एक दिने आँखा शिविरमा तीनसयबढीकाे उपचार

एक दिने आँखा शिविरमा तीनसयबढीकाे उपचार

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर १४, २०७७

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा एक दिने आँखा शिविरमा ३०० भन्दा बढीको उपचार गरिएको छ । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा शहीद प्रभुनारायण स्मृति ट्रष्टले शनिबार एक दिने आँखा शिविर आयोजना गरेको हो हो ।

शिविरमा ३१५ आँखा रोगीको परीक्षण गरिएको ट्रष्टका सचिव भगवानलाल यादवले जानकारी  दिनुभयो ।  आँखा शिविरमा परीक्षण गरिएकामध्ये १६५ जनामा मोतियाविन्दु फेला परेको सचिव यादवले बताउनुभयो । मोतियाविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको ट्रष्टले जनाएको छ ।