अहँ अझै बोलिसेको छैन

अहँ अझै बोलिसेको छैन

मदन राई 'लामाखुले'  |  साहित्य  |  मंसिर १३, २०७७

पाले ढोकै छेउमा आएर
खुट्टा बजाँर्दै सलाम् ठोक्दा
अखबारबाट आँखा मोडेर
सधैँँ सोधिसिन्थ्यो...
ए ! .....भैरे
ज्याक्की, मिक्की, टमी सबैको लन्च भयो ?
भयो सर.......।
केही हप्ताअघि
कम्पाउण्डबाहिर
कसैले कुकर बम पड्काइदियो,
पर्खालहरू चर्किए,
घरका भित्ताहरू चर्किए
बमको ठुलो आवाजले
दरबारका सिसाहरू चर्किए
चर्किएकै कोठाबाट
यतिखेर एकोरो बाहिर
हेर्दैसेको मात्र छ
केही  बोलिसेको छैन
अहँ अ‍ैलेसम्म केही  बोलिसेको छैन ।