अल्टीमेट हिमालयन मोटरल्याण्डको साधरण सभा, अध्यक्षमा अनिल बराल

अल्टीमेट हिमालयन मोटरल्याण्डको साधरण सभा, अध्यक्षमा अनिल बराल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १२, २०७७

काठमाडौँ । बिश्वमा साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोटर्स नेपालमा अहिले युवाहरुबिच लोकप्रिय हुदै गईरहेको छ । मोटरसाईकल अनि मोटरकारको छुट्टा छुट्टै प्रक्रितीमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल  दशकौ देखी अग्रसर रहेको जानकारी दिइएको छ ।

हातमा गन्न सकिने केहि खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्र्तराष्ट्रिय मंन्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन् । यस कार्यलाई अझ ससक्क्त गरि तालिम , प्रतियोगिता लगायत रेफरी , र्मासल, खेलाडी नै तयार गर्ने बिभिन्न योजनाका साथ रेसिङ्ग सर्किट धुलीखेलमा निर्माण गरिएको छ ,जन संसारका रेसिङ्ग सर्किटहरुमध्य बिश्व कै अग्लो स्थानमा अवस्थित पनि रहेको छ ।

बालबालिका युवा समेतलाई नियमित खेल अनि तालिम दिन कार्ट (KART)  चालक तालिमका लागि SIMULATOR  सहित करिब ३५ रोपनीमा तयार गरिएको यस रेस ट्रयाक ,अन्तराष्ट्रिय नियमांक संस्था FIA तथा FIM बाट अनुवन्धित संस्था नासा नेपाल बाट स्वीकृत प्राप्त नेपाल को लागी एक मात्र रेसिङ्ग सर्किट हो ।जसलाई अल्टीमेट हिमालयन मोटोरल्याण्ड ( ULTIMATE HIMALAYAN MOTORLAND)  को नाम दिइँदै आएको छ । 

२०७७ मंङ्सिर ११ गते बिहीबार सम्पन्न साधारण सभा बाट यस अल्टीमेट हिमालयन मोटोरल्याण्ड को सञ्चालनका लागि अनिल कुमार बराल अध्यक्ष तथा  दिप्रश शाक्य प्रबन्ध निर्देशक तथा श्री शुशील तण्डुकार टेक्निकल निर्देशक रहने गरी ९ सदस्य सचालक समिति गठन भएको छ ।

बिसौँ बर्ष अटोमोवाइल क्षेत्रमा क्रियाशिल अध्यक्ष बराल एउटा स्थापित उधोगपति हुनुका साथै रेसिङ्ग क्षेत्रमा नेपाललाई अन्र्तराष्ट्रिय प्रतियोगितामा धेरै चोटि सहभागी भएका ब्यत्तित्व पनि हुन्। त्यसै गरि सफल उद्योग ब्यबसायिक घरानाको दिप्रश मोटरस्पोर्टसप्रेमि तथा यस बिषयमा जानकार ब्यक्तित्व हुन्। 

अटो मोबाइलमा एक दशक अनुभब बटुलेका शुशिल सफल ईन्जिनियर मात्र नभई मोटर स्पोर्टस्लाई नेपालमा स्थापित गर्न सुरुदेखि लाग्ने एक अनुभबी पात्र पनि हुन्। नेपालको नाम अन्तराष्ट्रिय जगतमा राख्न यस प्रकारका साहसिक खेलको ठुलो योगदान रहनेमा बिश्वस्त रहेको संचालक समितिका अर्का सदस्य तथा नासा नेपालका सचिब  निरज खडकाले जानकारी दिनु भएकाे छ ।  आशिस लामिछाने प्रमख सल्लाहाकार रहेको यो टोली लाई नासा नेपालका अध्यक्ष  दशरथ रिसालले खादा ओढाई  बधाई तथा सफल कार्यक्रमको शुभकामना दिनु भएको पनि प्राप्त समाचारमा उल्लेख छ ।