आइपिएलमा सबैभन्दा बढी विकेट लिने पाँच खेलाडी

आइपिएलमा सबैभन्दा बढी विकेट लिने पाँच खेलाडी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २५, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा १२ औं संस्करण जारी छ । 

आइपिएलको १२ औं संस्करणसम्म भने यी खेलाडीले सर्वाधिक विकेट लिएका छन् । 

लसिथ मालिंगा

आइपिएलमा अहिलेसम्मका सिजनमा भने सर्वाधिक विकेट लिने कीर्तिमान मुम्बई इण्डियन्सका लासिथ मालिंगाको नाममा छ । ११३ खेल खेलका मालिंगाले आइपिएलमा १५७ विकेट लिइसकेका छन् । उनले आइपिएलमा सर्वाधिक ८ मेडन ओभर पनि फ्याकेका छन् । उनले एक पारीमा चार पटक चार विकेट र एक पटक पाँच विकेट लिएका छन् । उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन १३ रनमा पाँच विकेट हो । उनी सन् २००९ देखि आइपिएल खेलिरहेका छन् । 

अमित मिश्रा

आइपिएलमा सर्वाधिक विकेट लिनेको दोस्रो नम्बरमा छन्, दिल्ली क्यापिटलका अमित मिश्रा । सन् २००८ देखि आइपिएल खेलिरहेका मिश्राले १३८ खेलबाट १४९ विकेट लिएका छन् । 
उनले एक पारीमा तीन पटक चार विकेट र एक पटक पाँच विकेट लिएका छन् । उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन १७ रनमा पाँच विकेट हो । 

ड्वेन ब्राभो

आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन्, चेन्नई सुपर किंग्सका ड्वेन ब्राभो । उनले १२६ खेलबाट १४३ विकेट लिएका छन् । उनले एक पारीमा दुई पटक चार विकेट लिएका छन् । उनी सन् २००८ देखि आइपिएल खेलिरहेका छन् । 

पियुस चावला

पियुस चावला आइपिएलमा सर्वाधिक विकेट लिने चौथो खेलाडी हुन् । उनले १४९ खेल खेलेर १४३ विकेट लिएका छन् । उनले एक पारीमा दुई पटक चार विकेट लिएका छन् । उनी पहिलो संस्करणदेखि आइपिएल खेलिरहेका छन् ।

हरभजन सिंह

आइपिएलमा सर्वाधिक विकेट लिनेको पाँचौँ स्थानमा छन्, हरभजन सिंह । उनले १५२ म्याच खेलेर १३९ विकेट लिएका छन् । उनले एक पारीमा एक पटक चार र एक पटक पाँच विकेट लिएका छन् । उनी सन् २००८ देखि आइपिएल खेलिरहेका छन् ।