कामरेड महेश
मंसिर १३, २०७७

धोका दिनु भएछ । ‘होइन होइन । त्यो एउटा आकर्षण मात्र थियो जवानीको ।’

छोटो प्रतिवादमा स्वाट्टै रित्तिन्छ ग्लास । चाख्न आग्रह गर्छिन् होटलकी साहुनी मलाई पनि छेउमा रित्तै बसिरहेको देखेर । पिउने अनिच्छामा एक कप कालो चिया सारिदिन्छिन् केहि टुक्रा कागती र अलिकति नुन राखिएको प्लेट । मनले चाहे जस्तै भइदिदा धन्यवाद बोली दिन्छु मोटी साहुनीलाई मिठो मुष्कान सहितको अतिथि सत्कार प्रति । धेरै बेर पर्खिएर बस्न परेन उनको रित्तिएको ग्लासले । टक्क तित्तो ग्लासको आवाज सँगै फेरि भरिन्छ मुस्ताङे मार्फाली पा ।

‘यता आए पछि एउटा बेग्लै मज्जा आउँछ दाजु मार्फाली पा तान्नमा ।’ फिस्स हाँस्न खोज्दा एक मुठ्ठी उम्किएको तातो रक्सीको गन्धले नाकैमा झ्याप्पै हिर्काउँछ स्वास नै थुनिने गरी । मुण्टो वटार्छु आफै रहरको सजायमा । अघि देखि नजिकको टेबलमा एक जना युवती र तीन जना युवाहरु ह्विस्कीको रङ्गमा सुर बेसुर राग अलापेर हल्ला थपिरहदा अर्काे कुनामा मच्ची मच्ची हुक्का तानेर धुँवा फुकिरहेछन् उरन्ठेउला ठिटाहरु ।?  एउटा खराब बानी छ मेरो पिउन थालेपछि चुरोट तान्नै पर्ने, सरी ल दाजु । ’ 

अलि अलि जिउ तन्काउदै एक खिली चुरोट मागेर सल्काउन थाल्छन् धुँवाको माहोलमा धुँवा थप्दै । म चिसिदै गए पनि विस्तारै तातिदै गईरहेछ रात । कसैलाई कसैको  मतलब छैन अन्जान ठाउँमा अन्जान अन्जान मान्छेहरुको एक रातको जमघटमा । कोठा भरि फैलिदै गएको धुँवा अनि रक्सीको गन्ध भित्र यसरी धेरै बेर अटाइ राख्न नसक्ने हुन्छु बस्ने रहर हुँदाहुँदै । भोलिको भाका राखेर कोठा तिर लाग्छु एक तला माथि । अघि देखि समस्तिका फोन गरिरहेछिन् तल धेरै बेर नबस्नु भनेर ।

छेउमा काली गण्डकी भाका फेरिरहेछिन रातको निरवरतामा । एकछिन वाहिर वराण्डामा उभिन्छु जिउ भरि पोतिएका धुवा र रक्सीको गन्ध चिसो हावाले फखाल्न । अलिक सजिलो मशशुस हुन्छ यो चिसो हावामा सहजताको श्वास लिन पाउदा । वगिरहेको नदिको दुवै किनारमा उभिएकाछन् अग्ला अग्ला लामा लामा पहाडहरु । त्यहि खोचको साँगुरो आकाशवाट  हिमालको एक छेउले चिहाईरहेछ अलिकति टाउको तन्काएर ।

भोलि पल्ट दिनको दुई बजिसकेको छ .कुश्माबजारबाट पोखरा तिर हुईकिदा । अघिसम्म गाडी भित्र हल्ला गर्नेहरु चुपचाप छन् कतै विहानको भातले गलााएर हो वा यात्राले थकाएर । त्यति टाढा होइन म्यादीको तातोपानी र पर्वतको कुश्मा बजार । भौगोलिक दृष्टिकोणले सहज छ यात्रा र वाटा पनि । तर अलिक दौडधुप भएको पक्कै हो यो विहानीमा । फेरि तिन चार दिन देखिको यात्रै यात्रा । बाटामा पर्ने  यस्ता यादगार ठाउँहरु भेटिए पछि  छोड्नै नसकिने । काली गण्डकी तिरको तातोपानी, बेनीको गलेश्वर महादेव बाग्लुङको भगवती दर्शन आदि आदि । अनि बिर्सन नसकिने बेनीको बजार जता माया उतै छ नजर ...। गुनगुनाउँदै दोभान वजार एकफन्को मार्नै पर्ने । अहा ! कति सुन्दर प्रकृतिक सम्पदाहरु स्वर्गको एक टुक्रा । दौडदा दौडदै समय छोटीएको पत्तो नहुने । कहिले काली गण्डकीको तिरै तिर, कहिले खोला बगर कहिले भिरै भिर । यस्तै त रहेछ जिन्दगीको यात्रा । 

‘अनि कामरेड...।’

‘हैट..., दाजु दाई कामरेड नभन्नुस् ।’

असहज वोल्छन् हुइकिदै गरेको गाडकिो स्टेरिङ घुमाउँदै । रफ्तारमा दौडिरहेछ गाडी फाँटमा तन्किरहेको सिधा बाटो माथि । घरि घरि एक मुठ्ठी खैनी ओठमा खादेर असहज वनाईरहन्छ सँगै वसिरहको ठाँउ पनि ।  शंका लाग्छ कसरी खप्न सकेको होला यस्तो निर्गन्ध ?। पछाडी बस्नेहरु सिटमा मुण्टो जोत्न थालेका छन् सजिलो बाटोमा भाते निद्राले अङ्गालो मारिरहँदा ।

अहा क्या रमाइलो फाँट । तर यस्ता मलिला उर्वर फाँटहरुमा धमाधम कंक्रिटका जङ्गलहरु फसटाईरहेछन आफ्नै  भविष्य निस्तेज वनाउदै । अनि ठाँउ ठाँउमा भेटिएका नदि खोला दोहरण कथा झन वेग्लै छ मनै चसक्क हुन्छ देख्नेहरुको । लाग्छ विकाश र समृदिको यात्रामा जे पनि छुट छ गर्न गराउन । नाङगो वाटोमा नाङगै छन् भरखर पाउलिएका वोट विरुवाहरु । वरपरका डाडा काडा पनि नाङ्गै देखिन्छ चैते हुरी वतासको साम्रज्य भित्र । 

जीवनको एउटा मोडदेखि छाँया वनेर पछ्याईरहेको कथालाई हत्तपत्त ग्रहण गर्न सक्दैनन् उनी अचेल । कतै प्रसँग वस कामरेड जोडिदा नमज्जा मान्छन् प्रयास्चित गरिरहे झै । अहिलेसम्म थाहा छैन उनका कथाहरु । सवै भन्ने र सोध्ने कुरो पनि भएन यात्रामा भेटिएका परिचय कति हुन्छन् कति । त्यति रुचाउदैनन् ठट्टामा पनि । प्रायस नबोली वा नसुने झैं गरेर बिताउँछन् कसैले यस्तो सम्बोधन गरेमा । अनि कामरेड सम्वोधनमा झेक्किएको पनि देखेको छु कसैले लुकेर झापड हाने जसरी । तर उनको यो परिचय आफैंले वाडेकाछन् हरेक साँझ 'नारी पा पिउने क्रममा ।' त्यहि देखि बेला बेला झस्काउने गरिरहेछु ...‘महेश कामरेड ।’

वास्तवमा मेरो नाम मान बहादुर गुरुङ हो एउटा थाहा नभएको कुरो । महेश पछि जोडिएको थप नाम हो समय संगतमा । कति बलवान समय । मान बहादुरलाई ओझेल पारेर महेश जन्माई दियो दुनियाँको सामुन्ने । तर मान बहादुर खोजिरहेछु म यो वर्तमानमा । किन महेशले पछ्याई रहेछ भाग्न खोजिरहँदा पनि । अलमलिन्छु कहिले काहि कुन ठिक कुन वेठिक ? हेर्नुहोस न मानबहादुरलाई ओझेल महेश झुण्डिरहेछ मेरो नाम र नयाँ परिचय बनेर । तर मन परे नपरे पनि बारम्बार सुनिरहदा छोड्न नसकिदोरहेछ यो मार्फाली  पा जस्तै । हरेक साँझको बसाईमा यस्तै तिक्ततालाई स्वाट्ट रित्याउने गर्छन् - नारी पा सँगको वसाईमा । 

कति निर्ममता पुर्वक फोडिएकाछन् सार्वजानिक भवनका सिसाहरु । कतै कतै त अझै धुवा आईरहेछ हिजको आक्रोसित अग्निको तुष वनेर । फोहर फ्याक्ने ढ्वागहरु फोहर जस्तौ ढलेकाछन् आगो ताप्ने साधन भएर । कति सुन्दर शान्त सहर एकै रात यति कुरुप वन्छ कल्पना गर्न नसकिने । यस्तै द्वन्दका कुरुपता तिर फर्काई दिन्छ  उनका असन्तुष्टिका राम कहानीले ।

दोस्रो पटकको छोटो प्याकेज टुरमा छु महेशसँग । पहिलो पूर्वि पहाडको हलेसी यात्रा । फेरि जोडियौ मुस्ताङ मुक्तिनाथ यात्रामा । पाँच दिनदेखि सँगै छु यहि सिटमा यात्रा गरेर । पहिले भन्दा बढी नै खुलेर कुरा गर्छन् घुलमिल बढेसँगै । आन्तरिक पर्यटनमा जानेहरुको आग्रहमा साना साना समूहलाई आफै गाइड गर्दै लैजाने काममा लागेका वताउँछन् केहि वर्ष देखि । र निक्कै सन्तुष्ट  देखिन्छन् आन्तरिक पर्यटकहरु बढेसँगै यो पेशा आकर्षित र व्यावसाहिक मुलक वन्दै गएकोमा । देश  भित्रका मुख्य मुख्य पर्यटकिय एवं दर्शनीय ठाउँहरु पुगिसकेको अनुभव बताउँछन् एउटा सफल गाइडको हिसाबले । हरेक दिन नयाँ नयाँ टिमहरुबाट अनुरोध आइरहने बताउँछन् आफूले पाएको सफलता खोतल्दै  । र यसरी  पनि सजिलो भएको छ समय समयमा धेरै नया यात्रीहरुसँग जोडिन । 

 ‘कहाँ छिन् तपाईको सुरक्षा मानुषी ?’
 ‘ कहाँ मेरो हुनु दाजु पनि ?.... उसैको घरमा होलिन् नी ।’

यहाँ पनि प्रतिवाद गर्न छोड्दैनन् महेश । चितौनको शक्तिखोर शिविरबाट छुटे पछि सकिए सवै कथा कहानीहरु । एकपल्ट अचानक नयाँ वस पार्कमा भेटिएकि थिईन सपना जस्तो । हतार केवल फोन नम्वर मात्र साटासाट भयो तर त्यो पनि काम लागेन धेरै दिन । अव त यतिका वर्ष भईसक्यो कतै होलिन नी आफुनै  नयाँ संसारमा । वोल्दै पुलुक्क मलाई हेर्छ महेश कतै सहमति खोजिए झै गरेर । विगत खोतल्न मन पर्दैन र खोल्दिन पनि हत्तपत्त ।

तर तपाईँमा अरुको कुरो धैर्य गरेर सुनि दिने बानी मन परेर मात्र भनिरहेछु त्यो पनि पहिलोपल्ट । किन किन एउटा कहाली लाग्दो सपना जस्तो लाग्छ मेरा हिजका दिनहरु । कहाँ हिँडेको मान्छे कहाँ पुगियो एकै धक्कामा । अव त समय धेरै मोडियो कहिले फर्काउन वा सच्याउन  नसकिने गरी । लामो श्वास फेर्छन अगाडीको वाटो हेरेर । 

सिन्धुपाल्चोकको एउटा गाउँबाट काठमाडौं छिरेर काठमाडौंमा हराईरहेछु अहिले सम्म । यस्तै आठ कक्षामा पढ्दा पढ्दै स्कुलवाटै भागेको थिए साथीहरुको लै लैमा । गाउँको स्कुलमा पढ्ने भनेको  नाम मात्रै सधै घरको काममा बित्थ्यो दिनहरु । ठूलो परिवार जिविकाको लागि खेतीमा नै निर्भर रहनु पर्ने । घरका ठुलो दाजु केहि वर्षदेखि सहर पसेर हराए पछि म पनि हेलिए सायद हराउनका लागि । सेना वा पुलिसमा भर्ना हुने रहर थियो सकिएन उमेर र शिक्षाको  कमिले । सेना त भईयो कताको कताको ? तातो न छारो ।

एक जना गाउँले दाईले गाडी लाइनमा लगाई दिए गुरुजीको सहायकमा । त्यही कामले अहिलेसम्म भात खान र परिवार पाल्न सिकाएकोछ नत्र कतै इँटा भट्टा वा निर्माण कम्पनी तिर हुन्थे होला सिप नभएको कुल्ली भएर । त्यो बेला देशमा ससस्त्र द्वन्द्वले उग्ररुप लिन थाले पछि गाउँ छोडेर सहर पस्नु पर्ने एउटा वाद्यता थियो सुरक्षाको कारणले । तर सहर छिरे पनि छोडेन आन्दोलनको रापले । झन् जोडिन पो पुगियो क्रान्तिकारी बनेर । शुरुमा मजदुर फाँट हेर्ने भएर काठमाडौं उपत्यकाको ठाउँ ठाउँमा मान्छे पुर्‍याउने माल सामान ल्याउने लैजाने गर्न थालियो पाटी कार्यकर्ता भएर ।

युवा थिंए जोश थियो गाडी त हावाको वेगमा दौडाउँथे फिलि...लि लि... । पछि तिमीलाई शत्रुहरुले चिन्न थाले  सुरक्षाको लागि भ्याली बाहिर जानुपर्छ भन्ने पार्टी हेडक्वाटर आदेश आए पछि चितवन तिर झरियो क्रान्तिकारी लालसेना भएर । त्यो बेला अचम्मै खुशी भएको थिए जंगली पाङ्ग्रे ड्रेस लगाएर राइफल काँधमा तेर्‍याएर हिड्दा । । हातमा राइफल थमाई दिए पछि केहिले आउला त्यो दिन शत्रुलाई गोलीको निशान बनाउने । सुत्दा समेत सिरानी लगाएर सुत्थे एउटा ठूलो जिम्मेवारी तथा राम्रो उपहार पाएको खुशीमा ।

त्यहि बेला देखि म मान बहादुर कामरेड महेश भए जसले अहिले सम्म पछ्याई रहेछ मेरै परिचयलाई गौण बनाएर । अरु बाछिटाहरु सबै खस्दै खस्दै गईरहे पनि यो किन किन अल्झिरहेछ एउटा नछुट्ने छायाँ बनेर । घरी घरी आफैले डोर्‍याईरहेको छायाँले तर्साउने गर्छ एक्लै भएको वेला ।

गाडीको स्टेयरिङ एउटा हातले थामेर बोतलको पानी घटघटी पिउँछन् वोतल रित्याउला झैं गरेर । सधै हाँसिरहने मान्छे हाँस्न बिर्सिरहेछ यति बेला । थोरै आशंका वा सन्त्रास पनि जन्माउछ म भित्र उनको आँखाले सुन्यतालाई गढेर हेरिरहँदा । कतै त्यो असन्तुष्टि वा आक्रोस यतै पोखे भने  ?

अलिकति जोश अलिकति बाध्यतामा नौलो आकाश खोज्दै उपहार पाएको चिसो राइफल समातोर उपत्यकादेखि धादिङ चितवन गोर्खा मकवानपुर काभ्रे नुवाकोट सिन्धुपाल्चोक जिल्लाहरु पटक पटक हिँडेको छु मृत्युलाई नजिकवाट हेर्दै । कति कहाली लाग्दा दिनहरु मान्छे देख्दा तर्सनु पर्ने । कति आतंकित वनाउने रातहरु आकाश गर्जिदा तर्सिएर सुतेको ठाउँबाट दौडिनु पर्ने । अत्यास लाग्छ निरर्थक समयमा फर्कदा । 

‘अनि कसरी बस्यो त माया पिरती यस्तो क्रान्तिकारीको ?’
‘त्यो माया प्रिती होइन दाजु । केवल आकर्षण मात्र थियो जवानीको ।’

वाह्र वुँदे शान्ति सम्झौता पछि ससस्त्र विद्रोही लडाकुहरुलाई शिविरमा फर्काइएसँगै चितवनको शक्तिखोजमा पुगियो हतियार बिसाएर । पहाडको फेदमा जंगल फाँडेर एउटा ठूलो सैनिक छाउनी नै बनाइयो स्थायी संरचनाहरु खडा गरेर । उक्त सैनिक क्याम्पलाई सुरक्षा गर्न चार डिभिजनहरु तैनाथ गरिएका थिए त्यसैको वरपर । त्यहि भेटिइन् कामरेड मानषी अर्थात सुरक्षा सावली । उनी प्लाटुन कमाण्डर थिइन म उनको अण्डरमा काम गर्ने लडाकु ।

क्याम्पमा फर्किए पछि विस्तारै फुर्सदिलो बन्न थाल्यो दिनहरु । यहि फुर्सदमा नजिकीयका मात्र हो केवल शारीरिक आकर्षणले अर्थात जवानीले । त्यहि बेला धेरै लडाकुहरु विवाह गरे लामो युद्धबाट विश्राम लिनका लागि । केहि साथीहरु सेनामा छनौट भए तर म परिन शैक्षिक योग्यता र शारीरिक कारणले । युद्धकालमा लडेर भाचिएको मेरो दाहिने खुट्टा साविक अङ्ग जसरी जोडिन सकेन राम्रो उपचारको अभावमा । अयोग्य ठहरिए सधै सधैको लागि । ......तर नढाँटी भन्दा सरकारबाट पाउने रकम लिएर एउटा व्यवसाय गरेर बस्ने योजना बनेको थियो जुटपानी बजार डुल्न जाँदा । यस्तै योजनाहरु बुनेर धेरैपल्ट टाँणी पर्सावजार डुलिएको थियो हातमा हात गाँसेर । ती सबै सपना भएर विलाए कहिले नर्फने गरि । कहिले काहि सम्झना मात्र विपनामा जिस्किन आउँछन् चसक्कै मन घोच्ने गरी । 

त्यो बेला एउटा ठूलो युवा जमात विदेश हेलिए लामो युद्ध लडेर निराशाको चिसो श्वास फेर्न । सरकारी राहत केवल विदेशीन दलाल फिस मात्र भयो न आङ ढाक्न सक्यो न नदेखाउन कुरो नै छोप्न । धोती भन्दा पनि सानो टालो । माथि माथिकाले खाए पाए होलान् तर हामी जस्ता सधै नाङ्गाको नाङ्गै । स्वदेशमा केहि गर्न सकिन्छ कि भनेर विदेश हेलिन सकिएन कता कता पछितो लागिरहेछ बेअर्थमा जिन्दगीको आयु मात्रै  खर्चिरहदा ।

रहरै रहमा बोकेको बन्दुकले धेरै पल्ट मृत्युको मुखमा पुर्‍याएर फर्किएको छ जिन्दगी । हरेक पाइला पाइलामा मृत्यु सँग हिँड्थ्यो छायाँ बनेर । भोलि हुने गर्ने कुरो धेरै टाढा । छिन् छिनमा के हुन्छ भरोसा नहुने समय सँग । मान्छे सँग जोगिएर हिड्नु पर्ने । डराउनु पर्ने वाद्यता सुरक्षको लागि पनि । को शत्रु को मित्रु कस्को भरोसा गर्ने ? वन्दुकको अगाडी छिनमा मित्रु छिनमा शत्रु । जनताको लागि लड्न हिँडेको मान्छे जनतासँगै डराउनु पर्ने अचम्म । हरेक प्रशिक्षण तथा तालिमहरुमा देश र जनताको लागि लड्ने मर्ने घोकाइन्थ्यो  सिकाइन्थ्यो तर तिनीहरु सँगै डराउनु पर्ने ।

क्रान्तिमा हिड्दा सधै विपरीत मात्र आइरहन्थ्यो परिणामहरु । हाम्रो आगमनमा गाउँ घर सहरले उन्मुक्ति होइन सन्त्रासको श्वास फेर्न थाल्थे एउटा बेग्लै भयको कारण । बिर्सन नसकिने धेरै छन् घटनाहरु । एउटा सामान्य लडाकु फौजी भाषामा सिपाही कमाण्डरको आदेश मानेर खटिनु पर्ने भोक तिर्खा नभनि । न रात न दिन सधै तैनाथ । पात माथिको जिन्दगी । एउटा अविस्मणीय गोर्खाको भच्छेक घटना सधै आँखा वरिपरि घुमिरहन्छ एउटा भयानक सपना बनेर ।

करिब दश मिनटमा प्रहरी चौकी कव्जा गरियो विना भिडन्त नै । तर हात हतियार लिएर जाँदै गर्दा वाटामा गस्ति पुलिस सँगको जम्का भेट र भिडन्तमा भीरबाट खसिएछ एउटा अनकन्टार खोचमा । होसमा आउँदा एउटा सानो घरको अँध्यारो छिँडीमा अञ्जान मानिसको निगरानीमा हुन्छु अन्जान ठाउँमा । एकछिन वोल्न पनि सक्दिन कहाँ छु भन्ने होस नहुँदा । मृत्युले घेरिरहे जस्तो ।

गोरखाको उत्तरी दुर्गम गुरुङ वस्तीमा रहेछु खुट्टा भाँचिएको हालतमा । बचाई दिए मानवताको नाताले । सधै सधै सम्मानले सम्झिरहेछु पुनर्जन्म दिने देवात्माहरुलाई । दौडिरको गाडीको झ्यालवाट पिच्च खैनीको राग थुक्दै एउटा लामो श्वार तानेर फेरि बोल्न सुरु गर्छन् महेश । तर यो मेरो चोट त केहि होइन कति साथीहरु अझै गोलीका छर्राहरु जिउभरि बोकेर बाँचीरहेछन् केवल बाँच्नको लागि ।

कताकता असहज लाग्छ मुलुक भित्र लामो समय चलेको द्वन्दकालिन  कित्ता तिर फर्कदा । मुलुक भित्र नरहे पनि धेरै नजिकछु सवै सवै समयसँग । र नकार्न नसकिने ठुला ठुला परिवर्तनहरु पनि भएकाछन् चाहे राजनीतिक होस वा अन्य क्षेत्रहरुका । तर द्वन्दले जन्माएको कुरुपता छदैछ अर्को पाटोमा । कति भयावह कुरुपता ? भरखररै स्थगन भएको सुपर्दगी कानुन विरुद्ध आन्दोलनको असहजताले अहिले सम्म छाडेको छैन झन त्यो त ससस्त्र युद्ध । झण्डै छ महिना चलेको आन्दोलनले स्वरुप नै वदलिदियो हङकङको । घेराउ वन्द हडताल तोडफोड आगजनीका जस्ता घट्नाहरुले यति कुरुप र अशान्त वनाई दियो कहाली लाग्छ अहिले पनि । सधै सधै सन्त्रास को यात्रा अनि दिन रातहरु । अश्रु ग्यासमय श्वास प्रश्वासको वातावरण । घरका झ्यालहरु वन्द राखिनु पर्ने निद्रामा अश्रु ग्यासको आक्रमणवाट जोगिन । मास्क लगाउनु पर्ने वाद्यता जो अहिले पनि चलिरहेछ एउटा अङ्ग ढाक्ने अनिवार्य पहिरन जस्तै भएर । एकदिन साँझ घर फर्कदा घण्टौ भोतिरिनु परेको थियो दोहोरो भिणन्त वाट ज्यान जोगाउन । जता ततै तोडफोड आगजनी । विषेशत रेल वे स्टेसनहरु । 

एउटा रण भुमिमा पुगिए झै हुन्छ भोलि पल्ट विहान  घरवाट निस्कदा । हिड्न नहुने गरि वाटा भरि तेस्र्याएका एम्वुस जस्ता अवरोधका ढुङ्गा ईटा वासका धनाहरु । कतै चोखा थिएनन ट्राफिक सिग्लनका लाईटहरु । वाटाका विद्युतिय पोलहरु ढालिएका थिए कहिले काम नलाग्ने कवाडी वस्तु जस्तो वनाएर । रित्तो छ सडक अनि सडकका दुई तिरका रेलिङहरु पनि । छेउछाउका फुटपाथहरु भत्काईएका छन्  खाल्डा खुल्डी पारेर । कति निर्ममता पुर्वक फोडिएकाछन् सार्वजानिक भवनका सिसाहरु । कतै कतै त अझै धुवा आईरहेछ हिजको आक्रोसित अग्निको तुष वनेर । फोहर फ्याक्ने ढ्वागहरु फोहर जस्तौ ढलेकाछन् आगो ताप्ने साधन भएर । कति सुन्दर शान्त सहर एकै रात यति कुरुप वन्छ कल्पना गर्न नसकिने । यस्तै द्वन्दका कुरुपता तिर फर्काई दिन्छ  उनका असन्तुष्टिका राम कहानीले ।

एकाएक हङकङ आइडीको प्रसंग जोड्छन् कहिले द्वन्द्वको कहिले वैंशको कथा सुनाइरहे मान्छे गाडीले सानो पुलेसो काटीरहँदा । लाग्छ कतै विगत पनि यसरी नै नाघ्दै हिँडिरहेछ असहताको पाइतलाले ? धेरै यात्रुहरुलाई यी बाटाहरुमा दिनरात दौडाइरहेछन् उनीहरु कै रोजाईमा एउटा सवारी चालक अनि गाइड बनेर । अझै कति दौडाउन बाँकी नै छ त्यसको हिसाब किताब समयले राख्नेछ आउने दिनहरुमा । कतिले ग्रिनकार्ड कतिले आइडी कार्डको सपनाहरु बाडे कहिले समय काट्न कहिले क्षणिक स्वार्थ–निःस्वार्थतामा ।

यस्तै दैनिकी भित्र नजर भरि त नजिक हुन्छन् मान्छेअरु । छुट्यो बिर्सियो सकियो एउटा सपना । र एउटा समय चल्ने क्रम । कतिले आशाको पुल समेत थापेर गए भोलिको सर्तमा । कति आए गए भोलिहरु । के भरोसा हुन्छ र मान्छेको नजरबाट छुटेपछि । भेट्नु छुट्नु एउटा संयोग । यस्तै न हो तपाईँ र मेरो यो यात्रा अर्थात भेटघाट । तर अहिले त्यति पत्याउदिन यस्ता हावा कुराहरु दाजु दाई । केवल सुनिदिन्छु सुनाउनेहरुको खुशी वा सन्तुष्टिको लागि । 

तर विदेशीने मोह वा रहर जीवित रहेको गुनासो सुनाउन छोड्दैनन् जिन्दगीमा केहि गर्न नसकिएको निरासा जोडेर । धेरै जनावाट सुनेका छन् रे हङकङ आइडीको कथा व्यथा र सपनाहरु । अरुको सामुन्ने विदेश जान्न भन्दै आइडीको लागि धेरै कसरत गरेको छु दलालहरु खोज्दै पछ्याउदै । कहाँ कसरी जाने प्रकृया भन्दा पनि कसरी कति दाममा किन्न पाइन्छ यो नै गढेको रहेछ उनको सोचमा । कसरी किन्ने आईडी ? कसरी विवाह गर्न सकिन्छ ? यस्ता प्रश्नहरुको साक्षी खोजिरहे म सँग । तर यी प्रश्नहरुका न उत्तर  न समाधान छ म सँग । केहि समय र लगानी समेत खर्चिएका रहेछन् यसैको लागि । फेरि तितो अर्थात झ्यालबाट पिच्च थुक्छन् खैनीको प्रतिगन्ध सँगै ।

कुनै बेला उसले भने झै  सपना वा कथा जस्तै लाग्थ्यो हङकङ आइडी । अहिले पनि सकिएको छैन यो सपनाको कथा । कति कति दोडिरेछन् कतै दलाल समातेर कतै नयाँ नाता सम्वन्ध जोडेर । थाहा छैन भविष्य हिँडेर कहाँ पुग्ने हो कसैलाई धकेल्दै कसैलाई पर्छादै । तथापी वैदेशिक रोजगारी या काम, दाम र मामदेखि  बसोबासको लागि एक सुरक्षित एवम् आकर्षित स्थल बनेको छ हङकङ । 

सत्य हो पलायनको भेल दिन प्रतिदिन उर्लिरहँदा विभिन्न विकल्प वा बाटाहरु खोज्ने गर्छन् मानिसहरु । सम्भव भए सम्म प्रयास गर्छन् एउटा आवश्यकतामा अनि मुलुक भित्र बढ्दै गइरहेको निरस सामाजिक वा राजनितीक परिवेशमा । वर्तमान केवल निराशामा मात्र बाँडीरहेको अनुभुति गछर्न युवाहरु । अनि उमेर वेडेसँगै या त छाती तन्काएर नपाउनु पुग्छन् या त हरियो पासपोर्ट बोकेर आकाश मार्गवाट उड्नछन् मनभरि आशा निराशा उमारेर । यस्तै वर्तमान भित्र उम्रेका थरिथरि प्रसंगहरु जोडिएका छन्  आईडी कथाहरुमा ।

कति सहि कति  वेसहि । कतिका घर परिवार जोडिएका छन् केहि तोडिएका छन् यस्तै यस्तै सपनाको दौडमा । यसैमा खेल्ने गर्छन् दलालहरु एउटा सपनाको बच्छी हानेर । कति नाम कति बदनाम । खुलेआम दलालहरु आईडी मोलतोल गरेर हिँड्छन् नकिन्नेलाई थाहा छ नबेच्नेलाई । परिवारमा आगो लगाई दिन्छन् ठूला ठुला सपना र प्रलोभन देखाएर । अनि यिनीहरुको फन्दामा पर्नेहरुलाई थाहा हुँदैन को कस्को छोरी वुहारी  वा श्रीमति ? को कस्तो दाजुभाइ वा श्रीमान ? यस्ता घट्नाहारु  नसुनिएको र नौलो होईन यहाको समाजमा ।

अलिक फरक छ हङकङ पलायनको कथा अन्य विदेशी मुलुकहरु छोडेर । नव्वेको दसकदेखि एउटा ठूलै समूह स्थायी बसोबास गरिरहेछन् स्थानिय नागरिक सरह राज्य सुविधा उपभोग गरेर । विगतको वृटिस औपनिवशिक सरकारले पूर्व गोर्खा शैक्षिक परिवारका सन्तानहरुलाई बसोबासको सुविधा प्रदान गरेका हुन् जन्मको आधारमा । यहि सुविधाले जन्मसिध्द नागरिक वनाएको छ नेपाली समुदायलाई  । रोजगारी भिषामा हङकङ प्रवेश नगण्य वा सुन्य नै छ नेपालीको लागि । र त्यो छुट छैन नेपाली राष्ट्रियताको लागि ।

केही नेपालीहरु यस्ता भिषामा पनि प्रवेश गरेका छन् तर राष्ट्रियता परिवर्तन गरेर । कति सजिलै राष्ट्रियता परिवर्तन गर्न तैयार हुन्छन् एउटा वाध्यता वा कामको अकर्षणमा । अनि कति फितलो परिपाटी ? शोच्ने वित्तिकै परिवर्तन हुने गर्न सकिने । यसरी पनि केहि नेपालीहरु इण्डियन भएका छन् सीमा जोडिएको फाइदा लिएर । तर नगण्य छ यो संख्या । केहि भारतीय मूलका नेपालीहरु पनि छन् यसरी वसोवास गर्दै आएकाहरु । मिलेर बसोबास गरिरहेछन् नेपाली नातामा अनि यसरी नै तन्किरहेछ समय र सपनाहरु । 
एउटा सानो द्वीपिय सहर । राज्य सरहको दर्जा पाएको छ विगत औपनिदेशिक सरकारले हस्तान्तरण गरे पश्चात । अनि एक राष्ट्र दुई पद्धति अनुरुप स्थापित मुख्य भूमि चीनको विशेष प्रशासनकि क्षेत्र ।

कानूनी शासन भएको प्रजातान्त्रिक पद्धतिमा चलिरहेको राज्य । पाश्चात्य र पुर्विय दुवै सँस्कृतिको अनुपम सँगम । धार्मिक साँस्कृतिक विविधता । विश्वका अधिकाँश मुलुकका मानिसहरुको सँगम स्थल पनि । अधिकतम स्वतन्त्रता वा विधीको शासनले हरेक क्षेत्रमा सुविधा सहजता पाएकोछ दैनिक जनजीवनलाई । जीवनका विविध पहलुमा यसको उच्चतम प्रयोग भएकाछन् र त  यस्ता प्रभवा हरेक क्षेत्रमा देखिन्छन् चाहे सामाजिक होस् वा पारिवारिक । पारिवारिक सम्बन्ध जोड्ने तोड्ने सवालमा पनि उदार देखिन्छ यहाको प्रचलित समाज । विस्तारै यसको प्रत्यक्ष असर देखिन थालेकोछ नेपाली समाज भित्र । जोडिनु तोडिनु पनि एउटा स्वभाविता अनि यथार्तता । जुन कानूनको नजरमा वैध छ र सुविधात्मक छुट ।  स्वतन्त्र समाजको विशेष्ता । यस्तै ठाउँमा छिरेर खेल्न खोज्छन् दलालहरु । र वदनाम वनाईरहेछन् सुविधा वा अधिकारलाई घिनौदा व्यापार सँग मुछेर  ।

अनि विवाहको बारेमा धेरै उदार छ यहाँको समाज । उमेर पुगेका वालिकहरुका ईच्छित विवाह गर्ने अधिकारलाई रोक्न सक्दैन कुनै कानुन वा उमेरको हदले । अनमेल विवाह पनि सामान्य मानिन्छ यहाँको प्रचलनमा । जति कम उमेरको युवती सँग विवाह गर्‍यो त्यति नै उमेर बढ्छ भन्ने परम्परागत चिनिया मान्यता अझै हावी छ  यहाको समाजमा । गलत नभएका होइन यस्ता परम्परावाट ।

तर विवाह सम्बन्ध जोड्नु तोड्नु सामान्य कुरो हो विधीको शासनमा । कानूनले प्रमाण खोज्छ र प्रमाणको आधारमा प्रमाणित गर्छ प्रमाणाधिकारीहरु । यस्तै अधिक प्रमाणहरुका आधारमा अधिक विवाह र पारपाचुके प्रकरण वडेको अनुमान गर्न सकिन्छ हिजआज नेपाली समुदाय भित्र । केवल विवाह सम्वन्धमा मात्र होइन अन्य क्षेत्रमा भेटिन्छन् यस्ता नशोचनियका परिणमहरु । कहिले काँही तीस काटेका नाबालक दर्जिन्छन् र चालिस नकाटेका ज्येष्ठ नागरिक । अनि थाहा हुन्न एउटा परिवार भित्र कानूनी प्रमाणहरु कता कता जेरिएका छन् जेरी जसरी ।

तर सबै वैधानिक छ कानूनी रुपमा । विशेषत वदनियत वस यस्ता काम गर्नेहरुबाट दुरपयोग भएका छन् कानुनी उदारतालाई स्वार्थमुलक बनाउँदा । कतै अधिक आकर्षणका वा क्षणिक लाभका कारण घट्न सक्छन् यस्ता घटनाहरु । केहि गलत मानिसहरुबाट यस्ता उदारतालाई बङ्ग्याएर विक्रीको नामले बदनाम गरिरहेछन् बजारीया वस्तु वनाएर । निषेधित र दण्डनीय काम हुन् कानुनको आँखामा । बेलाबेला नेपाल आउँदा यस्ता घट्ना र हल्लाका प्रश्नहरु सोध्ने   प्रसस्तै भेटिन्छन् यसरी नै । तर कहिले साक्षी वस्न सकिन्न यस्ता अभिमतहरुमा । 

सारङकोट आईपुग्दा पेखराले पर्खिरहे झै लाग्छ वेलुकिको पारिलो घाम तापेर । महेशले गाडी विसाए सँगै रित्तिन्छ गाडकिा सिटहरु । कोहि सेल्फी हाल्न थाल्छन् कोहि आङ् तन्काउदै झाडी तिर दोडिन्छन् आपत परे पछि । 

शान्त अनि सुन्दर पोखरा । यो रमिते डाडामा वसेर घण्टौ फेवतालमा आफ्नै  आकृति खोजिरहु जस्तो लाग्ने । वरीपरीका डाडाहरुले वनाएको किल्लालाई तोड्दै दौडिरहेने सेती नदि कतै लुक्दै कतै उन्मुक्त हुदै । तर एउटा सुन्दर उपत्यका दिनदिनै मानवीय चहाना र उपभोग्य वस्तु संरचनाहरुका प्रतिस्पर्धा देखि कुरुप वन्दै गईरहे झै लाग्छ मनको एउटा कुनावाट निहाल्दा । मास्तिर चुपचाप रमिते वनेकाछन् माछा पुच्छ्रे्र र अन्नपूर्ण हिमश्रृखला यो समय साक्षि वनेर । करिब करिब सुनसान छ सधै यात्रीहरुलाई पर्खिरहने मुल बाटो र म उभिरहेको भूगोल ।

केहि पर डिल नेर ससाना अस्थायी संरचनामा थापिएका पसलहरु पनि फुर्सदिला  देखिन्छन् दुई चार जना मान्छे रुगेर । अनि चराको वथान उडीरहे झै लाग्ने आकाश झन फुर्सदिलो छ यो वरपरको डाँडा जस्तै । न त पाराग्लाइडिङको लागि जम्मा हुने भिड छ न त यो अतुलनीय प्राकृतिक सौनदर्य पारखीहरुको उपस्थिति नै । केवल पल्लो किनारामा एउटा प्यारासुट उड्दै गरेको देखिन्छ विना यात्रुको । रित्तो आकाशलाई निहाली रहँदा रित्तो लाग्छ तल पर्खिरहेको सहर । यस्तै रित्तो भएकोछ भरखर छोडेको आएको हङकङ सहर पनि । पहिले आन्दोलनको कहरमा अहिले कोरोनाको जहरमा । लगातार विश्व कोराना कहरले आक्रन्त भईरहको खजर सुनेर होला चुपचाप समय पर्खिरहेछ सहर  आउने जाने पाहुनाको वाटो हेरेर ।  

यात्राले भन्दा संन्त्रासले अझ वडी गलाईरहेछ यति वेला । घुमफिर गरिएका नया ठाँउहरु  सुन्दर अनि राम्रा भए पनि संन्त्रासले पिल्स्याई रह्यो हेरक घडी असहजता पस्केर । वाटो हिडिीरहदा छोईने मनहरु नउत्साहित देखिन्छन् न भेटिन्छन् नै । निरसर निरस खल्लाो खल्लो कुनै भयानक आँधीको पूर्व सुचनामा आतंकित समय जस्तो । सहमतिमा लुम्बिनी यात्रा माया मार्नु पर्‍यो यस पटकको लागि ।  अघि देखि नै छिटो घर फर्कने मनस्थितिमा पुगिसकेकिछिन् समस्तिका सानी फुच्चीलाई देखाउँदै ।                                

दुई महिना टेकिसकेछ हङकङ फर्किएको समयले । अझै केहि समय वस्ने मन हुदा हुदै भाग्नु पर्‍यो पहिलोे कोरोना कहर र त्यस पछि लकडाउनको डरले । हतारमा केहि ईच्छित मनहरु छुटेकाछन् केहि राम्रा अनि सुन्दर यादहरु जोडीएकाछन् सम्झनाको खल्तीमा । तथापी सन्तुष्ट छु खल्ती हेरेर । कहाँ पाउन सकिन्छ र सवै सवै चहनाहरु ? पछिल्लो समयमा महेश जोडिए यात्रा जस्तै भएर । वेला वेला म्यासेज आईरहन्छ सम्झनाको दैलो घचघच्याउदै । र अझै कानमा प्रतिध्वनी भईरहेछ पोखराबाट फर्कदा नैबिसे देखि थानकोट सम्म  पोखेका द्वन्द कालिन तिक्तताहरु ।मनभरिको तिक्तता आक्रोश असन्तुष्टि सवै सवै रित्याई रहे जो वन्दुक वोके देखि खालि खुट्टा फर्किए सम्मको समय जोडेर ।

त्यो विचमा ठूला ठूला नेता कामरेडहरुको गाडी चलाउने देखि अङ्ग रक्षकको काम गरेकारहेछन् एउटा वफादार लडाकु बनेर । त्यहि बेला राम्ररी पढेका रे नेता र कार्यकर्ता हुनुको हैसियत । ठुटे नेताहरुको पछि लागेर पछि परेको भन्दै पुर्पुरो ठोकिरहन्थे आफैलाई पिडा दिएर । कता कता मन चसक्कै हुन्थ्यो उनको कुरा सुनिरहँदा । तर त्यो वेलादेखि अहिले सम्म एउटा कुरो भन्न छुटाएका छैनन् हङकङ आईडीको सपना । पाए भने अझै विवाह गरेर हङकङ आउने रे । कति सजिलै वोलि दिन्छ यस्ता सपनाहरु दुई दुई वटा वच्चा र परिवार भएको मान्छे भएर । अवसर खोज्नु वेग्लै कुरो तर परिवारसम्म तयार छन् नयाँ  स्वार्थका खातिर । के भन्नु र खोई ? के छ र त्यस्तो आकर्षण आसक्ति नै वन्नु पर्ने ? कर्म नगरि सुख छैन जहाँ रहे वसे पनि । अनि कता कता वेकार लाग्छ उनका आक्रोश वा गुनाशाहरु । तथापी वेला वेला ठट्टा वस महेश कामरेड भनिदा प्लिज दाजु दाई , कामरेड होईन भाइ भनिदिनुहोस भाई भन्दै केहि असन्तुष्टि केहि खैनीको प्रतिगन्धसँग अलि अलि तातिदै वेस्सरी गाडीको स्टेरिङ निमठेका क्षणहरु अझै अल्झिरहेछ  सम्झनाको तरेलीहरुमा  । 

संखुवासभा । हालः हङकङ