'ओह नो  ! सूर्य लैजान सुनको डायनिङ्ग टेबल, अनि 'इमरल्ड'को जाम

विज्ञान  कथा भाग ६

'ओह नो  !  सूर्य लैजान  सुनको डायनिङ्ग टेबल,  अनि 'इमरल्ड'को जाम

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  मंसिर १५, २०७७

 गतांकबाट निरन्तर

आगन्तुक- के छ तपाईंको योजना  ज्ञानमित्र ?

ज्ञानमित्र - योजना त तपाईंहरुले सूर्य लगे पनि पृथ्वीलाई जोगाउने हो , हेरौं के हुन्छ ?

आगन्तुक - ‘डोन्ट टक लाइक स्टुपिड । डु यू नो व्हाट  यू मीन सर्भाइल अफ अर्थ विदआउट सन' !?

ज्ञानमित्र -‘आइ न्यू व्हाट आई मीन’ । मेरो बुताबाट त केही सम्भव छैन तर मैले तपाईंको ग्रहका ‘सुप्रीम साइन्टिस्ट’ हेनरीलाई केही गरी 'कन्भिन्स' अथवा 'च्यालेन्ज' गर्न पाएँ भने यो सम्भव हुन सक्छ ।

आगन्तुक -  त्यसो भए तपाईंको यो इच्छा हामी भोलि नै पूरा गरि दिन्छौं, हेनरीसँग तपाईंकोे कुरा गराई दिन्छौं ।

ज्ञानमित्र - ‘थैंकस् यू मेक मी प्लेजर’ । मलाई विश्वास छ हेनरीले मेरो प्रस्तावलाई 'च्यालेन्ज'कै रुपमा लिएर  मलाई सहयोग गर्छन् ।

यो उनका लागि पनि नसोचेको कुरा हुनसक्छ । उनको सहयोगले म  सूर्य नभए पनि पृथ्वीलाई जोगाउन् सक्छु कि, भन्ने मलाई आस छ  ।

आगन्तुक- सूर्य  नभए तपाईं पृथ्वीलाई कसरी जोगाउन सक्नु हुन्छ ? तपाईं जस्तो मानिसबाट यस्तो बाहियात कुरा पनि हुन सक्छ भन्ने मैले त सोच्न पनि सक्दिन । तपाईंलाई थाहै होला पृथ्वी अडेको नै सूर्यले गर्दा हो । पृथ्वी मात्रै होइन सम्पूर्ण  सौर्यमण्डल नै सूर्यले गर्दा अडेको हो । सूर्य नहुना साथ सबै ग्रह, सबै ऐस्टेरॉयड, सबै कमेट लगायत तपाईंको सौर्यमण्डलमा रहेका जुनसुकै खगोलीय पिण्ड  मुक्त हुन्छन् । यी मुक्त हुँदा के हुन्छ त्यसबारे कसैले कल्पना पनि गर्न सक्दैन । हेनरीले पनि सक्नु हुन्न !

ज्ञानमित्र - हेनरीको सबै कल्पना - क्षमताबारे तपाईंलाई थाहा छ ?

आगन्तुक-जोक न गर्नुस । हेनरी हाम्रा सर्वोच्च वैज्ञानिक हुन् । उनको कल्पनाको त कुरै छाड़ौं, उनको  सामर्थ्य र क्षमता बारेको १० प्रतिशत पनि मलाई थाहा छैन ।

ज्ञानमित्र-यो ठीक भन्नु भयो तपाईंले । मेरो हेनरीसँग कुरा हुनासाथ मेरो मिसन शुरू हुन्छ ।

आगन्तुक- हेनरीले तपाईंको कुरा मान्नु हुन्छ भन्ने के ग्यारेन्टी ?

प्रधानमन्त्री निवास, नयाँ दिल्ली भारत । जिवेन्द्र दाई  तपाईं यी दुबै जनालाई सबै कुरा भनिदिनु होला । ज्ञानमित्र समेत तीनजना आगन्तुक कोठाबाट बेपत्ता भए । चारैजना भारतीय  प्रधानमन्त्रीको शयन कक्षमा प्रकट भए । प्रधानमन्त्री कुनै फाईल हेर्दै हुनुहुन्थ्यो ।

ज्ञानमित्र - हेनरीले न मान्ने कुरै छैन । मेरो आइडिया सुनेर त तपाईंले नै सहमति दिनु हुन्छ । सहमति के साथ नै दिनु हुन्छ । ठीक छ यस विषयमा  हामी भोली कुरा गर्छौं । अहिले रात्रिको दस बजीरहेको छ । तपाईंहरुको  विश्वका शक्तिशाली राष्ट्र प्रमुखलाई चेतावनी दिने काम आज राति १२ बजे भन्दा पहिला नै सम्पन्न हुन्छ ।

आगन्तुक-दुई घण्टा भित्रै !!

ज्ञानमित्र- यस मध्ये एक घण्टा हामी विह्सकी खानमै व्यतीत गर्छौ‌ं । र अर्को एक घण्टा भित्र तपाईंहरुको काम । जिवेन्द्रले रक्सीको बोतल र ५ वटा गिलास ल्याउनु भयो । बोतल टेबलमा राख्दै उहाँले सोध्नुभयो- शुरु गरौं त साथी हो ?

ज्ञानमित्र - (आगन्तुकसँग) मलाई पन्ना  (emerald) को ग्लासमा विह्सकी पिउने मन छ । ‘क्यान यू प्रोड्युस इमरल्ड ग्लास '।

आगन्तुक - ‘स्यालुट टु योर सेन्स अफ लाइफ एण्ड हर्टफुलनेस एण्ड माइण्डफुलनेस’ भन्दै उनले हावाबाटै पन्नाका ग्लास बनाई दिए ।

ज्ञानमित्र - हातमा रहेको ग्लास टेबलामा राख्दै, ‘जिवेन्द्र दाई  उहाँहरुसँग म एक घण्टाका लागि बाहिर जान्छु’, दाईलाई एक्लो 'फिल' हुन्छ होला । कुनै साथीलाई बोेलाउँदा कस्तो होला ?

जिवेन्द्र- प्रस्ताव त तपाईंको ठीक  हो, तर यति राती कसलाई  बोलाउने ?

ज्ञानमित्र - कुसुम र लीला  हुन्नन् र ? एकपटक फोन गरि हेर्नुस ।

जिवेन्द्र -  (हाँस्दै) यी दुबै  आए  भने रक्सीले  पुग्ला र ?

दुबैजनासँग फोनमा सम्पर्क भयो,  दुबैले आधी घण्टा भित्र आइपुग्छाै‌ं भने ।

ज्ञानमित्र -  (आगन्तुकसँग) तपाईंहरु अन्यथा नलिनुहोला, म एउटा प्रश्न गर्न चाहन्छु ।

आगन्तुक -  ‘यू क्यान आस्क् एनी थि‌ङ्ग’?

ज्ञानमित्र -  मलाई नेपाली र हिन्दी भाषा बाहेक सामान्य रुपमा अंग्रेजी बोल्न आउँछ । के तपाईंहरु मलाई ४- ५ वटा भाषाको ज्ञान दिन सक्नुहुन्छ ?

आगन्तुक - यो कुन ठूलो कुरा हो, पाँच मिनेटमै तपाईंलाई विभिन्न भाषामा पारङगत बनाउन सकिन्छ ।

ज्ञानमित्र -  यसबारे केही जानकारी दिंदै मेरो मस्तिष्कमा अंग्रेजी, गुजराती,चाइनीज, र जर्मन भाषाको 'फुल सफ्टवेर डाउनलोड' गरी दिनुस ।

आगन्तुक -  तपाईंलाई यसबारे अलि अलि त थाहा रहेछ । म तपाईंलाई पुरा प्रक्रियाबारे भन्छु । संसारका सबै ‘नलेज ’ संग्रहित हुने दुइटा स्थान छन् । एउटा तपाईंको मस्तिष्क र अर्को ‘स्पेस ’ । तपाईंले भनेको भाषाको ज्ञान तपाईंको मस्तिष्कका ‘न्युरान्स’ मा पहिलादेखि छ भने ती ‘न्युरान्स’ लाई 'एक्टिभेट' गरे पुग्छ र यदि कुनै भाषाको ‘मेमोरी’ ‘न्युरान्स’ मा छैन भने म ‘स्पेस’बाट ‘न्युरान्स’मा 'डाउनलोड' गरि दिन्छु । यसको लागि म तपाईंको ‘ब्रेन म्यापिगं’ गर्छु ।

अर्को आगन्तुकले आफ्नो कम्प्युटर खोलेर 'ब्रेन  म्यापिंग सफ्टवेर' मार्फत ‘ब्रेन म्यापिंग  गर्यो । केही मिनेट मै प्राप्त डाटाको अध्ययन गर्दै उसले ‘न्युरान’मा सबै भाषाको ‘मेमोरी’ रहेको भन्यो ।

ज्ञानमित्र  - हो र यी सबै भाषाको ‘मेमोरी’ मसँग छ !

आगन्तुक  - ‘यस’, र अब म तपाईलाई नछोईकन यी ‘न्युरान्स’लाई जाग्रत बनाईदिन्छु । कृपया केही बेर कि त पल्टिनुस अथवा हलचल नगरी बस्नुस् । म तपाईंका 'ब्रेन' कोशिकालाई कम्प्युटरमा रहेको ‘ब्रेन म्यापिंग सफ्टवेर' सँग  'इन्टै‌ंगल्ड'  गर्छु । र 'सफ्टवेयर'बाटै  'न्यूरॉन्स 'एक्टिभेट' गर्छु। सारा प्रक्रियामा २ मिनेट जति लाग्यो ।

आगन्तुक -  ‘नाउ यू क्यान फ्लुएन्टली स्पीक अल एवभ ल्याग्वेजेज मिस्टर  ज्ञानमित्र '।

ज्ञानमित्र -  ‘नाउ आइ नीड वन प्याग मोर देन वी विल प्रोसीड टु न्यु देल्ही’ ।

जिवेन्द्र  - (ग्लासमा रक्सी थप्दै ) यो बोतल त सकियो । कुसुम र लीला आए पछि अर्को मगाउनु पर्ला । यत्तिकैमा ‘डोरवेल’ बज्यो । जिवेन्द्रले ढोका खोल्नुभयो,  कुसुम र लीलाले कोठामा प्रवेश गरे ।

कुसुम - हाम्रो जोगी पनि यहीं रहेछ , आज त गजबको दारुपान हुने भयो नि लीला !

लीला - के विशेष हो नि  आज जिवेन्द्र दाई ? पूरा महफिल जमेको छ । 'ओह नो  ! सुनको डायनिगं टेबल, 'इमरल्ड'का जाम । जोगीले कुनै सिद्धि पाएछ कि क्या हो ?

जिवेन्द्र -  पिउने बाहेक अरु कुरामा ध्यान नदेउ न यार । बरु भन के पिउने हो ?

कुसुम -  मलाई त ‘ब्लैक लेबल’ भए हुन्छ ।

ज्ञानमित्र  - लीला अनि तिमी ? 'लिक्विड अर स्मोक' ??

लीला - प्रारम्भ ‘लिक्विड’बाटै गरौं । अनि ‘माल’ कहाँको हो नि  ? इण्डियाबाटै ल्याएको हो कि , यतै ठमेल तिरको ?

ज्ञानमित्र - तिमी जहाँको इच्छा गर्छौ।  भन्छौ भने मलारी गाउँबाटै मगाउँला ।

लीला - तिमीलाई  थाहा न भएको केही पनि  रहेनछ । म त मलारीमा दुइ महीना जति बसेको छु ।

ज्ञानमित्र - (आगन्तुक सँग) साथीहरुका लागि ‘ब्लैक लेबल’मगाएर हामी निस्कौं । उहाँहरु लिँदै गर्नुहुन्छ, हामी १ घण्टामा फर्किन्छौं ।

आगन्तुक -  ‘फर मेकिङ्ग एनीथिगङ्ग,  नाउ यु नट नीड मी ,यु क्यान प्रोड्यूस एनीथिङ्ग। आई एक्टीभेट दिस पावर इन यू’ ।

ज्ञानमित्र -  इज सो !  वट हाउ क्यान आइ डु दिस ?

आगन्तुक -  ‘इट्स भेरी सिम्पल’ । तपाईंलाई आफ्नो त्यो सपना याद छ  जसमा तपाईं 'प्लेन क्रैश'मा परी मर्नु भएको थियो र त्यस पश्चात जसरी तपाईं जिउनु भएको थियो सपनामा ! अब तपाईंसँग सपनाको त्यही 'पावर' छ ।

ज्ञानमित्र -  ‘यू मीन भिजुलाइजेसन एण्ड कन्सन्ट्रेसन’ ?

आगन्तुक -  ‘यू आर राईट’ । ज्ञानमित्रले हावाबाट ६ बोतल ब्लैक लेबल तानेर टेबलमा राख्दै लीलासँग 'स्नेक्समा के खाने' सोधे  ?

लीला -  यो सब चटक नगर न यार । जे जे छ, त्यो ल्याउ न ।

ज्ञानमित्र -  बाँकी गफ म फर्केर आएपछि गरौंला,  अहिलेलाई म आफुले सम्झे अनुसारको स्नैक्स तैयारी गर्छु । ज्ञानमित्रले हावाबाटै विभिन्न स्नैक्सका परिकार टेबलमा राख्दै भने -तपाईंहरु खानपान गर्दै गर्नुस् । हामी चारजना १ घण्टामा फर्किन्छौं । (आगन्तुक सँग) हामी जाउँ ।

आगन्तुक -  ओके, हामी पहिला कहाँ जान्छौं ?

ज्ञानमित्र -  प्रधानमन्त्री निवास, नयाँ दिल्ली भारत । जिवेन्द्र दाई  तपाईं यी दुबै जनालाई सबै कुरा भनिदिनु होला । ज्ञानमित्र समेत तीनजना आगन्तुक कोठाबाट बेपत्ता भए । चारैजना भारतीय  प्रधानमन्त्रीको शयन कक्षमा प्रकट भए । प्रधानमन्त्री कुनै फाईल हेर्दै हुनुहुन्थ्यो ।

ज्ञानमित्र -  सम्माननीय प्रधानमन्त्री मोदीजीलाई यस सन्यासीको नमस्कार !

प्रधानमन्त्री मोदी  - (टाउको घुमाई आवाज आएतिर हेर्दै अचम्भित स्वरले) तपाईंहरु को ? यहाँ कसरी पुग्नु भयो ?? 'सिक्योरिटी'ले तपाईंहरुलाई रोकेन ???

ज्ञानमित्र - व्यर्थको कुरामा समय बर्वाद नगरौं  प्रधानमंत्रीजी ! हामी तपाईंलाई एउटा सूचना दिन मात्रै आएका हौं ।

प्रधानमन्त्री मोदी - प्रधानमन्त्रीको सुरक्षाचक्र भेदेर  चारजना शयन कक्षमा प्रवेश गर्नु चमत्कारबाट मात्रै सम्भव छ । र तपाईं सन्यासी हो, सन्यासीसँग मैले डराउनु पर्दैन । भन्नुस तपाईंसँग के सूचना छ ?

ज्ञानमित्र - सूचना गम्भीर छ मोदीजी, कृपया पहिला ‘रिलैक्स’ हुनुस ।  प्रधानमन्त्री मोदीले टेबलमा रहेको ग्लासबाट पानी खाए पछि- अब तपाईं आफ्नो कुरा भन्न सक्नुहुन्छ ।

ज्ञानमित्र -  तपाईंलाई हाम्रो कुरामा विश्वास नलाग्न सक्छ । हामी एक मिनेट पहिला काठमाडौँमा थियौं । पहिला तपाईंलाई भेट्न आयौं । यस पछि 'अमेरिकी प्रेसिडेन्ट' र 'चाईनीज प्रेसिडेन्ट'लाई भेटेर हामीले १२ बजे भन्दा पहिला नै काठमाडौं फर्किनु छ । तपाईं जेलाई असम्भव ठान्नु हुन्छ, हामी त्यो गरेर देखाई दिन्छौं । यसो गर्दा तपाईंलाई हाम्रो कुरामा विश्वास हुन्छ हाेला ।

प्रधानमन्त्री मोदी - तपाईंको भनाई ‘तपाईंहरुका लागि यस संसारमा असम्भव केही छैन’ ।

ज्ञानमित्र - यहाँले ठीक बुझ्नु भयो ।

प्रधानमन्त्री मोदी- त्यसो भए तपाईंहरु अमेरिका र चीन किन जानु हुन्छ त्यहाँका राष्ट्रपतिलाई भेट्न ? तपाईंहरु आए जस्तै उहाँ दुबैजनालाई यहीँ ल्याउनुस न । यसो गर्दा तपाईहरुको समय पनि जोगिन्छ ।

आगन्तुक - ‘ग्रेट आइडिया मि. प्रधानमन्त्री, यू ह्याभ ब्युटीफुल प्रजेन्स  अफ माइण्ड ’।

ज्ञानमित्र -  प्रधानमन्त्रीज्यू तपाईं घडी हेर्नुहोस, उहाँहरु २-३ मिनेटमै आइपुग्नु हुन्छ ।

प्रधानमन्त्री मोदी - यो सम्भव भयो भने यो नरेन्द्र दामोदर दास मोदी तपाईंले भनेको सबै कुरा अक्षरशः पालना गर्छ । 'अरे, यह दो लोग कहाँ चले गए' ?

ज्ञानमित्र- उहाँहरु तपाईंको ‘डिमाण्ड’ पुरा गर्न जानुभयो । २-३ मिनेटमै दुबै राष्ट्राध्यक्षलाई लिएर आउनु हुुन्छ ।

प्रधानमन्त्री -  यदि यस्तो भयो भने यो मेरो जीवनको अभूतपूर्व दिन हुन्छ ।

ज्ञानमित्र -  आजको दिन मात्रै होइन, तपाईंको बाँकी रहेको सम्पूर्ण जीवन नै अभूतपूर्व हुन्छ । तपाईंको आयु थप्न बाहेक म तपाईंलाई संसारको सारा वैभव दिन सक्छु ।
 

याे पनि 

नेपाली सम्पादक एलियनको घेराबन्दीमा

तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए

‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की  एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल'

‘ओह माई डियर कसमसमेट': तपाईँहरू कमिला मार्न अणु बम प्रयोग गर्नु हुँदो रहेछ !

पृथ्वी लगायत सम्पूर्ण सौर्यमण्डल नै नष्ट हुन्छ ! सर्वसाधारणले थाहै नपाइ मर्न पाउनु पर्छ !!