पर्वतीय खेलकुद महासंघको चौँथो साधारणसभा मङ्सिर 12 बाट

पर्वतीय खेलकुद महासंघको चौँथो साधारणसभा मङ्सिर 12 बाट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १२, २०७७

काठमाडौँ । प्रकृति, साहसिक  र संस्कृतिसँग सम्बन्धित खेल संघहरुको महासंघ पर्वतीय खेलकुद महासंघकोको  चौँथो साधारणसभा आज मङ्सीर १२ गतेका दिन हुने भएको छ । कोभिड-१९ को समस्यालाई ध्यानमा राख्दै जुम मार्फत हुने सो साधारणसभामा १५ सदस्यसंघका प्रतिनिधिहरु, सातवटै प्रदेशका पदाधिकारीहरु, खेलकुद र दीगो पर्यटनका विज्ञ तथा खेलाडी/अफिसियल समेतको सहभागिता हुनेछ ।

कार्यक्रममा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, सांसद कोमल ओलि, नेपाल ओलम्पीक कमिटीका महासचिव सैलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्यहरु तथा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष अतिथी वक्ताको रुपमा रहनु हुनेछ ।

साधारणसभामा प्रगती र आर्थीक प्रतिबेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिनेछ भने विद्यान संसोधन र नितिगत क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा सुझाव समेत संकलन गरिनेछ ।

नयाँ खेलकुद ऐन २०७७ ले शाहसिक र पर्यटकीय खेललाई महत्व दिएको तथा खेल मार्पmत नेपालको दिगो पर्यटन प्रर्वद्दन गर्ने लक्ष्य राखेको सन्दर्भमा यस साधारणसभाले महासंघलाई एउटा नयाँ दिशा दिने समेत उल्लेख छ । अपराह्रन ४ बजेबाट शुरु हुने उक्त कार्यक्रम यस महासंघको फेसबुक पेज (https://www.facebook.com/mountainsportsfederation)मा प्रत्यक्ष  प्रसारण  हुने  समेत पर्वतीय खेलकुद महासंघका  अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिनु भएको छ ।