उकालो लाग्दै सुनको भाउ

उकालो लाग्दै सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २५, २०७५

काठमाडौं । सुनको भाउ फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो । आइतबार प्रतितोला ५९ हजार ८ सय रूपैयाँमा किनबेच भएको छापावाल सुन सोमबार ६० हजार रूपैयाँ पुगेको छ ।

यस्तै, तेजावी सुन पनि प्रतितोला दुई सय रूपैयाँ बढेको छ । आइतबार ५९ हजार ५ सय रूपैयाँमा किनबेच भएको तेजावी सुन सोमबार प्रतितोला ५९ हजार सात सय रूपैयाँ कायम गरिएको छ ।  

चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार प्रतितोला सात सय २५ रूपैयाँमा कारोवार भएको चाँदी सोमबार सात सय ३० रूपैयाँमा किनबेच भइरहेको संघले जनाएको छ ।