म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १२, २०७७

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ र ६ जोड्न घेरौदी रिठ्ठेपानी म्याग्देखोलामा बक्स कल्भर्ट निर्माण शुरु भएको छ । घेरौदी रिठ्ठेपानी म्याग्देखोला बक्स कल्भर्ट निर्माण उपभोक्ता समितिमार्फत निर्माण शुरु भएको कल्भर्टको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास गर्नुभयो । सो अवसरमा रानाले निर्धारित समयमै गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो । 

निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर थापाले १८ लाखको लागतमा छ मिटर कल्भर्ट निर्माण गर्न लागिएको जानकारी दिनुभयो । म्याग्देखोलामा कल्भर्ट नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिम मोलेरै आवतजावत गर्दै आइरहेका छन् । 'कल्भर्ट निर्माण भएपछि सहजरूपमा आवतजावत गर्न सजिलो हुन्छ', थापाले भन्नुभयो ।