नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १४, २०७७

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  चन्द्र ढकाल विजयी हुनु  भएकाे छ । यो बिजयसँगै  निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्न पाउनु हनेछ । 

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र  किशोर प्रधानले ३७५ मत ल्याएर बिजयी हुनु भएको हो ।  २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएउनु भएको थियो । ५० प्रतिशत मत भार रहेको जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत  प्राप्त भएकाे  थियाे  । 

त्यसैगरी प्राप्त मत परिणाम  अनुसार हासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी हुनु भएकाे छ । 

वरिष्ठ उपाध्यक्षका लागि  ढकाल र प्रधान समूह प्यानल नै बनाएर निर्वाचनमा गएको थियो । महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाको उम्मेदवारी  परेको थियो ।