जगतको मतमा मत : बाँच्नुको नाम कल्याण हो र मृत्युको नाम अकल्याण

जगतको मतमा मत :  बाँच्नुको नाम कल्याण हो र मृत्युको नाम अकल्याण

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  मंसिर १३, २०७७

पिताहमस्य जगतो माता धाता पितामहः ।
 वैद्यं पवित्रमोङ्कार ऋक्सामयजुरेव च ।। १७ ।।

अन्वय र अर्थ – अहं एव = मनै, अस्य = यस, जगतः = जगत्को, पिता = पिता, माता = माता, धाता = धारण गर्ने, पितामहः = पिताको पिता, वेद्यं = जान्न योग्य, पवित्रं = पवित्र, ओङ्कारः = ॐ कार, ऋक्सामयजुः एव च = ऋग्वेद, सामवेद, यजुर्वेद पनि सबै  'म' हुँ ।

भावार्थ – म नै यस जगत्को पिता, माता, धाता तथा पितामह हुँ । म नै वेद्य, पवित्र ॐ कार, ऋक्–साम–यजु सबै म हुँ ।

विशिष्टार्थ – पिता–जगत्को अर्थ हो गमनशील । जो गमनशील छ उसको उत्पत्तिकर्ता 'म' हुँ, किन कि चित्तमा प्रतिविम्बित भएर मैले जुन 'म' भने अहङ्कार गर्दछु, त्यसको अहङ्कारद्वारानै सृष्टि हुन्छ । त्यसकारण म सृष्टिको पिता वा जनयिता हुँ ।

'माता' – जो जसको पेटमा जन्मन्छ त्यही उसकी आमा हुन् । म असीम छु, त्यो ससीम जगत् मेरो पेटमा नै रहेको छ, अतः म आमा हुँ । साधक ! आफ्नो  अधिक विश्रामलाई अल्प विश्राम दिएर मिलाऊ । यो अलि कम त्यो अधिक भन्दा अधिक छ, यही मात्र प्रभेद छ ।

'धाता' – जो धारण गरेर रहन्छ । त्यो हेर, त्यो पनि उही  'म”'हुँ, किन कि, म सबैलाई गर्भमा धारण गरेर रहेको छु ।

'पितामहः' – सृष्टि भन्दा पहिले जब माया मबाट पृथक् थिइन, नुनिलो पानी जस्तै जब ममा घुलित थिई, सोही म एक म हुँ । पछि चित्रमा प्रतिफलित बिम्ब एक म हुँ । तत्पश्चात् जगत्को रचना माला र एक  'म' त्यसबाट पनि तीन  {म } भयो ।यस शेषवाला मको पितामह त्यो पहिलेको {म }हुँ ।

'वेद्यं' – ज्ञाता, ज्ञानद्वारा जुन जानिने वस्तुलाई जान्दछन् त्यसैलाई ज्ञेय भन्दछन् । अब साधक ! बुझिल्यौ, यो जानिने बस्तु त्यो लवणाम्बु  'म' विना अरु केही हैन । अतः  'म' वेद्य अर्थात् जानिने वस्तु हुँ ।

साधन समयमा योनि मध्यगत ज्योतिर्मय जुन स्वरूप दर्शमा आउँछ, त्यसलाई आत्मदर्शन भन्दछन् । जसबाट – म देह हैन, मेरो देह पनि छैन, यी दुबैबाट अत्यन्त भिन्न छु, अथवा मैले केही नगरेर पनि देहलाई धारण गरिरहेको छु, स्पष्ट रूपले संझन सकिन्छ, उही साक्षात् ज्ञान स्वरूप यजुः पनि  'म' हुँ । यो दक्षिण दिशामा देखिन्छ, त्यसकारण साधकगण यसलाई दक्षिण आम्ना भन्दछन् ।

'पवित्रं' – ग्लानिशून्य, अर्थात् विकारी मायाले जहाँ विकार लिएर कुनै नाम–रूपको खेल खेल्न सक्दिन, यस्तो  'म' हुँ । 

'ॐ कार' – जसको उच्चारण गर्दा सूक्ष्मबाट तानेर अति स्थूल देखाएर पुनः फेरि सोही सूक्ष्ममा फालेर नैरन्तर्य रक्षा गरेर देख्नु पर्छ । सोही प्रणव  'म' हुँ । (साधक ! यसलाई राम्ररी प्रयोग गरेर बुझ ।)

'ऋक्सामयज्ञुरेव च' – (१) ऋक् = पूर्वआम्ना (दिशा), (२) साम = पश्चिम अम्ना (दिशा), (३) यजुः= दक्षिण आम्ना (दिशा) हुन् ।

'ऋक्ं =  'ऋ' अर्थमापाक्न, 'क' अर्थमा सृष्टिकर्ता ब्रम्हा हो । सृष्टिकर्तारूप ब्रम्हालाई जसले पवित्र गर्छ सोही ऋक् अर्थात् वेद हो । वेद = विद्+घञ्, विद्धातुको अर्थ ज्ञान हो । स्थूल शरीरधारी मनुष्यमा जो कोहीले पनि ज्ञानद्वारा मुक्ति लाभ गर्दछन् । विचारबाट ज्ञानको उत्पत्ति हुन्छ । कर्मको अर्थ लक्ष्य गरेर वढ्नुको नाम नै विचार हो । अतः ऋक् – कर्मकाण्ड प्रधान, उपासनामय, पूर्वगति वा सृष्टि आरम्भ हो । यसको  वीज अहंकार हो, अतः 'म' हुँ ।

'साम' – स्+आ+म । स् = सूक्ष्मश्वास, आ =आसक्ति, म = मणि, सूक्ष्मश्वासमा आसक्ति दिएर श्वास स्थिर भएपछि स्वच्छ आवरणको भित्रबाट हीराको पानी जस्तै जुन ज्योति प्रकाशित हुन्छ, त्यस ज्यातिमा  'म' र 'मेरो' यी दुबैको भेद स्पष्ट हुन्छ । साधकगण जसलाई ज्ञानालोक भन्दछन् – जुन आलेखको शिखा देख्ने चेष्टा गर्नाले सर्वदा पश्चिम मुखी छ, देखिन्छ – त्यही साम हो । 'हिरण्मयेन कोषेन सत्यस्या पिहितं मुखम् । तच्छुभ्रज्योतिषां ज्योतिः तद् यदात्मविदो विदुः' – इतिश्रुतिः । त्यो ज्योति नै  'म' हुँ, अतएव म साम हुँ ।  'यजुः' – य+ज्+उः । यं– स्वरूपे, जं–जायमाने, उ–स्थितिको स्थान हो । साधन समयमा योनि मध्यगत ज्योतिर्मय जुन स्वरूप दर्शमा आउँछ, त्यसलाई आत्मदर्शन भन्दछन् । जसबाट – म देह हैन, मेरो देह पनि छैन, यी दुबैबाट अत्यन्त भिन्न छु, अथवा मैले केही नगरेर पनि देहलाई धारण गरिरहेको छु, स्पष्ट रूपले संझन सकिन्छ, उही साक्षात् ज्ञान स्वरूप यजुः पनि  'म' हुँ । यो दक्षिण दिशामा देखिन्छ, त्यसकारण साधकगण यसलाई दक्षिण आम्ना भन्दछन् ।

    गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणं सुहृत् ।
    प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम् ।। १८ ।।

अन्वय र अर्थ – (अहमेव) गतिः = कर्मफल, भर्ता = सबैको पोषण गर्ने, प्रभुः = सबैको स्वामी, साक्षी = सबैको कर्म र अकर्मको साक्षी, निवासः = जसमा प्राणीहरू निवास गर्दछन्, शरणं = शरण, सुहृत् = मित्र, प्रभवः = उत्पत्तिको कारण, प्रलयः = जसमा सबै लीन हुन्छन्, स्थानं = आधार, निधानं = लय स्थान, अव्ययं = विकास रहित, बीजं = विज हुँ।

भावार्थ – म नै गति, भर्ता, प्रभु, साक्षी, निवास, शरण, सुहृत्, प्रभव, प्रलय, स्थान, निधार र अव्यय बीज हुँ ।

विशिष्टार्थ – 'गति' – परिणामलाई भन्दछन् । यस जगत्को गति अर्थात् परिणाम स्थल 'म' हुँ ।  'भर्ता' – जसले भरण, पोषण गर्छ उही पालनकर्ता हो । यो जगत् अहंकारीद्वारा पालित छ, त्यो अहंकार  'म' हुँ ।

'प्रभुः' – स्वामी, यस जगत्को स्वामी  'म'हुँ ।

'साक्षी'– देख्नेवाला, यस जगत्को द्रष्टा  'म' हुँ ।

'निवास' – बासस्थान, घर । जसभित्र रहिन्छ त्यही घर हो । यो जगत् मेरो भित्र छ, अतः म जगत्को निवास हुँ ।

'शरण' – जोसंग जानाले विपद्बाट रक्षा हुन्छ । जगत्भोग नै अर्थात् जन्ममरण नै जीवको विपद् हो । जो जान्छ त्यो नै जगत् हो । यो जानुको भ्रम जब 'परं' दृष्टिले मेटिन्छ तबमात्र चिरन्तनत्व प्रकाश प्राप्त हुन्छ । यस चिरन्तनमा विच्छेद छैन, चन्चलता छैन, त्यसकारण चिरन्तन स्वपद हो र स्वपदको विपरीत विपद हो । 'म' चिरन्तनत्व, चिरविद्यमान हुँ र यस जगत्लाई विपत्तिबाट परित्राण गर्ने पनि  'म' हुँ ।

'सुहृत्' – यस जगत्बाट कुनै प्रत्युपकारको प्रयोजन मेरो छैन, सर्वदा म जगत्को कल्याण गर्दछु । त्यसकारण म जगत्को सुहृत् हुँ, अर्थात् जीवरूपले नाच्दै म जगत्को अस्तित्व सम्पादन गरिरहेको छु । अर्थात् मैले जगतको मतमा मत मिलाई रहेको छु – 'सदैवानुमतः सुहृत्' । वाच्नुको नाम कल्याण हो र मृत्युको नाम अकल्याण हो ।

'प्रभव' – महामायाले मलाई जगत्रूपले प्रसव गर्दछे, त्यसकारण म जगत् रूपले उत्पन्न हुन्छु, त्यसकारण प्रभव पनि  'म' हुँ ।

'प्रलय' – यो विश्व ब्रम्हाण्ड जगत् कल्पान्त भएर म मा नै विश्राम गर्छ, त्यसकारण  'म' नै प्रलय हुँ ।

'स्थान' – भन्नु आधार हो । यो जगन् म मा नै प्रतिविम्बित (भासमान) छ ।  त्यकारण  'म' नै स्थान हुँ । 

'निधान' – सम्पूर्ण कार्यको परिसमाप्तिमा जहाँ जानु पर्छ । यस जगत्को कार्य शेष हुँदा एक मात्र  'म'नै  'म' रहन्छु ।

'बीज' – जसबाट यस जगत्को उत्पत्ति हुन्छ त्यो नै  'म'नै हुँ । 'अव्यय' मलाई लिङ्ग, संज्ञा, कारक दिएर कसैले बुझाउन सक्दैन, त्यसकारण  'म'अव्यय अर्थात् विकार विहीन हुँ ।

    तपाभ्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च ।
    अमृतञ्चैव मृत्युश्च सदसच्चाहामर्जुन ।। १९ ।।

क्रमश:

भूतहरूको उत्पत्तिकर्ता र ससीमकी आमा

सत्त्व, सत्वरजः, रजस्तमको उच्च स्थानमा वास र बन्धन

साधनाको  शेष : ज्ञानाग्निमा अज्ञानता आफै आहुतिमा जलेर चिरकालका लागि भस्म हुन्छ

काठभित्रकाे अग्नि : उत्पत्ति हुने स्थानलाई नै खान्छ अनि पछि आफूले पनि विश्राम लिन्छ

धर्म संकल्प र विकल्प :मनको त्राण जसले गर्छ त्यही मन्त्र हो