कृष्णभक्त राईको  ‘काडाँ जति आफूलाई...’  बोलकाे नयाँ गीत श्रोतामाझ (भिडियोसहित)

कृष्णभक्त राईको  ‘काडाँ जति आफूलाई...’  बोलकाे नयाँ गीत श्रोतामाझ (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १५, २०७७

काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्णभक्त राई  ‘काडाँ जति आफूलाई...’  बोलकाे नयाँ गीत लिएर श्रोतामाझ आउनु भएकाे छ । 

 गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई श्रोतामाझ आउनु भएकाे हाे ।

 उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ । गीतको भिडियो गायक राईको आधिकारिक युटुुब च्यानलबाट सार्वजनिक गरिएको छ ।  

डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि श्रीमती पुनम सुबेदी क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाङ्कन, निर्देशन र सम्पादन गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिल राईको रहेको छ भने कान्छा छोरा मनसुन राईले स्वस्तिका लिम्बूका साथ मोडलिङ गर्नु भएकाे छ ।  भिडियोमा युवा उमेरमा हुने माया प्रेमको उतार चढावको कथा बुनिएको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो ।    

‘काडाँ जति आफूलाई...’ भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।