ प्रतिशत, नेपाल बंलादेश बैंकको ५.६२ प्रतिशत र चिलिमे हाइड्रोको ५.४१ प्रतिशतले मूल्य बढेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनीको सबैभन्दा धेरै ६.१८ प्रतिशतले घटेको छ भने ङादि ग्रुप पावरको ५.८८ प्रतिशत, बोटलर्स नेपालको ५.६७ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ५.३४ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ४.९२ प्रतिशतले घटेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५८ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको ३८ करोड ३४ लाख, शिवम सिमेन्टको २८ करोड ९१ लख, नेपाल दुरसञ्चार कम्पनीको २८ करोड २७ लाख र नेपाल बैंकको २५ करोड ५१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ।