निर्वाचन क्षेत्र योजना छनोट सम्पन्न

निर्वाचन क्षेत्र योजना छनोट सम्पन्न

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १५, २०७७

रसुवा । सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने पूर्वाधार विकास बजेटबाट निर्माण गरिने योजना छनोट गर्ने कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्यका तर्फबाट रु चार करोड तथा प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङबाट तीन÷तीन करोड गरी  १० करोड रुपैयाँ खर्च गर्ने कार्ययोजना तयार भएको हो ।

प्रतिनिधिसभा सदस्य आचार्यको संयोजकत्वमा बसेको आन्तरिक बैठकले जनताको आकांक्षा, सुझाव एवं आवश्यकतालाई  आत्मसात्  गरी ७७ विकास योजना छनोट भएका आचार्यका स्वकीय सचिव सुनिल पौडेलले जानकारी दिनुभयो । तय गरिएका कार्यक्रममा सौर्य ऊर्जाको बिजुली बत्ती, सिँचाइ, शुद्व खानेपानी, पर्यटकीय पदमार्ग, मठमन्दिर, प्रतीक्षालय निर्माण जस्ता विविध योजना रहेका बताइएको छ ।
 
रसुवाका पाँच गाउँपालिकाअन्तर्गत गठित २७ वटै वडामा प्रदान गरिएका विकास कार्यक्रम गाउँपालिकामार्फत सञ्चालनको तयारी भएको स्वकीय  सचिव पौडेलले जानकारी दिनुभयो ।