सुनकाे मूल्यमा २०० रुपैयाँ ह्रास

सुनकाे मूल्यमा २०० रुपैयाँ ह्रास

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १२, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । 

तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोवार भएको छ । बिहीबारका तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको थियो ।