एसओएस चोकमा स्कुटर दुर्घटना युवककाे मृत्यु

एसओएस चोकमा स्कुटर दुर्घटना युवककाे मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १६, २०७७

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ ।